होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २९ भदाै। बाजुराको सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड शाखाको खाद्यन्न डिपोमा चामल सकिएको छ । वर्षातको समयमा जिल्लाको सदरमुकाम मार्तडी जोड्ने साँफे-मार्तडी सडक पहिरोका कारण अवरुद्ध भई चामल ढुवानी गर्न नसकेपछि डिपोमा चामल सकिएको हो । कम्पनिले सर्वसाधारण उपभोक्ताका लागि निरन्तर विक्री गर्दै आएकोमा कम्पनिमा रहेको मौज्दात चामल सकिएपछि […]
आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकका लागि संभावित २ कार्यसूची तय गरिएको छ ।बैठकमा पहिलो कार्यसूची अन्र्तगत अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार भनी प्रस्ताव प्रस्तुत गर्ने र दोश्रो कार्यसूचीमा पूर्व सांसद रुक्म शम्शेर जबराको निधनमा सभामुख अग्निप्रसाद सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयका […]
प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली सर्वदलीय बैठकमा नजाने भएका छन् । संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा ओली नजाने उनको सचिवालयले जनाएको छ । बैठकमा एमालेबाट प्रतिनिधि भने पठाइने अध्यक्ष ओलीको सचिवालयका सदस्य रामशरण बजगाईँ बताए । सभामुख सापकोटाले भने एमाले संसदीय दलको […]
नागरिक रैबार/बाजुरा २७ भदाै । जिल्लाको त्रिबेणी नगरपालिका ९ पैमामा स्थापित पदम खत्री स्मृति प्रतिष्ठानले बिगत तीन बर्ष देखि विभिन्न कार्यक्रम गरि मनाउँदै आएको छ । स्वर्गीय पदम खत्रीका छोराहरुले स्वर्गीय बुबाको सम्झनामा स्थापना गरीएको पदम खत्रि स्मृति प्रतिठान बाजुरा स्थापना गरीएको हो । हरेक बर्ष संचालन हुदै आईरहेको कार्यक्रमलाई यो बर्ष पनी निरन्तरता दिने […]
नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभाको बैठकमा नाराबाजी सुरु गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठकको काम कारवाही सुरु भएको बताउने बित्तिकै उनीहरुले सभामुखको आसन अगाडि पुगेर नाराबाजी थालेका हुन् । गत शुक्रबारको बैठकमा एमाले सांसदहरु मर्यादापालकको काँधमा चढ्ने, माइक तान्ने लगायतका क्रियाकलाप गरेपनि आजको बैठकमा भने संयमित हुने भएका छन् । प्रतिनिधिसभा बैठक अघि बसेको […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेशको पार्टी इन्चार्ज परिवर्तन गर्न नसक्ने जवाफ दिएका छन् ।आइतबार बिहान अध्यक्ष ओली निवास बालकोटमा भएको एमाले शीर्ष नेताबीचको छलफलमा अध्यक्ष ओलीले पार्टीको अहिलेको प्रदेश संरचनामा कुनै फेरबदल हुन नसक्ने जवाफ दिएका हुन् । नेकपा एमाले जेठ २ मा फर्कने १० बुँदे सम्झौता कार्यान्वयन गर्दा […]
नागरिक रैबार/बाजुरा २६ भदौ। नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका सभापति कविराज पंडितले जिल्लाको सातौं अधिवेशनमा आम नेता तथा कार्यकर्ताहरुको सहमति अनुसार पार्टी सभापतिको उम्मेदवार हुने दावी गरेका छन् । सभापतिको पंडितको निजि सचिवालयले शनिबार मार्तडीमा गरेको पत्रकार सम्मेलनमा सभापति पंडितले आगामी अधिवेशनमा सहमतिका साथ पुनः पार्टीको सभापतिमा उम्मेदवारी रहने दावी गरेका हुन् । पार्टी […]
काठमाडौं । नेपालको चार दिने औपचारिक भ्रमणमा आएकी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारले प्रमुख राजनीतिक दलका शीर्ष नेतादेखि संसदीय समितिका प्रतिनिधिहरुसँग एकसरो भेटघाट सकेकी छन् । बिहीबार प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलबाट भेटको शुरुवात गरेकी उनले शुक्रबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरिन् । […]
काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष […]
काठमाडौं, २५ भाद्र । प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै नेकपा एमालेका सांसदहरुले अवरोध गरेका छन् । उनीहरु नारावाजी गर्दै अवरोध गर्न पुगेका हुन् । नारावाजीमा एमाले सांसदहरु महेश बस्नेत, गोकुल बाँस्कोटा, निरु पाललगायत सक्रिय देखिएका छन् । उनीहरुले नारावाजी गरिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले बारम्बार अवरोध नगर्न भनिरहेका छन् । माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्ने […]
पशुपतिनाथको मूल मन्दिर साढे चार महिनापछि आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुला गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । साढे चार महिनापछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ । कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले […]
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार आगामी तीन दिन नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेको छ । महाशाखाले आगामी तीनको मौसम पूर्वानुमानका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको […]
सभामुख अग्निप्रसाद सापकोटासँग असन्तुष्ट रहेको नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध पार्न थालेको छ । यही अवस्थामा आज पनि संसद बैठक बस्दैछ । तर, आजको बैठक पनि प्रतिपक्षले सुचारु हुन दिने छाँटकाँट देखिएको छैन । भदौ २३ गते एकै दिन बसेका ३ वटा बैठक अवरुद्ध गरेको एमाले आफ्नो दलले कारवाही गरेका माधव नेपालसहित १४ […]
२४ भदौ काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेका छन् । उपसभापति निधिले पार्टीभित्र देखिएको क्रियाशील सदस्यता विवाद र निर्वाचन निर्देशिका भएका त्रुटिहरु सच्याउन केन्द्रीय समिति बैठक बोलाउन माग गरेका हुन् । बुधबार सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै उपसभापति निधिले निर्वाचन निर्देशिका कार्यान्वयन गर्ने क्रममा विधानमा कतिपय त्रुटि र […]
नागरिक रैबार/बाजुरा २२ भदौ। जिल्ला प्रशासन कार्यालय बाजुरामा कम्प्युटर अपरेटर पदमा कार्यरत नैन रावल वर्षकै उत्कृष्ट कर्मचारीमा चयन भएका छन् । जिल्ला प्रशासन कार्यालय बाजुरामा विगत ७ वर्षदेखि कार्यरत रावललाई कार्यालयको सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपूणर् भुमिका निर्वाह गरेको भन्दै बर्षकै उत्कृष्ट कर्मचारी चयन भएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन् । राष्ट्र […]
काठमाडौँ — तीजको रौनक सुरु भएपछि सुर्खेतकी राजकुमारी शाहीको मनमा उदासीको बादल डम्म लाग्न थालिहाल्छ । ११ वर्षयता कुनै तीजमा मन खुसी बनाएर नाचेको उनलाई सम्झना छैन । विवाहपछिको कुनै यस्तो तीज छैन, जहाँ माइतीको आँगनमा सुखदुःख साट्ने परम्पराको हिस्सा बनेकी हुन् । २०६८ भदौ १३ गते । तीज आउनुभन्दा ठ्याक्कै १० दिन अगाडि अप्रत्याशित घटना भयो । माइती परिवारै […]
राजेन्द्र बिक बाजुरा,२२भदौ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)बाजुराको ८औं जिल्ला सम्मेलन खेमराज साउंद लाई जिल्ला अध्यक्ष सर्बसम्मत चयन गर्दै सम्पन्न भएको छ। सम्मेलनले ५१ सदस्यीय जिल्ला कमिटी पनि घोषण गरेको छ ।जसमा उपाध्यक्ष पदम रावत,शुशिला शाही, छक्कलाल थापा सचीव मा बलमान धामी सह-सचिव मा नवराज बुढा मोहन बडुवाल ,अर्जुन सुनार र कोषाध्यक्ष मा […]
नागरिक रैबार/बाजुरा २२ भदौ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराको समानान्तर कमिटी पनि नेकपा एकिकृत समाजवादी पार्टी निकट युवा संघमा समाहित भएको छ । मंगलबार राष्ट्रिय युवा संघ नेपाल बाजुराले एक विज्ञप्ति जारी गर्दै यस अघि राष्ट्रिय युवा संघ नेपालले गठन गरेको समानान्तर कमिटी एकिकृत समाजवादी पार्टीको युवा संघमा समाहित भएको हो । […]
नागरिक रैबार/बाजुरा २२ भदौ। नेकपा एकिकृत समाजवादी पार्टी बाजुराको प्रथम विस्तारित बैठक सम्पन्न भएको छ । सोमबारबाट सदरमुकाम मार्तडीमा बसेको प्रथम विस्तारित बैठकले गरेका निणर्यहरु मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष गगन रावलले पार्टीलाई व्यवस्थित गर्नका लागि विभिन्न विभागहरुको जिम्मेवारी बाँडफाँड गरेको पत्रकार सम्मेलनमा बताएका छन् । उहाँका […]
नागरिक रैबार/बाजुरा २२ भदौ।सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश बहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मंगलबार मन्त्री शाहले मुख्यमन्त्री त्रिलोचन भट्टलाई मन्त्री पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन् । त्यस्तै अर्का राज्यमन्त्री अर्चना गहतराजले पनि राजीनामा दिएकी छन् । दल विभाजनपछि पनि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका […]