होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
समाजवादी प्रेस संगठन नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको घोषणासभामा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरिएको हो । जसको महासचिव भुपराज खड्का रहेका छन् । यस्तो छ नामावली : https://drive.google.com/file/u/0/d/1ijNAn8nF9gow_KnASIyRNDjQtHGEgUpc/view
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको दोश्रो पूर्ण बैठक सुरु भएको छ । ललितपुरस्थित हेरिटेज गार्डेनमा बैठक सुरु भएको हो । बैठकमा नेकपा (एमाले) सहितका विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश गरेका तथा प्रवेश गर्ने तयारीमा रहेकाहरूका जिम्मेवारी र भूमिकाबारे शुक्रबारको स्थायी कमिटी बैठकले बनाएको मापदण्ड पेश गरेर पारित गर्ने तयारी छ […]
नेकपा एमालेमा दशौँ राष्ट्रिय महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनका लागि एमालेका आठ लाख सङ्गठित सदस्यले आज मुलुक भरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छान्दै छन् । त्यसरी छानिएका प्रतिनिधिले आगामी मङ्सिर १० देखि १२ गते चितवनमा हुने महाधिवेशनमा अध्यक्षसहित २२५ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्नेछन् ।नेकपा एमालेले यस पटकको महाधिवेशन सहमतिको महाधिवेशन बनाउने बताउँदै आएको […]
नागरिक रैबार बाजुरा २६ कार्तिक। पाँचदलिय गठवन्धनबाट बनेकाे शेरहादुर देउवा नेतृत्वकाे सरकारले पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि गरेकाे भन्दै अनेरास्ववियु बाजुराले शुक्रबार मार्तडीमा प्रदर्शन गरेकाे छ । गठबन्धन सरकाले पेट्रोलियम पदार्थकाे मूल्यमा मनाेमानी ढंगबाट वृद्धि गरेकाे भन्दै अनेरास्ववियु बाजुराका विद्यार्थीले सदरमुकाम मार्तडीमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा अनेरास्ववियुका विद्यार्थीले मार्तडीकाे लाेकतान्त्रिक चाेकमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे […]
नागरिक रैबार बाजुरा २६ कार्तिक। त्रिवेणी बचत तथा रिण सहकारीकाे २० औं वार्षिक साधारणसभा तथा सातौं अधिवेश आजबाट सूरू भएकाे छ । शुक्रबार एक कार्यक्रमका विच त्रिवेणीकाे सहकारीकाे २० औं साधारण सभा तथा सातौं अधिवेशनकाे बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले २० वटा बत्ति र दियाे बालेर उद्घाटन गरेका छन् । सहकारी संस्थाका अध्यक्ष अशाेक […]
धनगढीः सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण गरेका छन्। २३ गते प्रदेश प्रमुख नियक्त भएका जोशीले आज पदभार ग्रहण गरेका हुन्। सरकारले यसअघिका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई हटाएर जोशीलाई नियुक्त गरेको हो। सरकारले एकैचोटि तीनवटा प्रदेशका प्रदेश प्रमुख फेरेको थियो।
काठमाडौं । आन्दोलनरत नेपाल बार एशोसिएसनले आइतबार पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्ने गरी सर्वोच्च अदालतमा धर्ना दिने भएको छ । बारको आह्वानमा कानुन व्यवसायीहरुले शुक्रबार सर्वोच्चको मूल गेटमा धर्ना दिएका थिए । तर प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका थिए । धर्नापछि विरोध सभालाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार […]
नागरिक रैबार/बाजुरा २५ कार्तिक। बाजुराका डिएसपी मदनजित महराको सरुवा भएको छ । एक वर्ष अघि बाजुराको डिएसपीको कार्यभार सम्हाल्न आएका महरा करिव १३ महिनापछि बाजुराबाट सरुवा भएका हुन् । प्रहरी प्रधान कार्यालयले ९५ जना नायव उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । साेही क्रममा बाजुराका प्रहरी नायव उपरिक्षक मदनजीत महराकाे पनि बाजुराबाट सरुवा भएपछि चतुर्भुज ओझा […]
काठमाडौं । सरकारले कोभिड-१९ महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण गर्न योग्य परिवारबाट निवेदन आहृवान गरेको छ । अर्थ मन्त्रालयले बिहीबार १५ दिने सूचना जारी गरी निवेदन आहृवान गरेको हो । सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफू बसोबास गरिरहेको स्थायी वा अस्थायी वडा कार्यालयमा पुगेर परिवारले निवेदन दिन सक्ने भएका छन् । सरकारले अघिल्लो […]
नागरिक रैबार बाजुरा २४ कार्तिक। बाजुरामा एकैदिन २ जना पुरूष छुट्टाछुट्टै स्थानमा मृत अवस्थामा भेटिएका छन् । यसरी एकै दिन मृत अवस्थामा भेटिनेमा जगन्नाथ गाउँपालिका वडा नम्बर ६ का अन्दाजि १८ वर्षका जीवन चंदारा र बुढीगंगा नगरपालिका–४ बानेगाउँ कोल्डाँडाका ६२ वर्षीय केहेरे कटुवाल रहेका छन् । मृत अवस्थामा भेटिएका दुईजना मध्ये चंदारा बुढीनन्दा नगरपालिका ५ […]
काठमाडौं । १२ औं राष्ट्रिय जनगणनाको तयारी पूरा भएको छ । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार बिहीबारदेखि शुरु हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिने भएका छन् । उनीहरुले हरेक घर, परिवारसम्म पुगेर कुल ८० वटा प्रश्न हाराहारी सोधिने भएको छ । एक परिवारमा औसत: एक जना गणकले २० मिनेट लगाउने […]
के तपाईको नाम मतदाता नामावलीमा चढेको छ ? तपाई भर्खरै १८ वर्ष पुग्दै हुनुहुन्छ कि ? अथवा, कुनै कारणले मतदाताको सूचीमा तपाईको नाम छुटेको छ पो कि ? चिन्ता नगर्नोस्, अब तपाईको बसोबास काठमाडौँमा छ भने यहीँबाट निर्वाचन आयोगका कर्मचारीले नाम सङ्कलन गर्नेछन् । तर, भोट दिनेबेलामा चाहिँ तपाई आफ्नै निर्वाचन क्षेत्रको मतदान केन्द्रमा जानुपर्ने […]
नागरिक रैबार/बाजुरा २४ कार्तिक।नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको उपसचिवमा बाजुराका युवा नेता तथा बाजुरा जिल्ला प्रदेश (क) का सांसद बल्देब रेग्मीलाई मनाेनित भएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटीको मंगबार बसेकाे बैठकले सांसद रेग्मीलाई उपसचिव पदमा मनाेनित गरेकाे हाे । सांसद रेग्मी यस अघि नेकपा एमाले बाजुरा जिल्ला कमिटिकाे सचिव समेत रहेर काम गरेका थिए । […]
संघीय सरंचनाको मेरुदण्ड मानिएको प्रदेश केन्द्रको छाँयाजस्तो बन्न पुगेको छ । प्रदेश प्रमुखको नियुक्ति र बर्खास्तीमा केन्द्र सरकारको मनलाग्दी छ । प्रदेश प्रमुख हेरफेर गर्ने अधिकार केन्द्र सरकारसँग भए पनि अकारण प्रदेश प्रमुखको बर्खास्ती र नियुक्ति भइरहेको छ । केन्द्रमा सरकार चलाउने पार्टीसँग आबद्धता नभए प्रदेश प्रमुखले विदा हुनुपर्ने नजिर बसेको छ । यही कारण […]
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटीको मंगलबार बोलाइएको बैठक बहिष्कार गरेका छन् । उनले यो बैठकलाई ‘१० बुँदे सहमति र पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन १२ विपरीत भएकाले अवैध र गुटबन्दीको नमुना’ भनेका छन् । १० बुँदे कार्यान्वयन भैसकेको भनेर एमालेको संस्थापन पक्षले भनिरहेका बेला रावलले भने यसको कार्यान्वयनमा गम्भीर समस्या […]
नागरिक रैबार/बाजुरा २३ कार्तिक। पूर्व संविधान सभा सदस्य तथा तथा नेपाली काँग्रेस बाजुराका महाधिवेशन देवराज जोशी सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त हुनु भएका छन् । सोमबार सरकारले सुदूरपश्चिम, कर्णाली प्रदेश र प्रदेश नं १ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो । जस अनुसार बाजुराका पूर्व सभाषद् जोशी सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त भएका हुन् । प्रधानमन्त्री शेरबहादुर […]
काठमाडौं, कार्तिक २३ । राष्ट्रिय जनगणना २०७८ अन्तर्गत भोलि बुधबारबाट मूल गणना हुने भएको छ। ९ मंसिरसम्म हुने जनगणनाका लागि तयारी पूरा भएको तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए। मूल गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षक खटिने छन्। नेपालमा हरेक १०-१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ। यसअघि […]
हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । सोमबार पाण्डेले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५९ मत परेको छ । वागमती प्रदेशसभामा १०९ जना सदस्य छन् । विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक पर्छ । सभामुख सानकुमार श्रेष्ठले मुख्यमन्त्री पाण्डेले पाएको मत प्रदेशसभाको बहुमत भएकाले उनले विश्वासको […]
२२ कात्तिक, विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीको प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुने बताएका छन् । नेकपा एमाले मोरङले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेसबाहेकका अरु दल आफूहरुसँग प्रतिस्पर्धामा नै नरहेको बताएका हुन् । ‘हाम्रो प्रतिस्पर्धा अलिकति नेपाली कांग्रेससँग हुनेछ,’ उनले भने,‘अरु नेपाली कांग्रेसको आड लागेकाको दम छैन एक्लै लड्ने […]
काठमाडौँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आसन्न चुनावसम्मै गठबन्धन कायम रहने र चुनावी तालमेल हुने बताउँछन् । तर कांग्रेसकै कतिपय नेताहरू चुनावमा तालमेल गर्न नहुने बताउँछन् । प्रचण्डकै गृहजिल्ला चितवनमा कांग्रेस जिल्ला सभापतिले कांग्रेसकै चुनाव चिह्न रुखमा मतदान गर्ने अडान राखेका छन् । जसले गर्दा प्रचण्ड चिन्तित भएको अभिव्यक्ति आइसकेको छ । यस्तो बेला […]