होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काँग्रेस खप्तड छेडेदहको सभापतिमा हर्क रावत चयन
समाचार

काँग्रेस खप्तड छेडेदहको सभापतिमा हर्क रावत चयन

  • नागरिक रैबार
काँग्रेस खप्तड छेडेदहको सभापतिमा हर्क रावत चयन

नागरिक रैबार/बाजुरा १० असोज। नेपाली कांग्रेस खप्तड छेडेदह गाउँपालिकाको सभापतिमा हर्क रावत सर्वसम्मत चयन भएका छन् । शनिबारबाट सूरु भएको पालिका स्तरीय अधिवेनबाट हर्क रावत सभापतिमा रहने गरी ४२ सदस्यीय कार्यसमिति चयन भएको हो ।

नेपाली काँग्रेसको पालिका स्तरीय अधिवेशनमा बाजुराका ९ वटा स्थानीय तह मध्ये अहिले सम्म बुढीनन्दा नगरपालिकामा डबलबहादुर खड्का, जगन्नाथमा सुन्दर विष्ट, बुढीगंगामा जयराज उपाध्याय, गौमुलमा राजबहादुर धामी यस अघि नै निर्विरोध निर्वाचित भएको नेपाली काँग्रेस निर्वाचन कार्यालय बाजुराका प्रवक्ता प्रेम रौलले बताएका छन् ।

त्रिवेणी नगरपालिकामा नगर सभापतिमा सुरेन्द्र गिरी र गोविन्द सिंह गिरीले एकले अर्कोलाई समर्थन नगरेपछि मतदान प्रक्रियामा गएको प्रवक्ता रौलेले बताएका छन् । त्यस्तै बाँकी रहेका हिमाली, स्वामीकार्तिक र बडीमालिकामा नगरपालिकाको पनि केही समय भित्रै नेतृत्व छनोट भइसक्ने नेपाली काँग्रेस बाजुराले बताएकाे छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार