होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम प्रदेश : प्रथम पञ्चवर्षीय योजनाको अवधारणा स्वीकृत
समाचार

सुदूरपश्चिम प्रदेश : प्रथम पञ्चवर्षीय योजनाको अवधारणा स्वीकृत

दुई वटा स्थानीय तहमा वडा थप गर्न सिफारिस

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेश : प्रथम पञ्चवर्षीय योजनाको अवधारणा स्वीकृत

सुदूरपश्चिम प्रदेश सरकारले प्रथम पञ्चवर्षीय योजनाको संक्षिप्त अवधारणा पत्र स्वीकृत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज बसेको मन्त्रिपरिषद्को बैठकमा पेस गरेको आर्थिक वर्ष २०७८/७९–२०८२/८३ को संक्षिप्त अवधारणा पत्रलाई स्वीकृत दिएको हो । प्रदेश योजना आयोगले तयार पारेको सो अवधारणापत्रले प्रदेशको समग्र विकासका लागि योजना बनाउन सहयोग पुग्ने प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन् ।

यस्तै मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिम प्रदेशका दुई वटा स्थानीय तहमा वडा थप गर्न सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । अछामको रामारोशन गाउँपालिका र बझाङको मष्टा गाउँपालिकामा वडा विभाजन गर्न सङ्घीय सरकारलाई सिफारिस गरिएको बताइन् । ‘गाउँ सभाबाट निर्णय पारित भएर आएको थियो । सबै प्रक्रिया पुगेकाले हामीले सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेका छौँ’ उनले भनिन् । रामारोशन गाउँपालिकामा अहिले सात वडा रहेको छ । सो गाउँपालिकामा वडा विभाजन गरी १२ बनाइने छ भने नौ वटा वडा रहेको बझाङको मष्टा गाउँपालिकामा वडा विभाजन गरी ११ बनाइने छ ।

यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सिफारिसमा पेस भएको अस्थायी रूपमा कर्मचारी दरबन्दी र फर्म नवीकरण गर्ने समयावधि र जरिवाना मिनाहा सम्बन्धमा पनि निर्णय भएको छ ।

विज्ञापन

प्रदेश सरकारले केही महिनाअघि सञ्चालनमा ल्याएको प्रदेश राजपत्र छापाखानामा अस्थायी रूपमा कर्मचारी दरबन्दीका लागि निर्णय गरेको मन्त्री जोशीले बताइन् । ‘छापाखानामा एक कार्यालय सहयोगी, प्राविधिक सहित तीन जना कर्मचारी अस्थायी रूपमा भर्ना गरिने छ’ उनले भनिन् ।

यस्तै, प्रदेशमा रहेका फर्महरू नवीकरण नभएकाले उनीहरूको म्याद थप गरी पाँच प्रतिशत जरिवाना राखिएको उनले बताइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार