होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बुटवल। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफल भए नेपाल भ्रमण वर्ष २०२० सफल हुने बताएका छन् । नेपाल भ्रमण वर्ष २०२० सफलताका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले ठूलो भूमिका खेल्ने उनले बताए । बिहीबार भैरहवामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना निरीक्षण गर्ने क्रममा मन्त्री भट्टराईले आफू पर्यटनमन्त्री नियुक्त भएपछि उपत्यका बाहिर पहिलो […]
सिन्धुली : सिन्धुलीका चारवटा गुठीका पाँच सय ५५ बिघा जमिन व्यक्तिका नाममा दर्ता गरिएको छ। सिद्धेश्वर (कमलामाई) गुठीको ११ बिघा, भीमेश्वर राजगुठी (अधीनस्थ) को चार सय १८ बिघा, भीमेश्वर सदाबर्त (जलकन्या) गुठीको ६८ बिघा र कुशेश्वर–दुम्जा गुठी (झाँगाझोली रातमाटा) को ५८ बिघा व्यक्तिका नाममा रजिस्ट्रेसन पास गरिएको हो। जिल्ला मालपोत कार्यालयका अनुसार सिद्धेश्वर गुठीको ११ बिघा […]
काठमाडौं, २४ साउन । बिहानीको सिमसिम साउने झरी । घरको आँगनमा जनप्रतिनिधिसहित स्थानीयवासी । गोलो आकारको उपस्थितिले आँगनकोबीच भाग खाली छ । फुङ्लिङ् नगरपालिका–५ की वडाध्यक्ष भीमादेवी ओझाले ढिला नगरी उपभोक्ता समिति गठन निर्देशिका वाचन गरिन् । “ठूला योजना पनि माघसम्म सम्पन्न गर्ने अभियानमा छौं ।” वडाध्यक्ष ओझाले भनिन्, “साउन मसान्तसम्म उपभोक्ता समिति गठन गर्छौं । […]
सुदूरपश्चिम प्रदेश सरकारले पहाडी ७ जिल्लाका १६ निर्वाचन क्षेत्रका लागि सुविधा सम्पन्न एम्बुलेन्स भने खरिद गरेको छ। प्रदेशको सामाजिक मन्त्रालयले सवा ६ करोड २५ लाखमा १६ वटा सुविधा सम्पन्न एम्बुलेन्स खरिद गरेको हो। भन्सार छुट भएपछि ३९ लाखका दरले ’बी ग्रेड’ का एम्बुलेन्स खरिद गरिएको सामाजिक विकास मन्त्रालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए। ‘एम्बुलेन्स […]
रामबहादुर वि.क./बाजुरा २२ साउन। मार्तडीमा साईवर क्राईम सम्वन्धि एकदिने कार्यशाला गोष्ठीको आयोजना गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशको आयोजनानमा उक्त कार्यक्रम मार्तडीमा गरिएको हो । बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा जिल्लाका जनप्रतिनिधि नागरिक समाज, गैससका प्रतिनिधि, विद्यार्थी, पत्रकारहरुलाई साईवर क्राईम सम्वन्धि जानकारी गराईएको हो । साईवर क्राईम अन्तरगतका अपराधिक घटनाहरु […]
ऐतिहासिक पृष्ठभुमि :हिमालका काखमा अवस्थित हिमखण्ड नेपाल जहाँको सँस्कृतिक सनातन आर्य धर्ममा सर्माहित भइ युगयुग देखि चलायमान छ । अनेकैँ हिमसिखर देत्वको सवाल सँगै भगवान शिवको आवास छ । नेपाल धर्ति भित्रको मालिका हिम शिखर सुदुर पश्चिम बाजुरा जिल्लाको पूर्व दक्षिणमा अवस्थित शैफाल हिमालको हिम शृखला हो । समुद्रि सतहबाट ४२१४ मिटर उचाइमा रहेको मालिका […]
२१ साउन, काठमाडौं । नेपालमा आत्महत्या गर्नेको संख्या दिनहुँ बढिरहेको छ । अघिल्लो वर्षको तुलनामा आत्महत्या गर्नेको दर ८ प्रतिशतले बढेको प्रहरी तथ्यांकले देखाउँछ । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको विवरणअनुसार दैनिक सरदर १६ जनाले अप्राकृतिक मृत्युको बाटो रोज्ने गरेका छन् । प्रहरीमा दर्ता मुद्दाको विवरण हेर्ने हो भने ज्यान मुद्दापछि सबैभन्दा बढी आत्महत्या भएको […]
नागरिक रैबार/बाजुरा १९ साउन । बडीमालिका नगरपलिका वडा नं ९ का महिलाहरुको घरेलु मदिरा नियन्त्रण अभियानमा मदिरा उत्पादन गर्ने महिलाहरु पनि सक्रिय रुपमा लाग्ने भएका छन् । सदरमुकाम मार्तडी बजारमा घरेलु मदिरा सप्लाई गर्ने केन्द्रको रुपमा चिनिने बाउलीका जनजाति महिलाहरुले यस अभियानमा सहभागी हुने प्रतिबद्धता जनाएका छन् । अबैध मदिरा अन्य समुदायका मानिसहरुले पनि उत्पादन गर्ने […]
प्रमित बि.क, बाजुरा, साउन १४। बाजुराको गौमुल गाउँपालिका वडा नं. ६ मा मदिरा निषेध गरिने भएको छ । मदिराको व्यापक विक्रीवितरण र सेवनले गाउँपालिकामा कलह र झगडा हुनथालेपछि जनप्रतिनिधिले वडामा मदिरा निषेध गर्ने निर्णय गरेका छन् । गौमुल गाउँपालिका वडा नं.६ का जनप्रतिनिधिले पहिलो बैठकमा मदिरा निषेध गर्नेे निर्णय गरेका हुन । मदिराका कारणले गाउँमै […]
डा.केदार कार्की केही सङ्क्रमित रोग पशुबाट मानिसमा सर्ने गर्छन् । तिनलाई पशुजन्य रोग भनिन्छ । मुख्यतः सङ्क्रमित रोग ग्रसित पशुसँग सीधा सम्पर्क, प्रदूषित मासु खानाले, मलमूत्रको सम्पर्कमा आउनाले तथा सङ्क्रमित पशुको दुग्धजन्य उत्पादनहरु मानिसले उपभोग गर्दा लाग्न सक्तछ । पशुहरुबाट मानिसमा आउने प्रमुख रोग निम्न छन् । विषाणुजनित रोगहरुमा : जापानिज इन्सेफालाइटिस, बर्डफ्लु, रेबिज एवं […]
नागरिक रैबार/बाजुरा ११ साउन। शुक्रबार राति परेको भारी वर्षाका कारण साँफे–मार्तडी सडक खण्ड अन्तरगत पानी नाउला नजिकैको सडकमा खसेको पहिरो प्रहरीले हटाएपछि अवरुद्ध सडक सूचारु भएको छ । शनिबार विहान सदरमुकाम मार्तडी सम्म आउने यातायातका साधानहरु र सर्वसाधारणहरु पहिरोका कारण सडकमै अलपत्र परेपछि पहिरोलाई प्रहरीले हटाएर अवरुद्ध सडक सूचारु गरेको हो । जिल्ला प्रहरी कार्यालय […]
बाजुरा ११ साउन । बाजुरामा विभिन्न स्थानीय तहमा रहेका साहुको खेतमा हलो जोतेर जीविकोपार्जन गर्दै आएका ७३४ मुक्त हलिया परिवारको पुनःस्थापना गरिएको छ । जिल्ला मुक्त हलिया कार्यक्रमअनुसार परिचयपत्र प्राप्त सबै मुक्त हलिया परिवारको पुनःस्थापना कार्य सम्पन्न भएको छ । जिल्लाभर एक हजार ६३३ मुक्तहलिया परिवारको पहिचान भई प्रमाणीकरण भइसकेको छ । प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेका […]
चितवन,साउन ११-भरतपुर महानगरपालिका वडा नः १० की ७८ बर्षिया एक वृद्धाले चितवनको भरतपुरमा निर्माणधिन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ५० हजार दिएकी छन् । धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसलाई उनी बस्दैं आएको होटलमा नै पुगेर डम्वरकुमारीले सो रकम दिएकी हुन् । भरतपुरको गर्मीमा नालाखाला पसिना निकाल्दै नाती र ज्वाईको साथ लागेर आएकी डम्वर […]
मोरङ, साउन ११ । बाढीका कारण मोरङमा अहिलेसम्म २ सय ७५ परिवार विस्थापित भएका छन्। विराटनगर महानगरपालिका–१२ मा मात्रै ६० मुसहर परिवार विस्थापित भएका छन्। शुक्रबार वर्षापछि केसलिया खोलामा बाढी आउँदा विराटनगर महानगरपालिका–६ रामपुरमा बाँध भत्केर गाउँ पस्दा वडा नम्बर ६, १२ र १६ का विभिन्न गाउँ डुबानमा परेका छन्। केसलियाको बाढी ब्रम्हपुरा बस्तीमा पस्दा […]
काठमाडौं, साउन ११ । मनसुनपछिको विपदबाट कारण मुलुकभर १११ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपदमा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना छन् । यस्तै, बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाएको केन्द्रका […]
काठमाडौंं – तीजका गीत घन्किन थालिसकेका छन्। रेडियो, टेलिभिजनदेखि यूट्युब र अन्य सामाजिक सञ्जालमा तीजका गीतले स्थान जमाउँदै छन्। लोकदोहोरी क्षेत्रका गायक–गायिका, मोडलदेखि भिडियो निर्देशक, छायांकार, भिडियो सम्पादकसम्म तीजका गीतमा ब्यस्त छन्। धेरैले तीजका गीत सार्वजनिक गरिसकेका छन्। कोही सार्वजनिक गर्ने अन्तिम तयारीमा छन्। यद्यपी विगतका वर्षको तुलनामा यसवर्ष तीजका गीतको रेकर्डिङ र भिडियो निर्माणमा […]
भैरहवा : प्रदेश ५ सरकारले समयमा योजना सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्नुको साटो म्याद थपिदिएर ‘प्रोत्साहन’ दिएको छ। असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने प्रदेश मातहतका थुप्रै योजना सम्पन्न नभए पनि असार २६ गते मन्त्रीस्तरीय बैठकबाट म्याद थपको बाटो खोलिदिएको हो। बैठकले एकातिर ठेकेदारलाई कारबाही गर्ने र अर्कोतिर म्याद थप गरेर काम अघि बढाउने दोहोरो निर्णय गरेको छ। […]
९ साउन, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । लिम्घाका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीया तारा विक तथा ठूलोलुम्पेकका माया विक र बबी विकको शव फेला परेसँगै मृतकको संख्या १३ पुगेको हो । ३ जनाको […]
राम बहादुर बि.क/साउन ९ बाजुरा। जिल्ला खलिया समाज बाजुराले विभिन्न ६ बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने मार्फत प्रधामन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । दशकौं देखि खलो माग्दै गुजारा चलाइए रहेका खलियाहरुको समस्या जस्ताको तस्तै भएकाले खलियालाई पनि अन्य सो सरहका अधिकार संविधानमा उल्लेख गर्र्नुपर्ने माग सहित पुनःस्थापनाका लागि प्रमुख […]
काठमाडौं । सशस्त्र प्रहरीका १५१ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको एकैपटक सरुवा भएको छ । सशस्त्र प्रहरी मुख्यालयले मंगलबार साँझ एक सूचना प्रकाशित गर्दै १ सय ५१ जना डीएसपीको सरुवा गरिएको जानकारी दिएको हो । सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालयले बुधबार गरेको निर्णय अनुसार साउन महिनाको तलब भत्तासमेत हाल सरुवा भएको स्थानबाट खान पाउने गरी […]