होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • लक्ष्मी माद्यामिक विद्यालय दुर्गन्धित बन्दै
समाचार

लक्ष्मी माद्यामिक विद्यालय दुर्गन्धित बन्दै

  • नागरिक रैबार
लक्ष्मी माद्यामिक विद्यालय दुर्गन्धित बन्दै

नागरिक रैबार/बाजुरा २ भदौ । बाजुराको सदरमुकाम मार्तडीसंगै जोडिएको बडीमालिका नगरपालिका वडा ७ स्थित लक्ष्मी माद्यामिक विद्यालयमा शौचालयको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ ।
वि.स.२०३७ सालमा स्थापना भएको यस विद्यालयमा हालसम्मपनि खानेपानी नियमित हुन नसक्दा विद्यालयमा रहेका शौचालयहरु विद्यालय दुर्गन्धित बन्दै गएको छ् ।
विद्यालयमा शौचालयहरु निर्माण गरिएका छन् तर शौचालय प्रयोग गर्ने पानी नहुँदा विद्यार्थी र शिक्षकहरुले खोलाबाट पानी लिएर शौचालय प्रयोग गरिरहेका छन् ।
विद्यालयमा निर्माण गरिएका शौचालयको अवस्था हेर्ने हो भने दिनप्रतिदिन दुर्गन्धित बन्दै गएका छन् । शिक्षक र विद्यार्थीहरुले नजिकैको खोलाबाट शौचालय प्रयोग गर्नका लागि पानी बोकेर ल्याउने गरेका छन् खोलाको पानी पनि दुर्गन्धित भएपछि विद्यार्थीहरुमा दैनिक विरामी हुने समस्या देखा परेको छ शिक्षक प्रेमलाल पाध्यायले बताएका छन् ।
विगत देखि अहिले सम्म विद्यालयमा प्रयाप्त मात्रामा पानीको अभाव भएपछि शिक्षक विद्यार्थीहरुलाई खानेपानी पीउन र दैनिक शौचालय प्रयोग गर्न समेत समस्या उत्पन्न भईरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धुमा खत्रीले बताएकी छन् ।
उसो त प्रत्येक वर्ष विद्यालयमा भौतिक संरचना निर्माणका लागि भन्दै लाखौ रकम बडीमालिका नगरपालिकाले छुट्याउने गरेको छ तर विद्यालयले बजेटलाई सदुपयोग र भौतिक संरचनालाई दिगो नबनाउँदा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दैनिक समस्या हुने गरेको छ ।
विद्यालयमा अहिले नत प्रयाप्त मात्रामा खानेपानी छ नत अन्य भौतिक पुर्वाधारहरु नै छन् । जिल्ला सदरमुकाम मार्तडीसंगै जोडिएको बडीमालिका नगरपालिका ७ मा रहेको यस विद्यालयमा विद्याथीहरुको संख्या प्रत्येक वर्ष घट्दै गएको छ ।
विद्यालयको यस्तो दयनिय अवस्था प्रति नत विद्यालयका शिक्षकहरुले चासो देखाएका छन् नत विव्यसका पदाधिकारीहरुले जसको मारमा प्रत्येक्ष विद्यालयमा अध्ययनरत विद्यार्थीहरु परेका छन् ।
विद्यालयमा हाल २ सय ८३ विद्यार्थीहरु अध्ययनरत रहेका छन् । विद्यालयमा छात्रामैत्री शौचालय निर्माण भएको भएपनि छात्राहरुले विद्यालय नजिकैको खोलामा गएर दिसापिसाव गर्नुपर्ने बाध्यता रहेको छ ।
यस अघि बाजुरा जिल्लालाई २०७१ साल मंसिर १२ गते खुला दिशामुक्त क्षेत्र जिल्ला घोषणा भईसकेको छ । तर अहिले जिल्लाका अधिकाँस क्षेत्रमा खानेपानी नुहँदा शौचालय प्रयोग विहिन रहेका छन् । जसका कारण जिल्ला भरि खुला दिसा देखिने गरेको पाईएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार