होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरामा महिनावारी र सुत्केरी महिलालाई दुधदही दिदैनन्
Breaking News

बाजुरामा महिनावारी र सुत्केरी महिलालाई दुधदही दिदैनन्

  • नागरिक रैबार
बाजुरामा महिनावारी र सुत्केरी महिलालाई दुधदही दिदैनन्
साँकेतिक तस्वीर

रमित वि.क./भदाै १ बाजुरा । महिनावारी र सुत्केरी महिलाहरुलाई दुधदही नदिने प्रचलन कायमै रहेको पाईएको छ । सामान्य अवस्था भन्दा महिनावारी र सुत्केरी भएको बेला महिलालाई बढी पोषिलो खाद्य वस्तुको आवश्यकता पर्ने गर्दछ ।
तर रुढीबादी परम्परा र अन्ध विश्वासका कारण बाजुराका अधिकाँस समाजमा अहिलेपनि महिलाहरुलाई दुधदही जस्ता पोशिलो खानेकुराबाट बन्चित गरिदै आएको बडिमालिका नगपालिका–७ सिराडीकी कल्पना विकले बताएकी छन् ।
बाजुराका ग्रामिण भेगमा भने दुध दही मही लगायतका गोरस जन्य वस्तु केही दिदैनन् । सुत्केरी र महिनावरी भएकी महिलाले परम्परागतरुपमा नत गाईवस्तुलाई छुन मिल्छ नत गोरस प्रयोग गर्न मिल्छ,सोही वडाकी मासमति विकले बताएकी छन् ।
बाहिर सरेको बेला गाईवस्तलाई छोएमा सुक्दै जाने,विरामी हुने र देवी देउता पनि रिसाउने हुदाँ गाईवस्तुलाई छुने हिम्मत नै नगरेको उहाँले बताएकी छन् । जिल्लाको केहीँ स्थानीय तहमा फाट्फुट्ट गोरसको प्रयोग गरेता पनि बाँकी जिल्लाका स्थानिय तहका ग्रमिण भेगका सुत्केरी र महिनावारी भएकी महिलालाई दुधदही अझै नदिने गरेको बडिमालिका नगरपालिका–९ का गोपाल विकले बताएका छन् ।
उसो त अधिकांस ग्रामिण भेगमा गाई भैंसीको दुध, दही, मही विक्री गर्ने चलन अहिले केहीँ मात्रामा रहेको छ । दुधदही विक्री गरे देउता रिसाउने भन्दै विक्री गर्न नमानेको बडिमालिका नगरपालिका–३ रजालीका स्थानीय जुना रोकायाले बताएकी छन् । जसले गर्दा व्यवसायिक प्रणालीको विकास हुन सकेको छैन ।
जब सम्म मान्छे ब्यवसायिक हुंदैन तब सम्म उसको आय आर्जनमा बृद्धि हुन सक्दैन उनको ठम्याई रहेको छ । गौमुल गाउँपालिका–६ टुनीकी रचना विकले भनिन यो परम्परागत अन्धविश्वासका विरुद्ध गाउँ–गाउँमा अभियान सञ्चालन गर्नुपर्दछ ।
यता जिल्ला अस्पताल बाजुराका डा.रोहित गिरीले भने महिनावारी र सुत्केरी भएको बेला रगत बढी बग्ने र शरीरमा कमजोरीको महसुस हुने भएकाले यो अवस्थामा दुध,दही,हरियो सागपात,माछा मासु लगायत साविकको भन्दा पोषिलो खाने कुरा बढी प्रयोग गर्ने आग्रह गर्नुभएको छ ।
जसले आमा र शिशु दुबैलाई फाईदा गर्दछ । अझ सुत्केरी महिललाले त बच्चा र आफूलार्ई कुपोषणवाट बचाउन पोषिलो खानेकुराको आवश्यकता पर्ने उहाँको भनाई रहेको छ । अन्धविस्वास रुढीबादीका पछाडी नलागि उपलब्ध पोषिलो खानेकुराको प्रयोग गर्न स्वास्थ्यकर्मीको सुझाव रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि