होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ– सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा छलफल हुनेछ । निर्वाचनको मिति घोषणा पूर्व नै बागमती र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्ने तयारी गठबन्धनको छ । बागमतीमा अहिले एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री छन् भने सुदूरपश्चिममा माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । उनीहरूलाई […]
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । उनले असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए। शुक्रबार पत्रकार सम्मेलन गरेर लामिछानेले आफ्नो पार्टी निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टीकै नाममा दर्ता भएको जानकारी गराए । त्यस्तै चुनाव चिन्ह गोलाकारभित्र घन्टी पाएको बताए । राजनीतिक दलको नाममा स्वतन्त्र शब्द […]
नागरिक रैबार/ बाजुरा १६ असार। बाजुरामा १९ औं राष्ट्रिय धान दिवस अर्थात असार पन्द्र भव्यताका साथ मनाईएको छ । ‘धानमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोगं’ भन्ने मुल नाराका साथ बाजुरामा पनि उक्त दिवस भव्यताका साथ मनाईएको हो । कृषि ज्ञान केन्द्र बाजुरा, कृषि विकास शाखा बडीमालिका नगरपालिका र फियान नेपालको संयुक्त आयोजनामा दिवस मनाईएको […]
नागरिक रैबार/बाजुरा १६ असार। जिल्लाको जगन्नाथ गाउँपालिकाले गाउँपालिकाका कृषकलाई उन्नत जातका बाख्रा र फलफुलका विरुवाहरु वितरण गरेको छ । गाउँपालिकाले गाउँपालिका भित्रका जनताको आयआर्जन बढाउने उद्वेश्यले वडा नं १ देखि ६ सम्मका किसानहरूलाई कृषि विकास शाखा बाट पन्ध्र हजार कागती, सुन्तलाका बिरूवा र पशुसेवा शाखाबाट १६० वटा उन्नत जातका बाख्रा र १२ वटा बोयर जातका […]
नागरिक रैबार/बाजुरा १५ असार। अखिल नेपाल किसान महासंघ बाजुराले किसानहरुको खेतमै पुगी रोपाई गरेर राष्ट्रिय धान दिवस मनाएको छ । धानमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमासहयोग भन्ने मुल नाराका साथ महासंघले १९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाएको हो । धान दिवसको अवसरमा अखिल नेपाल किसान महासंघले बुधबार विहान बडीमालिका नगरपालिका ९ का […]
नागरिक रैबार/बाजुरा १५ असार। रेडियो तथा अनलाईन पत्रकारिता सम्बन्धि बाजुराका पत्रकारहरुका लागि ४ दिने तालिम आजबाट मार्तडीमा सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाजुरा शाखाको आयोजना र बडीमालिका नगरपालिकाको आर्थिक सहयोगमा उक्त तालिम संचालन गरिएको हो । तालिमको एक कार्यक्रमका विच बडीमालिका नगरपालिकाका नगर प्रमुख अम्मर खड्काले उद्घाटन गरेका छन् । तालिमको प्रशिक्षकमा बरिष्ठ […]
काठमाडौं — १९ औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ । वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको […]
काठमाडौँ — मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भूभाग नजिक रहेकाले देशका अधिकांश स्थानमा भारी वर्षा भएको छ । शुक्रबारदेखि अहिलेको अवस्थामा तुलनात्मक रुपमा केही सुधार देखिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गएरातिदेखि नै गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका केही जिल्लामा अति भारी वर्षा मापन […]
नागरिक रैबार/बाजुरा १४ असार । बाजुरामा भिरबाट ढुङगा खस्दा विद्यालय गइरहेका एक बालक घाइते भएका छन्। प्रहरीका अनुसार जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका-२ का नर्जन बुढाका ५ वर्षीय छोरा लैजन बुढा घाइते भएका हुन्। सोमबार बिहान विद्यालय गइरहेका उनी भिरबाट खसेको ढुङगाले लागेर घाइते भएका र उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको जिल्ला प्रहरी कार्यालय […]
जीवन कैला, बाजुरा। बाजुराको बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार वोहोराले खाद्यान्न समस्या समाधानका लागि कार्यालयका प्रमुखसंग छलफल गरिएकाे छ । नगर प्रमुख वोहोराले नेपाल खाद्य संस्थान डिपो कार्यालय कोल्टी र नुन डिपोका कर्मचारीसंग खाद्यान्न र नुनको अवस्था वारे जानकारी लिदै समस्या समाधानका लागि छलफल गरिएकाे हो । नेपाल खाद्य संस्थान कोल्टी प्रमुख भीमबहादुर वुढा र […]
बाजुरा । बाजुराका एक सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा छन्। जिल्ला प्रशासन कार्यलय बाजुराको तथ्यांकअनुसार नौवटै स्थानीय तहका एक सय १६ भन्दा बढी गाउँ बाढीपहिरोको जोखिममा परेका छन्। जिल्ला विपद् व्यवस्थापन समिति बाजुराले निर्माण गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ मा एक सय १६ गाउँ बाढीपहिरोको जोखिममा रहेको पाइएको छ। बुढीनन्दा नगरपालिकाका […]
धनगढी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गोदावरीमा गाडीधनीलाई कुटपिट गरी एउटा निजी गाडी लुटिएको छ । डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरेर उनको गाडी अपरिचित व्यक्तिले लुटेका हुन् । महेन्द्रनगरबाट लिफ्ट मागेर आएका ३ जनाले गोदावरी ५ मा आइपुगेपछि कुटपिट गरेर गाडी लगेको भण्डारीले बताए । ‘महेन्द्रनगरबाट सँगै ल्याएको थिएँ, यहाँ […]
काठमाडौं । एकीकृत समाजवादीबाट नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएकी हुन् । एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा […]
सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले राजीनामा दिने भएकी छन् । उनले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामा दिन लागेकी हुन् । नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । एकीकृत समाजवादीले तीन साता अघि नै मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिँदै नयाँ मन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवालाई […]
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक अगामी असार १६ गतेसम्मका लागि स्थगित गरिएको छ ।सरकारको आग्रहमा प्रदेशसभा सचिवालयले सूचना टाँस्दै १६ गतेसम्म बैठक स्थगित गरिएको जनाएको छ । असार १ गते आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभामा अगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा असन्तुष्टि जनाउँदै संशोधन गर्न सांसदहरूले माग गरेका छन् । बजेटमा सरकारविरूद्ध […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले २ दिन अघि नै आजको मिति राखेर पार्टी अध्यक्ष माधव नेपाललाई मन्त्री पदबाट राजीनामा दिएको खुलाएका छन् । आइतबार राष्ट्रियसभामा सांसदहरुको प्रश्नको जवाफ दिएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले २ दिन अघि नै राजीनामा गरेको खुलाए । उनले भने–‘अस्ति शुक्रबार पोलिटब्युरोको बैठक हुँदा त्यही दिन नै […]
जिल्लाकाे बडीमालिका नगरपालिकाले एघारौं नगर सभाबाट महत्वपूर्ण कार्यक्रम पारित गरेको छ । नगर प्रमुख अमर बहादुर खड्काकाे अध्यक्षतामा संचालन भएको नगरपालिकाको नगर सभामा २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुती गरिएको छ ।” समृद्ध नगर , खुसी नगरवासीको आधार, शिक्षा र स्वास्थ्यमा सुधार, पर्यटन प्रवर्द्धन, प्राकृतिक स्रोत तथा कृषिजन्य उत्पादनको व्यापार ” भन्ने मुल […]
नागरिक रैबार/बाजुरा १० असार । बुढीनन्दा नगरपालिकाले सातौँ नगर सभाबाट महत्वपूर्ण कार्यक्रम पारित गरेको छ । नगर प्रमुख जनक कुमार बोहराको अध्यक्षतामा संचालन भएको नगरपालिकाको सातौँ नगर सभामा २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुती गरिएको छ । सातौँ नगर सभबाट पारित भएका महत्वपूर्ण कार्यक्रम यी हुन नगर प्रमुख युवा स्वरोजगार कार्यक्रम प्रत्येक बिधालयमा […]
नागरिक रैबार/बाजुरा १० असार । बुढीनन्दा नगरपालिकाले ७ औं नगर सभाबाट लोकप्रिय कार्यक्रम ल्याएको छ । आज भएको ७ औं नगर सभाबाट महत्पूर्ण कार्यक्रमहरु पारित गरेको छ । बुढीनन्दा नगरपालिकाको नगरसभा तथा बजेट अधिवेशन आज एक बजेबाट सूरु भएको हो । स्थानीय तह निर्वाचन २०७९ पश्चात नगरपालिकामा आएका नजनिर्वाचित जनप्रतिनिधिहरुले आर्थिक वर्ष २०७९÷८० को नीति […]
काठमाडौँ — पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताएका छन् । शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले राजीनामा दिने जानकारी गराएका हुन् । पार्टीले ६ महिनाका लागि हामीलाई सरकारमा पठाएको थियो । थप २ महिनामा पनि काम गर्ने अवसर दियो,’ आलेलाई उद्धृत गर्दै एक पोलिटब्युरो सदस्यले भने, […]