होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१२ असोज, बागलुङ । पवित्रा विश्वकर्माकामा दुईवटा भैँसी छन् । लैनोमा तिनले पुगेसरी दूध दिन्छन् । दुःखजिलो गरेर पालेका भैँसीको दूध बेच्न भने उनले पाउँदिनन् । “दूध बेच्न मन त छ तर बिक्री हुँदैन, गाउँमा छोइन्छ भन्छन्, किन्न मान्दैनन्”, ४३ वर्षीया विश्वकर्माले दुःखेसो पोखिन् । उनको थातथलो रहेको बागलुङ नगरपालिका-७ कालिमाटी दलित बाहुल्य बस्ती हो […]
नागरिक रैबार/बाजुरा ११ असोज । काँग्रेस बडीमालिकामा नगर सभापतिका लागि ५ जना उम्मेदवारहरुवीच सहमति नभएपछि नगर कार्यसमितिको नेतृत्व चयन अझै हुन सकेको छैन् । शनिबारबाट सूरु भएको काँग्रेस बडीमालिका दोस्रो अधिवेशन उद्धघाटन भएको ३ दिन वित्न लाग्दा समेत अहिले सम्म नेतृत्व चयन हुन नसकेको हो । जिल्ला भरका ९ वटा पालिका मध्ये ६ वटामा सर्वसम्मत […]
नागरिक रैबार/बाजुरा ११ असोज । नेकपा माओवादी केन्द्र जिल्ला कमिटी बाजुराको बैठक यही असोज १४ गते मार्तडीमा बस्ने भएको छ ।आज एक पत्र सार्वजनिक गर्दै माओवादी केन्द्रको बैठक बस्ने बारे जानकारी गराएकाे हो । बैठकमा जिल्ला कमिटीका सदस्य, जनवग्रीय संगठनका केन्द्रिय सदस्यहरु, सुदूरपश्चिम प्रदेशका जनवग्रीय संगठनका सदस्यहरु, गाउँनगर कमिटिका अध्यक्ष, सचिव, कार्यालय सदस्यहरु, जनवग्रीय संगठनका […]
नागरिक रैबार/बाजुरा ११ असोज। जिल्लाको बुढीनन्दा नगरपालिका र जगनाथ गाउँपालिकाका एक-एक जनामा कोरोना पुष्टि भएको छ । सोमबार बुढीगंगा नगरपालिकाको डाव बजारमा काठमाण्डाैबाट घर आएका २ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोना पुष्टि देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् । उनका अनुसार पोजेटिभ देखिएकामध्ये जगनाथ २ का उमेर २६ काे […]
नागरिक रैबार/बाजुरा ११ असोज। नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमितिमा सभापतिका आकांक्षीहरुले एकले अर्कोलाई सहमति नगरेपछि निर्वाचन हुने भएको छ । नगर सभापतिका लागि धनलाल पाध्याय, गोपाल कार्की, जनक थापा, खडक बडुवाल र पदम बडुवाल आकांक्षी रहेका छन् । शनिवारबाट सूरु भएको बडीमालिकाको दोस्रो नगर अधिवेशनमा सभापतिका आकांक्षीहरु विच सहमति नभएपछि निर्वाचन प्रक्रियामा गएको निर्वाचन अधिकृत […]
बाजुराको कोल्टी पिलुचौर सडक खण्डको मटेला नजिक बाटो अवरुद्ध भएको करिव दुई साता पुग्दा पनि मर्मत नभए पछि आवत जावत गर्ने यात्रुलाई सास्ती भएको छ । मटेलाको घुम्ती नजिक कुलाको पानी थुनिएर बाटो अवरुद्ध भएको करिव दुई साता पुग्न लाग्दा पनि बाटो नवने पछि कोल्टी बजार क्षेत्रमा आवात जावत गर्ने यात्रुले सास्ती भोग्नु परेको हो […]
नेपाली काँग्रेस त्रिबेणी नगर कार्य समितिको सभापतिमा सुरेन्द्र राज गिरी विजयी भएका छन् । नगर सभापतिका लागि पौडेल समूहबाट सुरेन्द्रराज गिरी र देउवा पक्षबाट गम्भीरसिहं बुढा बिच सहमती नभए पछि मतदान भएको थियोे । कडा प्रतिष्पर्दाका बाबजुत पौडेल पक्षका गिरीले ८० मत ल्याएर बिजयी भएका छन् भने उनका प्रतिद्धन्दि बुढाले ६९ मत ल्याएर पराजित भएका […]
काठमाडौं– दसैँमा घर जाने यात्रुलाई लक्षित गरेर सरकारले अग्रिम टिकट बुकिङ खुला गरेको छ । राजधानीमा विभिन्न व्यापार, व्यवसाय, जागीर र अध्ययनका लागि बसेका मानिस चाडपर्व मनाउन घर जाने गरेकाले यसलाई सहज तथा व्यवस्थित बनाउन आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । अहिले नयाँ बसपार्कमा टिकट लिने यात्रुको चाप देखिन्छ । एक निजी कलेजमा अध्ययनरत धनगढीका […]
नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । तुलसीलाल अमात्य प्रतिष्ठान ललितपुरमा ११ बजे बस्ने बैठकमा १० बुँदे सहमति कार्यान्वयनमा भइरहेको प्रगति, विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधि लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन् । नेकपा एमाले जेठ २ मा फर्कने १० बुँदे सहमति भए पनि उक्त सहमति कार्यान्वयन नभएको भन्दै सुदूरपश्चिम लगायतका केही स्थानमा […]
नागरिक रैबार/बाजुरा १० असोज । बाजुराको त्रिबेणी नगरपालिका वडा नं. ४ को वडा कार्यालयमा स्थानीय सेवा ग्राहीहरुले आईतबार तालाबन्दी गरेका छन् । वडाका सबै कर्मचारीहरु नेपाली काँग्रेस त्रिवेणी नगरपालिकाको नगर अधिबेशनमा गएपछि वडाबाट हुने कामहरु प्रभाबित भएको भन्दै वडा कार्यालय तालावन्दी गर्न बाध्य भएको स्थानीय कृष्ण साउँदले बताएका छन् । आइतबार बिहान १० बजे वडामा […]
नागरिक रैबार/बाजुरा १० असोज। नेपाली कांग्रेस खप्तड छेडेदह गाउँपालिकाको सभापतिमा हर्क रावत सर्वसम्मत चयन भएका छन् । शनिबारबाट सूरु भएको पालिका स्तरीय अधिवेनबाट हर्क रावत सभापतिमा रहने गरी ४२ सदस्यीय कार्यसमिति चयन भएको हो । नेपाली काँग्रेसको पालिका स्तरीय अधिवेशनमा बाजुराका ९ वटा स्थानीय तह मध्ये अहिले सम्म बुढीनन्दा नगरपालिकामा डबलबहादुर खड्का, जगन्नाथमा सुन्दर विष्ट, […]
धनगढीः नेकपा एमालेभित्र देखिएको विवाद समाधान गर्न भएको दश बुँदे सहमति कार्यान्वयनमा नेतृत्व गम्भीर नभएपछि माधव नेपाल छोडेर एमालेमै रहेका नेताहरू असन्तुष्ट छन्। यसैक्रममा नेकपा एमालेका उपाध्यक्ष भीम रावल जारी केन्द्रीय कमिटी बैठकबाट बाहिरिएका छन्। उनलाई आइतवारै बसेको स्थायी कमिटी बैठकमा आफ्ना कुरा राख्न भनिएको थियो। तर उनले त्यहाँ आफ्नो केही कुरा नरहेको बताएका थिए। […]
काठमाडौं, असोज १० । नेकपा (एमाले) का नेता कर्णबहादुर थापाले पार्टी अध्यक्षमा फेरि पनि केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् । पार्टीभित्र ओलीको नेतृत्वलाई चुनौती दिने पनि कोही नदेखिएको उनको दाबी छ । एमाले सुदूरपश्चिम अध्यक्षसमेत रहेका नेता थापाले भने, “पार्टी एकताका कारण हाम्रो महाधिवेशन निकै पछाडि धकेलियो । संवैधानिक व्यवस्था अनुसार मंसिरमा गर्नैपर्छ । […]
नागरिक रैबार/बाजुरा ९ असोज। बडीमालिका नगरपालिकामा अनेमसंघ (क्रान्तिकारी) को नगर कमिटी गठन गरिएको छ । शनिबार अनेमसंघ (क्रान्तिकारी) बडीमालिका पालिका स्तरीय भेलाले सीमा विककोे अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी गठन गरिएको हो । भेलाले उक्त कमिटिको उपाध्यक्षमा फुगि रोकाया, सचिब दुर्गा बिक, सहसचिब पुना बुढा (साउद) कोषाध्यक्ष अमृता उखेडा लगायत ३५ जनाको नगर कमिटी गठन […]
नागरिक रैबार/बाजुरा ९ असोज। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ को पाँच वर्षे वडा विकास योजना निर्माण गरिने भएको छ । वडाको २०७८/८९ देखि ८३/८४ सम्मका लागि पाँच वर्षे वडा विकास योजना तयारी गर्न लागिएको बडीमालिका ९ का वडा सचिव गोरख बहादुर रावलले बताएका छन् । बडीमालिका ९ ले आफ्नो वडाको पाँच वर्षे विकास योजना […]
काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा शुक्रबारबाट सुरु भएको बैठक आज शनिबार पनि बस्न लागेको हो । शुक्रबार विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्ताव बैठकमा पेस भएको थियो ।अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन […]
नागरिक रैबार/बाजुरा ९ असोज। बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टको वार्षिक मोवाइल खर्च ७२ हजार भन्ने शिर्षक र तस्वीर सहितको समाचार विभिन्न मिडियामा प्रकाशन भएपछि अन्तरपार्टी महिला संजाल बाजुराले विज्ञप्ति निकाल्दै आपत्ति जनाएको छ । शुक्रबार अन्तरपार्टी महिला संजाल बाजुराले एक विज्ञप्ति मार्फत नेपालको संविधानको धारा २२७ मा गाउँ तथा नगरसभाका सदस्यले पाउने सेवा सुविधाका सम्वन्धमा […]
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज भूकम्प गएको छ । राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ४ दशमलब ४ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु दार्चुलाबाट उत्तरपश्चिम ४० किमी भारतमा रहेको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको […]
नागरिक रैबार/बाजुरा ८ असोज। जिल्लाको बुढीगंगा नगरपालिका वडा नं ९ मा नेकपा एकिकृत समाजवादी पार्टीको वडा कमिटी गठन गरिएको छ । नेकपा एमाले विभाजन पछि बनेको माधव कुमार नेपाल नेतृत्वको सो पार्टीले बुढीगंगा नगरपालिकाको ९ नम्बर वडामा पहिलो पटक वडा कमिटी गठन गरेको हो । एकिकृत समाजवादी पार्टी बुढीगंगा ९ मा गरिएको अगुवा कार्यकर्ता भेलाले […]
नागरिक रैबार/बाजुरा ८ असोज। जिल्लाको बुढीगंगा नगरपालिका वडा नं ९ मा नेकपा एकिकृत समाजवादी पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपा एमाले विभाजन पछि बनेको माधव कुमार नेपाल नेतृत्वको सो पार्टीले बुढीगंगा नगरपालिकाको ९ नम्बर वडामा पहिलो पटक अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको हो । एकिकृत समाजवादी पार्टी बाजुराका जिल्ला कमिटी सदस्य तथा […]