होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कर्णालीमा हिमपात र वर्षा : जनजीवन प्रभावित
समाचार

कर्णालीमा हिमपात र वर्षा : जनजीवन प्रभावित

  • नागरिक रैबार
कर्णालीमा हिमपात र वर्षा : जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लाहरुमा हिमपात भएको छ भने पहाडी जिल्लाहरुमा सिमसिमे वर्षा भइरहेको छ । हिमपात र वर्षाका कारण चिसो अत्यधिक बढेपछि नागरिकको जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका अनुसार हुम्लाको सदरमुकाम सिमीकोटमा १ फिट जति हिमपात भएको छ ।

लगातारको भारी हिमपातले सिमीकोटदेखि उत्तर क्षेत्रका बासिन्दाहरूलाई घरबाट बाहिर निस्कनै समस्या भइरहेको छ। यस्तै पहाडी क्षेत्रका उच्च भागहरुमा हिमपात भइरहेको कार्यालयका प्रमुख विनोद पराजुलीले रातोपाटीलाई जानकारी दिए ।

उनले भने, ‘मंगलबार बेलुकादेखि नै हिमपात हुन सुरु भएको हो । सिमसिमे बर्षा र हिमपात सबै जिल्लाहरुमा भएकाले नागरिकको जनजीवन सामान्य प्रभावित बनेको छ ।’
उनका मौसमको यो प्रणाली भोली बिहीबार सम्म सक्रिय हुने भएकाले नागरिकहरुलाई सचेन रहन् आग्रह गरे । मुगुका प्रमुख जिल्ला अधिकारी रामबहादुर महतले मुगुका सबैजसो उच्च भागहरुमा हिमपात भइरहेको जानकारी दिए ।

विज्ञापन

अहिले म सोरु गाउँपालिकातिर छु,’ उनले भने, ‘सबैतिर हिउँ परिरहेको ।म भएको ठाउँमा झण्डै चार इन्च जति हिउँ परिरहेको छ ।’ उनले हिमपात र वर्षाका कारण नागरिकको दैनिकी सामान्य प्रभावित भएपनि असामान्य घटना अहिलेसम्म नघटेको बताए ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले डोल्पामा हिजो रातिदेखि नै हिमपात हुन सुरु भएको जानकारी दिए । डोल्पा सदरमुकाम दुनैको माथिल्लो भागमा अहिले पनि हिमपात भइरहेको छ,’ उनले भने, ‘यहाँका छार्कातोङ्सुङ, डोल्पोबुद्ध लगाएतका साल्बाङ् लगायतका क्षेत्रहरुमा अत्यधिक हिमपात हुने गरेको छ।

यस्तै जुम्ला, दैलेख, कालिकोट लगायतका जिल्लाहरुका उच्च लेकाली भु–भागहरुमा हल्का हिमपात भइरहेको छ ।कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधव प्रसाद श्रेष्ठले बर्षात र हिमपातका कारण हुम्ला, डोल्पामा फोन सेवा प्रभावित भएको र अन्य जिल्लामा त्यस्तो अप्रिय घटनाहरु घटेको खबर अहिलेसम्म नआएको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार