होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १३ फागुन। नेकपा एमाले निकट अनेरास्ववियू बाजुराले बिप्लव माओबादी कार्यक्रातालाई कार्बाही गर्न जिल्ला प्रशासन कार्यालय बाजुरामा ध्यानाकर्षण पत्र बुझाएको छ बिहिबार बाजुरामा एमसिसिको नाममा बिप्लव माओवादिले बिद्यालयमा पढन् गएका बिद्यार्थीहरुलाई जबरजस्ती गरि शिक्षक लाई डर धम्की दिएर बिद्यार्थीलाई आन्दोलनमा लिएको भन्दै अनेरास्वीयु बाजुराले जिल्ला प्रशासन कार्यालय बाजुरामा ध्यानाकर्षण पत्र बुझाएको हो । शिक्षाबाट […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन घोषणा भएपछि सत्ता गठबन्धनका नेताहरुलाई भोक र निन्द्रा लाग्न छोडेको टिप्पणी गरेका छन् । शुक्रबार पोखरामा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले एमाले र जन दवावकै कारण सरकारले स्थानीय तहको निर्वाचन घोषणा गर्न बाध्य भएपनि चुनाव हारिने डरले नेताहरुलाई भोक र निन्द्रा लाग्न छोडेको बताएका हुन् […]
राजेन्द्र बिक बाजुरा,१३फागुन । बाजुरामा खुरफटा जनावरहरुलाइ खोरेत विरुद्धको खोप लागाउने कार्यमा तिब्रता दिइएको छ ।खोरेत रोगले दूध उत्पादनमा गिरावट ल्याउने र पशुको मृत्यु भइ क्षति पुर्याउने पिडाले ग्रसित बाजुराका स्थानीय पशुपालक किसानहरु पशुमा उक्त खोप लगाउन भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराले निरन्तरता दिएपछी खुशी भएका छन्। जिल्लामा हाल सम्म बडिमालिका नगरपालिकाका […]
नागरिक रैबार/बाजुरा १२ फागुन। आफ्नै भतिज नवराज गिरीको हत्या गरी फरार रहेका बाजुराको त्रिवेणी नगरपालिका ८ कालापानी गिरीबाडा बस्ने भरत गिरीलाई १६ वर्षपछि प्रहरीले प्रक्राउ गरेको छ । २०६३ साल माघ ४ गते साँझ साढे ७ बजेको समयमा गाउँकै नवराज भन्ने प्रभु गिरीको हत्या गरेर १६ वर्षदेखि भारतको उत्तराखण्डमा बस्दै आएका गिरीलाई प्रहरीले पक्राउ गरी […]
नागरिक रैबार/बाजुरा १२ फागुन। बाजुराको बडीमालिका नगरपालिकास्थित मालिका नमुना माविका विद्यार्थीहरु एमसिसीको विरोध गर्दै सडकमा उत्रेका छन् । नेपाल कम्युनिष्ट पार्टी बाजुराको आयोजनामा गरिएको एमसिसीको विरोध प्रर्दशनमा मालिका माविमा अध्ययनरत विद्यार्थीहरु समेत सडकमा उत्रेका हुन । विद्यार्थीको पढाई नै प्रभावित हुने गरी नेपाल कम्युनिष्ट पार्टी बाजुराले विद्यार्थीलाई जवरजस्ती गरेर विरोध प्रर्दशनमा लिएको मालिका माविका प्राचार्य […]
नागरिक रैबार/बाजुरा १२ फागुन । बाजुरामा बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन ।पक्राउ पर्नेमा बाजुरा, बुढीनन्दा नगरपालिका वडा नं. ८ लमालबाडा बस्ने १९ वर्षीय धन बहादुर रावत रहेको प्रहरीले जनाएको छ । रावतले बालिकालाई केहिदिन पहिला राती पीडित सुतेको घरकोठा भित्र प्रवेश गरी जवर्जस्ती करणी गरेकोे अभियोगमा प्रहरीले पक्राउ गरेको जनाएको छ । यस […]
नागरिक रैबार/बाजुरा १२ फागुन । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. १० मा रहेको सिंगाडा मावि एकमहिनादेखि प्रधानाध्यापक विहिन बनेको छ ।यस अघिका प्रधानाध्यापक विश्णुध्वज शाह गत माघ १८ गतेबाट सेवा अवधि सकेर विदाई भएपछि विद्यालय प्रधानाध्यापक विहिन बनेको हो । प्रधानाध्यापक शाहको विदाईपछि विद्यालय व्यवस्थापन समितिले प्रअ छनोट गर्न सकेको छैन् । विद्यालयमा प्रधानाध्यापक रिक्त […]
नागरिक रैबार/बाजुरा १२ फागुन। बाजुरामा बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढीनन्दा नगरपालिका ८ लमालबाडाका १९ वर्षिया धनबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । प्रहरीका अनुसार रावतले केहिदिन पहिला बालिका सुतेको कोठाभित्र प्रवेश गरी जवरजस्ती करणी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । पक्राउ […]
नागरिक रैबार/बाजुरा ११ फागुन। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीको जन्मदिनको अवसरमा केपि बा स्पोर्टस् क्लव बाजुराले जिल्ला अस्पताल बाजुराका विरामीलाई फलफुल वितरण गरेको छ । केपि ओलीको नामबाट स्थापना गरिएको केपि बा स्पोर्टस् क्लव बाजुराले ओलीको जन्मदिनको अवसर पारेर बुधबार जिल्ला अस्पताल बाजुरामा रहेका विरामीहरुलाई फलफुल वितरण गरेको हो । एमाले […]
विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बुधबारदेखि सुरु हुँदैछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार कोरोनाका कारण प्रत्यक्षरूपमा हुन नसकेको बैठक यसपटक भौतिक रुपमा नै हुन लागेको हो । विसं २०७६ असोज २७ र २८ गते संयुक्त निर्देशक समितिको बैठकमा भारतको […]
काठमाडौं । शुक्रबारदेखि नयाँ मौसमी प्रणाली भित्रिने र त्यसको प्रभावले देशका धेरै स्थानहरुमा पानी पार्ने मौसमविदले बताएका छन् । त्यसको असर कति दिनसम्म रहन्छ भनेर एकिनका साथ भन्न मौसमविदले भन्न सकेका छैनन् । तर शनिबारसम्म प्रभाव रहनेमा भने मौसमविद निश्चिन्त छन् । मौसमविद हिरा भट्टराईका अनुसार नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव छ । त्यसको […]
राजेन्द्र बिक बाजुरा। निर्माण कार्य सुरु भएको २२ वर्षपछि बाजुराको सदरमुकाम मार्तडी-कोल्टी सडक खण्डमा कालोपत्रेको काम सुरु भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाका रूपमा रहेको यो सडक खण्डको ४१ किलोमिटर कालोपत्रे प्रक्रिया अगाडि बढेको हो। २०५६ सालमा निर्माण कार्य सुरु भएको मार्तडी-कोल्टी सडक २२ वर्ष पछि कालोपत्रेको काम सुरु भएपछि स्थानीय खुसी भएका छन्। […]
नागरिक रैबार/बाजुरा १० फागुन। नेपाल फोटो पत्रकार महासंघ बाजुराको अध्यक्षमा प्रेम रौले रहने गरी ९ सदस्यीय समिति गठन गरिएकाे छ । मंगलबार बडीमालिका नगरपालिकाको तालिमहलमा भएको नेपाल फोटो पत्रकारको पहिलो जिल्ला सम्मेलन सम्पन्न भएकाे हाे । जसमा अध्यक्ष प्रेम रौले, उपाध्यक्ष सोधा बिक, सचिव लक्ष्मीराज पाध्याय, कोषध्यक्ष प्रमित बिक, सह–सचिव जय रावत सदस्यहरु प्रकाश बिक, […]
नागरिक रैबार/बाजुरा १० फागुन। नेकपा माओबादी केन्द्र निकट अखिल क्रान्तिकारी बाजुराका अध्यक्ष खेमराज साउँद पक्राउ परेका छन । उनले दलित समुदायका एक जनालाई अश्लिन सब्द प्रयोग गरी गाली गरेको आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक धनदेव साउँदले बताएका छन । उनको नाममा ३ दिन पहिले एक जना दलितलाई डुम शब्द […]
स्थानीय तहको निर्वाचनकाे घाेषणाविरुद्व दर्ता भएको रिटमा आज मंगलबार सर्वाेच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ। सरकारले ३० वैशाखमा एकसाथ ७५३ वटै स्थानीय तहकाे चुनाव घाेषणा गरेपनि ०७४ मा दाेस्राे र तेस्राे चरणमा निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिकाे कार्यकाल पाँच वर्ष नपुग्नेभन्दै रिट दायर भएकाे थियाे । महोत्तरीको भँगाहा नगपालिका मेयर सञ्जीवकुमार साहले दायर गरेको रिटमा पहिलो […]
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । दिउँसो १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । राति […]
नागरिक रैबार/बाजुरा ९ फागुन। जगन्नाथ गाउँपालिकामा आयुबेर्द नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका अन्तर्गत जिल्ला आयुर्वेद बाजुराले संचालन गर्ने गरी केन्द्रको स्थापना गरी काम सुचारु गरिएको हो । सोमबार एक कार्यक्रमका बिच आरोग्य सेवा केन्द्र उद्धघाटन गरिएको हो । उद्धघाटन कार्यक्रमको अध्यक्षता जिल्ला आयुर्वेद स्वास्थ्य […]
प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे आन्तरिक छलफल गर्दै छन् । आइतबार संसद्मा टेबल भएको एमसीसीको पक्षमा बहुमत जुटाउने गृहकार्यका लागि पार्टीका नेताहरूसँग छलफल गर्न लागेका हुन् । प्रधानमन्त्री देउवाले सोमबार दिउँसो २ बजे एमसीसी अगाडि बढाउने भूमिका देखिएका नेताहरूलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएको जनाइएको छ । महामन्त्री […]
नागरिक रैबार/बाजुरा ८ फागुन।जिल्ला प्रहरी कार्यालय बाजुरामा दलित सेल (डेस्क) स्थापना गरिएको छ । दलित समुदाय माथि हुने बिभेद र हिंसाका घटनाहरु र जातिय छुवाछुतको रोकथाम, न्युनिकरण तथा जातिय छुवाछुत सम्बन्धि घटनाहरुको अनुसन्धान गर्ने कार्ययोजना अर्न्तगत जिल्ला प्रहरी कार्यालय दलित सेल (डेस्क) स्थापना गरिएको प्रहरी प्रमुख चर्तुभुज ओझाले बताएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराले […]
तत्कालिन केपी ओली नेतृत्वको सरकारले २०७५ साल माघ २५ गते बसेको मन्त्रिपरिषद बैठकले एमसीसी संसदमा दर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई आजको संसद् बैठकमा पेश गर्न सत्ता गठबन्धनमा सहमति जुटेको हो । जुन मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको अलवा उपप्रधानमन्त्री समेत रहेका रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, […]