होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सबै जातजातिको भाषा र साहित्यलाई जोगाउनुपर्छ : प्रधानमन्त्री देउवा
समाचार

सबै जातजातिको भाषा र साहित्यलाई जोगाउनुपर्छ : प्रधानमन्त्री देउवा

  • नागरिक रैबार
सबै जातजातिको भाषा र साहित्यलाई जोगाउनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सबै जातजातिको भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताएका छन् । उनले त्यसका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले विगतदेखि काम गर्दै आएको भन्दै भाषा साहित्य संरक्षणको कार्यलाई थप अघि बढाउन आग्रह गरे । नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सव समारोह तथा राष्ट्रिय कविता महोत्सवमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले प्रतिष्ठानका लागि आर्थिक अभाव हुन नदिने बताए ।

‘प्रज्ञा प्रतिष्ठानले मुलुकको ज्ञान-विज्ञान, साहित्य‚ कला र भाषा संस्कृतिको विकासका लागि विगतदेखि महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ; यसले स्वदेशभित्र मात्रै होइन, हाम्रो भाषा साहित्यलाई विदेशमा समेत चिनाउन अग्रणाी भूमिका निभाएको छ,’ उनले भने, ‘प्रतिष्ठानलाई कुनै आर्थिक संकट हुनु हुन्न । त्यसका लागि सरकारले के गर्न सक्छ ? कति हुन्छ सरकारको तर्फबाट आर्थिक सहयोग उपलब्ध हुनेछ ।’

उनले प्रतिष्ठानलाई नेपालका सबै समुदायको भाषा, साहित्य र कलालाई संरक्षण गर्दै थप अघि बढाउन आग्रह गरे ।

विज्ञापन

‘प्रतिष्ठानले वृहत् शब्दकोष तयार पारी प्रकाशन गर्न लागेको सुन्दा खुसी लागेको छ । त्यस्तै बजारमा उपलब्ध हुन छाडेका पुराना प्रकाशनहरूलाई पुनः बजारमा ल्याउन लागेको समेत सुनेँ; यी कामका लागि धन्यवाद दिन चाहन्छु,’ उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार