होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको अगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफल सुरु हुन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सत्तारुढ गठबन्धनका प्रदेशसभा सदस्यहरुले बजेट संशोधनको माग गरेपछि छलफल अघि बढ्न नसकेको हो । आर्थिक मामिला मन्त्रालयको अनुरोधका आधारमा बजेटमाथि छलफल गर्न ८ असारमा सभामुख अर्जुनबहादुर थापाले […]
‘चिसो मान्छे’ हलमा एक हप्तादेखि प्रदर्शनरत् छ। त्यसका विषयमा क्रियाप्रतिक्रिया आइरहेका छन्। सिर्जनाको मुख्य कमाइ नै प्रतिक्रिया हो। त्यसले समाजमा ल्याउने तरंग र पार्ने प्रभाव हो। पोष्टर सार्वजनिक भएदेखि नै प्रतिक्रियाले ‘रेकर्ड ब्रेक’ गरिसकेको छ। सहायक कमाइ आर्थिक उपलब्धि होला। निर्देशक दीपेन्द्र के खनालमा सन्तुष्टि देखिन्छ। प्यास र पैसाको प्राप्ति मानवका असीमित चाह हुन्। ‘भयो, […]
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सबै जातजातिको भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताएका छन् । उनले त्यसका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले विगतदेखि काम गर्दै आएको भन्दै भाषा साहित्य संरक्षणको कार्यलाई थप अघि बढाउन आग्रह गरे । नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सव समारोह तथा राष्ट्रिय कविता महोत्सवमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले प्रतिष्ठानका लागि […]
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा भाग लिने उम्मेदवारको खर्च विवरण पठाउन निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको छ । निर्वाचन परिणाम घोषणा भएको मितिले तीस दिनभित्र सम्बन्धित जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने व्यवस्थाअनुसार आयोगले कानून बमोजिम बुझाउनु पर्ने निर्वाचन खर्चको विवरण बुझाए नबुझाएको एकिन गरी पठाउन भनेको हो। निर्वाचन खर्चको विवरण बुझाउने तथा नबुझाउने […]
मंगलबार काठमाडौंमा घोषणा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता रोक्न निर्वाचन आयोगमा थप अर्को उजुरी परेको छ । बुधबार आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका मनोज पण्डित, राजकुमार बजगाइँ, पुष्कर शाहसहित ४ जनाले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता रोक्न माग गर्दै आयोगमा उजुरी दिएका हुन् । उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई बुझाएको निवेदनमा भनिएको […]
निर्वाचन आयोगमा सञ्चारकर्मी रवि लामिछानेले मंगलबार घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध उजुरी परेको छ । बुधबार निर्वाचन आयोग पुगेर छ–सात जनाको समूहमा रहेको एक टोली पुगेर पार्टीको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै उजुरी गरेका हुन् । उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई उजुरी दिएर फर्किएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । उनीहरुले […]
बाजुरा।सुदूरपश्चिमका धेरैजसो गाउँ अभाव र गरिबीको दुश्चक्रमा जेलिएका छन् । अरू गाउँजस्तै बाजुराको अति विपन्न स्वामीकार्तिक गाउँपालिका–१ मुक्तिकोटले यो दुश्चक्रबाट मुक्ति चाहेको वर्षौं भयो । तर, दलित समुदायको बसोबास रहेको यो गाउँका निम्ति कुपोषण सधैंको नियतिजस्तै बनिसकेको छ । बजेटमा मुक्तिकोटका कुपोषितको स्वास्थ्य र शिक्षाका लागि एउटै कार्यक्रम छैन बरु प्रदेश सरकारले टोल–टोलमा मन्दिर, पदमार्ग र भ्युटावरका नाममा […]
संवैधानिक नियुक्तिविरुद्ध परेको रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाई हुन लागेको छ । अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा बुधबार सुनुवाइ हुन लागेको हो । बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संवैधानिक इजलास गठन गरिएको छ । अध्यादेशका आधारमा संवैधानिक परिषद्को […]
नागरिक रैबार/बाजुरा ८ असार । बाजुराका एक फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको गौमुल गाँउपालिका-१ का ३६ वर्षीय रामबहादुर बोहरा पक्राउ परेका हुन्। उनलाई सदरमुकाम मार्तडीबाट पक्राउ गरिएको प्रहरीले बताएको छ। बाजुरा जिल्ला अदालतले २०७७ चैत २४ गते बोहरालाई लागुऔषध (चरेश) मुद्दामा ५ महिना २ दिन कैद सजाय र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। […]
चर्चित सञ्चारकर्मी रवि लामिछानेले राजनीतिको हिलो सफा गर्न आफू हिलोमा डुबुल्की मार्न आएको बताएका छन् । मंगलबार राष्ट्रिय सभा गृहमा आफू राजनीतिमा आएको घोषणा सभामा बोल्दै उनले राजनीतिको हिलो सफा गर्न आएको उल्लेख गरेका हुन् । उनले भने–‘राजनीतिमा कति हिलो–मैलो छ मलाई थाहा छ । यो राजनीतिको हिलो सफा गर्न म हिलोमा डुबुल्की मार्नुपर्छ । […]
नागरिक रैबार/बाजुरा ७ असार । बाजुरा जिल्लामा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराको आयोजनामा सदरमुकाम मार्तडीमा योग दिवस मनाइएको आयुर्वेद स्वास्थ्य केन्द्रकी कर्मचारी नर्मदा कुवरले बताएकि छन् । प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीको अध्यक्षतमा सदरमुकाम मार्तडी योग दिवस मनाइएको हो । मानवताको लागि योग भन्ने नाराका साथ जिल्लामा मनाइएको […]
किम्फ (काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र मेला) को २०२१ संस्करणमा दार्चुलाकी एक हजुरआमाको मार्मिक कथा भन्ने छोटो फिल्म थियो ‘जिउँदो मोडो’। दुर्गाबहादुर कार्की निर्देशित त्यो १२ मिनेटको फिल्मले नेपाली राज्य र नेपाली समाजबारे धेरै कुरा भन्छ। गिटी कुटेर गुजारा चलाउने वृद्धाको एउटै बचेको नाति यार्सागुम्बा खोज्न गएको छ। उसकाबारे गाइँगुइँ नराम्रो समाचार आएको छ। आखिर नातिको […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असार १० गतेभित्रै विभाग गठनको तयारी थालेका छन् ।नवनिर्वाचित कार्यसमितिले सपथ लिएको असार १० गते ६ महिना पुग्ने भएकाले त्यसअघि नै देउवाले विभाग गठन गर्ने तयारी गरेका हुन् । विधान अनुुसार विभाग तथा समितिहरु महाधिवेशन पश्चात् ६ महिना भित्र गठन गरिसक्नुपर्ने व्यवस्था छ । पुस १० गते सपथ […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कारबाहीको माग गर्दै उजुरी परेको छ । संघीय संसद सचिवालयमा आइतबार उनीविरुद्ध उजुरी परेको हो । सांसदसमेत रहेका आलेलाई सांसदको आचारसंहिता उल्लंघन गरी अपशब्द बालेको तथा धम्क्याउनु कार्यमा संलग्न भएकाले कानुनी कारबाहीको माग गर्दै सचिवालयमा उजुरी परेको हो । अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराई तथा कानुनकी विद्यार्थी […]
धनगढीः संघीय सरकारले आगामी आर्थिक वर्षमा सुदूरपश्चिमका ८८ पालिकामध्ये सबैभन्दा बढी धनगढी उपमहानगरपालिकालाई अनुदान दिने भएको छ। अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत उपमहानगरपालिका ९६ करोड ४८ लाख रुपैयाँ संघिय सरकाबाट अनुदानका रुपमा पाउने भएको हो। चालू आर्थिक वर्षमा उपमहानगरपालिकाले ८८ करोड ३५ लाख अनुदान पाएको थियो। यस्तै प्रदेशका ८८ पालिकामध्ये सबैभन्दा कम भने बझाङको सुर्मा गाउँपालिकाले […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गरिसकेको छ। झण्डै पौने ३७ अर्बको बजेटमा प्रत्येक अनुच्छेदमा नारा भेट्न सकिन्छ। अधिकांश कार्यक्रम नारामा नै अडिएको प्रदेशको बजेटले ‘आत्मनिर्भर कृषि, प्रदेशको समृद्धि’ नारा दिएर आगामी आर्थिक वर्षको कृषितर्फको बजेट ल्याएको छ। ‘नमुना गाउँ आफै बनाउँ’ नारा दिएर २५ करोड विनियोजन गरिएको छ। आगामी […]
नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अमेरिकाको ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपिपी) मा नेपालले कुनै पनि हालतमा सम्झौता गर्न नहुने बताएका छन् । एसपीपी सम्झौताबारे भन्दै बाहिर आएको मस्यौदा नेपालको हितमा नरहेको रायमाझीको दाबी छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीलेभने–‘एसपीपीको ऐतिहासिक पृष्ठभूमिको बारेमा अझै प्रष्ट र यथार्थ […]
नागरिक रैबार बाजुरा २ असार बाजुराकाे बुढीगंगा नगरपालिकाकाे निर्वाचन यहि असार २३ गते गर्ने सर्वदलीय बैठकले निर्णय गरेकाे छ । बिहिबार सदरमुकाम मार्तडीमा बसेकाे सर्वदलीय बैठकमा सहभागी ६ वटा राजनीतिक दलकाे सहमतिपछि असार २३ गतेकाे मिति ताेकिएकाे मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले बताएका छन् । यस अघि बैशाख ३० गते भएकाे निर्वाचनलाई निर्वाचन आयाेगले […]
नागरिक रैबार/बाजुरा १ असार। बडीमालिका नगरपालिकाका नयाँ जनप्रतिनिधीहरुले पहिलो पटक सदरमुकाम मार्तडीमा रहेको बृहत खानेपानीको अनगुगमन गरेका छन । बुधबार विहान सदरमुकाम मार्तडीको खानेपानीको दिगोपना तथा ब्यबस्थापनका लागि उनीहरुले अनुगमन गरिएको हो । सदरमुकाम मार्तडीमा लामो समय देखी खानेपानी समस्याको समाधानका लागि के गर्न सकिन्छ भन्ने बिषयमा छलफल र योजना बनाउनका लागि अनुगमन गरिएको बडिमालिका […]