होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म ८७ लाख ८० हजार ४३३ जनाले पूर्ण मात्रा खोप लगाएका हुन् । यस्तै पहिलो डोज मात्रै खोप लगाउनेको संख्या १ करोड ५० लाख ४ हजार ७६४ पुगेको छ । पहिलो र दोस्रो डोज गरी हालसम्म १ […]
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको छ ।आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते […]
नागरिक रैबार बाजुरा २० मंसिर। अटो दुर्घटना परि घाइते भएका एक युवक लाई डडेल्धुरा रिफर गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।आइतवार दिउँसो ५ः३० बजे तिर बडिमालिका नगरपालिकाको थुवाकाँधमा अटो दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परि घाइते भएका भिम खत्रीलाई जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि थप उपचारका लागि डडेल्धुरामा रिफर गरिएको जिल्ला अस्पताल […]
नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको जनाएको हो। दक्षिण अर्फिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकोन्स गर्दा ओमनिक्रमन भेरियन्टको सङ्क्रमण देभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले जानकारी दिए ।
नागरिक रैबार/बाजुरा १९ मंसिर। कोल्टी क्षेत्रमा यस वर्ष समयमै खाद्यन्न ढुवानी भएपछि खाद्य संकट नहुने संकेत देखिएको छ । वर्षेनी खाद्य संकट व्यहोरीरहेको कोल्टी क्षेत्रमा यस वर्ष समयमै चामल ढुवानी भएपछि खाद्य संकट नहुने संकेत देखिएको हो । यस अघि कोल्टी क्षेत्रमा चामल ढुवानी गर्ने ठेकेदारहरुले समयमै ढुवानी नगर्दा त्यस क्षेत्रमा खाद्यन्न संकट हुँदै आएको […]
नागरिक रैबार/बाजुरा १९ मंसिर। नेपाली काँग्रेस बाजुराका महाधिवेशन प्रतिनिधि तथा पूर्व संविधान सभा सदस्य महाँ नेपालीले काँग्रेसको आशन्न १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन् । यस अघि काँग्रेस बाजुराको ७ औं जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिीमा लोकप्रिय मत पाएर विजयी बनेका नेपालीले दलित समावेशीकोे तर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने बताएका हुन्। प्रधानमन्त्री शेरबहादुर […]
नागरिक रैबार/बाजुरा १९ मंसिर।सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला हो बाजुरा । बाजुरालाई सडक संजालसंग जोड्न विस २०५१ सालमा अछामको साँफेबगर देखि बाजुराको सदरमुकाम मार्तडीसम्मको ५७ किलोमिटर सडक तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले सिलानास गरेका थिए । सडक सिलानास गरिएको २३ वर्षपछि मात्रै बाजुराको सदरमुकाम मार्तडीसम्म पक्की सडक संजाल जोडिएको थियो । सदरमुकाम मार्तडीबाट बस सेवा सूरु […]
दसौं राष्ट्रिय महाधिवेशनबाट ७० वर्षे उमेरहदका कारण अमृत बोहरा, महेन्द्रबहादुर पाण्डे, सत्यनारायण मण्डललगायत नेता बिदा भइरहँदा नवनिर्वाचित केन्द्रीय कमिटीमा विभिन्न क्लस्टर र खुला कोटाबाट दर्जन युवाले प्रवेश पाएका छन् काठमाडौँ — रोल्पाकी ३२ वर्षीया ईश्वरी घर्ती र कञ्चनपुरकी ३२ वर्षीया कुमारी कमला बोहरा एमाले अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको ३ सय १ सदस्यीय केन्द्रीय […]
नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनअन्तरगत शेरबहादुर देउवा पक्षले रामचन्द्र पौडेल पक्षसँग चुनाव लड्ने उम्मेदवारको टुंगो लगाएको छ । देउवा पक्षको बैठकले सभापतिमा वीरबहादुर बलायरलाई उठाउने निर्णय गरेको छ । यस्तै उपसभापतिमा जनक चौधरी (कैलाली), लोकराज अवस्थी (बैतडी), महामन्त्रीमा मनु साह (कैलाली), मेघराज खड्का (अछाम) र सहमहामन्त्रीमा अम्बिका चलाउने र गोपालदत्त भट्टलाई उम्मेदवार बनाइएको बलायरले बताए […]
निर्वाचन आयोगले आज शुक्रबारदेखि मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गर्दैछ । मतदाता नामावली संकलनको काम ६३७ स्थानीय तहका केन्द्रबाट मतदाता नामावली दर्ता गराउन सकिने निर्वाचन आयोगले जानकारी दिएको छ । त्यसबाहेक ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट हाल भइरहेको मतदाता नामावली संकलनको काम निरन्तर […]
धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश समितिको नेतृत्व सर्वसम्मतिबाटै चयन गर्ने प्रयास जारी राखेको छ । धनगढीमा बिहीबार प्रथम प्रदेश अधिवेशनको उद्घाटन सत्र सुरु भए पनि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अझै सुरु भएको छंन । सभापतिसहिका पदाधिकारीहरूमा सर्वसम्मतिको प्रयास भइरहेकाले शुक्रबार बिहान ८ बजेका लागि तय भएको मनोनयन दर्तालगायतको निर्वाचन कार्यतालिका हेरफेर गरिएको प्रचारप्रचार […]
नागरिक रैबार/बाजुरा १६ मंसिर। बाजुराको सदरमुकाम मार्तडी बजारभित्रका ४ वटा शाखा सडकहरु अलपत्र परेका छन् । मार्तडी बजारलाइ व्यवस्थित बनाउने र बजारभित्रका सवै ठाउँमा सडकको पहुँच विस्तार गर्ने उद्देश्यले बनाउन लागिएका ४ वटा शाखा सडकहरुको निर्माण कार्य अलपत्र परेका हुन् । मार्तडी बजार भित्रका ५ वटा ठाउँमा सडकहरु निर्माणका लागि सघन सहरी विकास तथा भवन […]
बाजुरा, मंसिर १६ । चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं । तर कोल्टी विमानस्थलमा एउटा फरक दृश्य देखियो, यात्रुहरुले नै जहाज धकेलिरहेको । जिल्लाको पूर्वी उत्तरी भेगको कोल्टी विमानस्थलमा यात्रु लिन गएका जहाज आकाशमा उडिरहेको थियो । यात्रु विमानस्थलमा जहाज आउन थालेपछि एयरपोर्टमा भरिन थाले तर विमानस्थलमा जहाज अवतरण गर्न […]
हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।बिहीबार देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली, गण्डकी, […]
नागरिक रैबार/बाजुरा १५ मंसिर। नेकपा माओवादी केन्द्र बडीमालिका नगर समितिको अध्यक्षमा रमेश चंदारा चयन भएका छन् ।माओवादी केन्द्र बडीमालिका नगर समितिको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा रमेश चंदारा रहने गरी ६५ सदस्यीय नगर समिति चयन गरिएको अखिल क्रान्तिकारी बाजुराका अध्यक्ष खेमराज साउंदले बताएका छन् । उहाँका अनुसार नगर समितिको उपाध्यक्षमा देवराज पाध्याय, फुगी रोकाया, सचिव प्रेम […]
काठमाडौँ — निर्वाचन आयोगले मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ । बुधबार काठमाडौंमा निर्वाचन पर्यवेक्षण समिति नेपालले आयोजना गरेको निर्वाचनसँग सम्बन्धित समसामयिक विषयहरुमा गरिएको अन्तरक्रियामा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अब आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको बताएका हुन् […]
मङ्सिर, कर्णाली (सुर्खेत) । जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नंको बस सिंजा गाउँपालिका-२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको हो । बस सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जानकारी […]
हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको कारण आज साँझबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूरपश्चिम , कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सो प्रणालीका […]
नागरिक रैबार/बाजुरा १४ मंसिर। नेकपा एकिकृत समाजवादी पार्टी बाजुराको प्रचार विभाग प्रमुखमा सचिवालय सदस्य शेरबहादुर शाहीलाई चयन गरिएको छ । समाजवादीको मंगलबार बसेको सचिवालय बैठकले त्रिवेणी नगरपालिका इन्चार्ज समेत रहेका शाहीलाई प्रचार विभागको जिम्मेवारी दिईएको समाजवादी पार्टी बाजुराले बताएको छ । यस अघि पार्टीकोे पहिलो विस्तारित बैठकले प्रेमबहादुर विकलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिएको थियो […]
अछाममा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।अछाम सदरमुकाम मंगलसैनबाट धनगढीका लागी छुटेको ना ६ ख ८२९ नम्बरको बस कैलाश खोला नजिकै दुर्घटना हुँदा २ जनाको ज्यान गएको जानकारी पाएको प्रहरीले जनाएको छ । बसमा कति जना सवर थिए भन्ने एकिन छैन ।बस उल्टो फर्किएकाले धेरैको ज्यान गएको हुन सक्ने आशँका गरिएको छ […]