होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी । केही दिनअघि भएको बेमौसमी वर्षाका कारण आएको पहिरोले अवरुद्ध बनेका सुदूरपश्चिमका चार जिल्लाका सडक अझै खुल्न सकेका छैनन् । डोटी, डडेल्धुरा, दार्चुला र बझाङका विभिन्न स्थानमा आएको पहिरोका कारण अवरुद्ध बनेको मुख्य राजमार्ग सञ्चालन हुन नसक्दा सर्वसाधारणले सास्ती खप्नुपरेको छ भने बाजुरामा चार महिनाअघि गएको पहिरोले सडक अवरुद्ध छ । सुदूरपश्चिम प्रदेश ट्राफिक […]
बाजुरा। सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरा सडक सञ्जालबाट बाहिर भएको चार महिना भएको छ। गत असारमा भएको वर्षाका कारण अवरुद्ध भएको साँफे-मार्तडी सडक सुचारु नहुँदै फेरि भत्किएको छ। गत हप्ता तीन दिनसम्म परेको अविरल वर्षाका कारण उक्त सडक खण्ड ठाउँ–ठाउँमा अवरुद्ध भएको थियो। दर्जनबढी स्थानमा पहिरो खस्दा अवरुद्ध भएको सडक पूर्ण रुपमा सञ्चालन हुन अझै समय […]
उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना फाइल तस्बिर। अन्नपूर्णसमाज ०८ कार्तिक २०७८ ०८:१९:०० काठमाडौं : जल तथा मौसम विज्ञान विभागले उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाबाट सोमबार जारी मौसम बुलेटिनमा नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको उल्लेख छ। हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य […]
अरुण गाउँले/बाजुरा ७ कार्तिक। बुढीगंगा नगरपालिका साविकको बाह्रविसमा स्थापित सुर्योदय बहुउद्देश्यीय सहकारीको भवन निर्माणमा लागेका कामदारले २ वर्ष वित्न लाग्दा समेत ज्याला नपाएको बताएका छन् । २०७६ सालमा सहकारीको भवन निर्माण कार्य गरिसक्दा समेत सहकारीले अहिलेसम्म भवन निर्माणमा खटिएका २० जना कामदारको ज्याला नदिएको कामदार खड्क विष्टले गुनासो गरेका छन् । सहकारीको भवन निर्माणको जिम्मा […]
नागरिक रैबार/बाजुरा ७ कार्तिक । नेपाली काङ्ग्रेस बाजुराका पुर्बपार्टी सभापति एंव पूर्व संबिधान सभा सदस्य देबराज जोशीले गृहमन्त्री बालकृष्ण खाँडलाई भेटेर बाजुराका बाढी पिडित परिवारलाई तत्काल राहत उपलव्ध गराउन माग गरेका छन् । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडसंग आज भेटघाट गर्दै नेता जोशीले बाजुरा जिल्लामा असोज २९ देखि परेको अबिरल बर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा […]
सरकारले तिहार, छठ पर्व लगत्तै १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ । १२ वर्षमाथिका दीर्घरोगी बालबालिकालाई फाइजर खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए । सोमबार अर्थात भोलि कोभ्याक्स सुविधा अन्र्तगत एक लाख ६ सय मात्रा फाइजर खोप अमेरिकाबाट […]
धनगढी: सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ। गत असोज ३१ गतेदेखिका अविरल वर्षासँगै भएको विपद्का घटनामा परी हालसम्म यस ३७ जनाको मृत्यु भएको हो। बाढीपहिरो, डुबानमा परी सुदूरपश्चिममा सबैभन्दा बढी डोटीमा मानवीय क्षति भएको छ। डोटीमा १६ जनाको मृत्यु भएको छ। यस्तै बझाङमा १२, बैतडीमा ४, डडेल्धुरामा ३, अछाम र कैलालीमा एक/एक […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका छन् । आइतबार प्रदेश १ को बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुगेका प्रधानमन्त्री देउवाले विशेष गरी किसानहरुको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका हुन् । बेमौसमी वर्षाका कारण देशभर आएको अविरल वर्षापछिको […]
के तपाईँको बालबालिका ५ वर्षमुनिका छन् ? छन् भने सरकारले आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ निःशुल्क खुवाउँदैछ । ६ महिनादेखि ५९ महिना ५ वर्षमुनीका करीब २७ लाख बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाउने कार्यक्रम छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ […]
नागरिक रैबार/बाजुरा ६ कार्तिक। बाजुराका १६ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ ।कात्तिक ७ र ८ गते सञ्चालन हुने राष्ट्रिय कार्यक्रम अनुसार जिल्लाका १६ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् । उहाँका अनुसार यहाँका सवै ६ देखि ५९ महिनासम्मका बालवालिकालाई जुकाको […]
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन उद्घाटन गरेका छन् । दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत एमालेले शनिबार वडा स्तरका अधिवेशन गर्न लागेको हो । पार्टी अध्यक्ष ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल माध्यमबाट देशैभरका वडाको एकैसाथ अधिवेशन उद्घाटन गरेका हुन् । अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले सवै […]
नागरिक रैबार/बाजुरा ६ कार्तिक। नेकपा एमालेले देशभरका सबै वडाहरूमा आज एकसाथ वडा अधिवेशनको आयोजना गर्दैछ ।देशभरका ६ हजार सातसय ४३ वटा वडामा नयाँ नेतृत्व चयनका लागि एमालेले आज सवै वडामा एकसाथ वडा अधिवेशन गर्न लागेको हो । एमालेले देशभरका बाढी पहिरोले क्षती पुगाएका जिल्ला बाहेकका ठाउँहरुमा आज वडा अधिवेशन गर्ने तयारी गरेको भएपनि बाजुरामा केही […]
काठमाडौं । कात्तिक एक गतेदेखि भारी वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुगेको छ । ३३ जना अझै बेपत्ता रहेका छन् । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले शनिबार बिहानसम्म देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुवानमा परी मृत्यु हुनेको संख्या १११ पुगेको पुष्टि गरेको छ । प्रदेश १ मा ६६ जना, सुदूरपश्चिम प्रदेशमा ३४ […]
सुर्खेत । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी दैलेखका अम्मर बहादुर थापाले पाएका छन् ।पार्टीको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकबाट थापालाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको हो । थापा हाल कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीसमेत छन् । दैलेखबाट प्रदेश सभा सदस्यमा निर्वाचित थापाले गत वैशाख ३ गते एमालेमै हुँदा ‘फ्लोर क्रस’ […]
काठमाडौं । नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् । उनले शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अघि बढेको रावलले बताए । ‘कार्यदलमा भएको छलफल र पार्टीले गरेको […]
नागरिक रैबार बाजुरा ५ कार्तिक। नेपाली काँग्रेस बाट बढिगंगा नगरपालिका १० मा वडा सदस्य जितेका भाेलाराम जाेशीले काँग्रेस छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । नेपाली काङ्ग्रेस पाटीमा लामो समय देखि क्रियासिल भएर लागेका वडा सदस्य जाेशी सहित विनाेद सार्की, गाेकुल रावल लगायत दर्जनाै काँग्रेसका कार्यकर्ताले समाजवादी पार्टीमा प्रेवेश गरेकाे पुष्पजंग थापाले बताएका […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ। सबैभन्दा बढी डोटीमा १५, बझाङमा ८, बैतडीमा चार, डडेल्धुरामा दुई र कैलालीमा एक जनाको मृत्यु भएको छ। पहिरोमा च्यापिएर प्रदेशमा २४ जना बेपत्ता रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। बझाङमा २१, कैलाली, बैतडी र डोटीमा एक÷एक जना बेपत्ता छन्। बझाङमा नेपाली सेनाको हेलिकोप्टरमार्फत […]
नागरिक रैबार/ बाजुरा ३ कार्तिक ।गत असोज ३१ गते देखि आएको बेमौसमी बर्षासँगै जुड्डी खोलामा आएको बाढीले जगन्नाथ गाउँपालिकाको कार्यलय बगाएको छ । निरन्तरकाे बर्षाले खोलामा बाढी बढ्नुका साथै जमिन कटान गरेपछि गाउँपालिकाको कार्यलय क्षतबिक्षेत बनाएको गाउँपालिकाका राेजगार संयाेजक लक्ष्मण जाेशिले बताएका छन् । कार्तिक २ गते दिउसो अविरल वर्षातका कारण जगन्नाथ गाउँपालिकाको वडा नं […]
नागरिक रैबार/बाजुरा १ कार्तिक। जिल्लाको खप्तड क्षेडेदह गाउँपालिकाको आटिचौरस्थित दशरथ माविको खेल मैदानमा हुने तेस्रो क्षेडेदह कप फुटवल प्रतियोगिताका पहिलो चरणका खेलहरु भोलीबाट संचालन गरिने भएका छन् । आज औपचारिक रुपमा प्रतियोगिताको एक कार्यक्रमकाविच उद्धघाटन् गरिएको छ । प्रतियोगिताको एक औपचारिक कार्यक्रमका विच पूर्व संविधान सभा सदस्य महाँ नेपालीले उद्धघाटन् गरेका छन् । प्रतिकुल माैषमका […]
नागरिक रैबार/बाजुरा १ कात्तिक । बाजुरामा आईतबार साँझबाट परेको अविरल बर्षाका कारण पाकेको धानवाली नष्ट पारेको छ । खेतमा पाकेको धान भित्र्याउने बेला परेको अविरल वर्षाका कारण धान बालीमा क्षति पुगे पछि यहाँका किसान चिन्तित भएका छन् । धानलाई वर्षाले झार्नुका साथै बोटसमेत ढालेको छ । पाकेको धान भित्र्याउने समयमा पानीले क्षति पुर्याइ दिएपछि दैनिक […]