होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • पिसिआर ल्याव सेवा सूरु, अबदेखि कोरोनाकाे जाँच बाजुरामै हुने
Breaking News

पिसिआर ल्याव सेवा सूरु, अबदेखि कोरोनाकाे जाँच बाजुरामै हुने

  • नागरिक रैबार
पिसिआर ल्याव सेवा सूरु, अबदेखि कोरोनाकाे जाँच बाजुरामै हुने

नागरिक रैबार/बाजुरा ७ पुस। बाजुरा जिल्लामा पहिलो पटक पिसिआर ल्याब सेवा सञ्चालनमा आएको छ । जिल्ला अस्पताल बाजुराले कोभिड जाँचको लक्षित गर्दै पिसिआर ल्याब सञ्चालनमा ल्याएको हो ।

कोभिड जाँचका लागि यो भन्दा अगाडि धनगढी, डोटि लगायत जिल्ला बाहीर जानुपर्ने बाध्यता रहेको थियो । सेवा सञ्चालनमा ल्याएर ७७ जनाको स्वाब परिक्षण समेत गरिसकेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

बाजुरामा सञ्चालनमा ल्याएको ल्याबको गुणस्तरीय समेत जाँच सफल भइसकेको छ । यता चेक गरेको स्वाब काठमाडौ पठाउदा पनि यहाँको ल्याब राम्रो रहेको प्रमाणित भइसकेको जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर प्रकाशराज जोशीले बताएका छन् ।

विज्ञापन

पिसिआर ल्याब सेवा संचालनमा आएसंगै ऐनटिजेन विधिबाट जाँच र स्वाब संकलन गरेर जिल्ला बाहीर जानुपर्ने बाध्यता हटेको छ । पिसीआर ल्याब सञ्चालनका लागि संघिय सरकार, प्रदेश सरकारले लगानि गरेको थियो ।

पिसिआर ल्याव सेवा सञ्चालनका लागि अस्पताल बाजुराले मेडिकल ल्याब टेक्नोलोजी अधिकृत राम बिष्टलाई नियुक्त गरेको छ । जिल्लामै पिसिआर सञ्चालनमा आएपछि अब जिल्लामा कोभिड जाँच गर्न पहिलाको जस्तो समस्या नहुने भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार