होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
३ चैत, खोटाङ । बाँदर पीडित किसानले हलो, जुवा, दाँते र कोदालोसहित विरोध र्यालीमा उत्रेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न आइतबार यहाँ ती कृषि औजार सहित ¥याली प्रदर्शन गरेका हुन् । ‘सबै किसान एक हौँ, बाँदरको समस्या समाधान गर, हाम्रो माग पुरा गर, राष्ट्रको सान किसानको सम्मान’ […]
एजेन्सी । विश्वब्यापी महामारीको रुप लिएको कोभिड १९ भनिने कोरोना भाइरसका कारण विश्वभर १ लाख ७० हजार भन्दा धेरै मानिस संक्रमित भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार १ सय ५७ देशका १ लाख ७० हजार १ सय ७८ जना नागरिक कोरोना भाइरसको संक्रमणमा परेका छन् । जसमध्ये ६ हजार ५ सय ३५ जनाको मृत्यु भइसकेको […]
नागरिक रैबार चैत ३ बाजुरा । बाजुरा जिल्लाको सदरमुकामको बडीमालिका नगरपालिका–८ मा बिद्युतिकरणका लागि नेपाल बिद्युत प्राधिकरणले ठेक्का दिएको सात बर्ष पुरा हुँदा समेत जनताले बिद्युतको उज्यालो पाएका छैनन् । बिद्युतलाई बिस्तारको लागि २०७१ सालमा ठेका प्रकृयाबाट काम शुरु गरिएको थियो । नेपाल बिद्युत प्राधिकरणको अछाम शाखाले शिलबन्दी दरभाउ अनुसार उक्त काम अछामको कुवर बिल्डक्सलाई […]
३ चैत, काठमाडौं । कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न आइतबार साँझ सार्कका राष्ट्र एवं सरकार प्रमुखहरूबीच आयोजित भिडियो कन्फरेन्स आजका सबै अखबारहरूको पहिलो प्राथमिकतामा परेको छ । यसबाहेक, आर्थिक, सामाजिक, राजनीतिकलगायत विषयलाई पनि पत्रपत्रिकाहहरूले समेटेका छन् । ‘महामारी जित्ने र्साकको वाचा’ शीर्षकमा अन्नपूर्णले सार्कका राष्ट्र एवं सरकार प्रमुखबीच भएको भिडियो कन्फरेन्सबारे मुख्य समाचार बनाएको […]
नागरिक रैबार/बाजुरा २ चैत्र। जिल्लाको गौमुल गाउँपालिकामा एक दिने पशु स्वास्थ्य शिविर संचालन हुने भएको छ । गौमुल गाउँपालिका पशु सेवा शाखाको आयोजनामा गाउँपालिकाका पशुपालक कृषकहरुका विरामी पशुपंक्षीहरुको औषधोपचार गर्नका लागि गाउँपालिकामा एक दिने पशु स्वास्थ्य शिविर संचालन हुन लागेको हो । चैत्र ३ देखि ८ गते सम्म संचालन हुन लागेको उक्त शिविरमा गाउँपालिकाका ६ […]
अन्नपूर्ण गाउँपालिका–६ खिवाङमा शनिबार राति परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। २६ वर्षीय रविन पुन र ४१ वर्षीया यमकुमारी गर्बुजाको बेनी अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइते द्वयलाई सो अस्पताल ल्याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए। शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ। मृतक पुन र […]
अब बसभित्र पनि रक्तदान गर्न सकिने भएको छ। रक्तसेवा सञ्चालनका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणमैत्री बस नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले नेपालमा पहिलो पटक पोखरामा भित्र्याएपछि सो सुविधा पुगेको हो। रोटरी क्लब अफ अन्नपूर्ण पोखरा र कोरियन रोटरी क्लब रोटरी क्लब अफ याङ्जुको संयुक्त लगानीमा रु एक करोडको लगानीमा शाखाले सो बस सञ्चालनमा ल्याएको शाखाका […]
दैलेखको नौमूले गाउँपालिका–२ का एक युवा आफैँले चलाएको बन्दुक लागेर घाइते भएका छन्। बाख्रा चराउन जङ्गलमा गएका बेला ३१ वर्षीय बिर्खबहादुर शाही बन्दुक पड्काउँदा घाइते भएका हुन्। शा खुट्टा र हातमा गोली लागेको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख नैनबहादुर सावदले बताए। स्थानीयवासीले उद्धार गरी उपचारका लागि शाहीलाई जिल्ला अस्पताल र्पुयाएका थिए। थप उपचारका […]
१ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संकटकाल घोषणा गरिएको जानकारी दिएका हुन् । तर, संकटकाल कति दिनसम्म लागू हुन्छ भन्ने कुरा उनले खुलाएका छैनन् । विश्व स्वास्थ्य संगठनले यसअघि काेराेना भाइरसका संक्रमण लाइ महामारी घोषणा गरेको थियो । […]
काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न भारत प्रवेशमा लगाइएको कडाईका कारण नेपालीहरुको भारत आवतजावतमा कुनै समस्या नपर्ने भएको छ । नेपालस्थित भारतीय दूतावासले बिहीबार विज्ञप्ती जारी गरेर नेपाली नागरिकहरुका लागि विद्यमान भ्रमण व्यवस्थामा कुनै परिवर्तन नहुने बताएको हो ।‘अहिले लिइएका कदमहरु नितान्त सार्वजनिक स्वास्थ्य र सुरक्षा व्यवस्थाको उद्देश्यले गरिएको हो । यी कदमले […]
डोटी जिल्लामा केही महिना यतादेखि छाउगोठ भत्काउने अभियान चलेको छ। अहिलेसम्म ५ सय भन्दा बढी छाउगोठ भत्काइए। यो अभियानको अगुवाइ गरेका छन् प्रहरी, प्रशासन र स्थानीय जनप्रतिनिधिले। अनि यसको प्रचार सुदूरपश्चिममा मात्र सीमित छैन, राजधानीका प्रमुख सञ्चारमाध्यमले पनि प्राथमिकतामा राखेका छन्। तर परिणाम भने शून्य प्रायः छ। यहाँका ग्रामीण क्षेत्रमा हुने छाउपडी प्रथालाई कसैले त्याग्न […]
जनकपुर । होलीमा अत्यधिक मदिरा पिउँदा धनुषामा ५ जनाको मृत्यु भएको छ । अत्याधिक रक्सी सेवन गर्दा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ स्थित रमदैयामा ५ जनाएको मृत्यु भएको हो । रक्सी सेवन गरेका ३ जनाको बिहीबार दिउँसो र २ जनाको राति मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले बताए । […]
नागरिक रैबार/बाजुरा २९ फागुन। जिल्लाको बुढीगंगा नगरपालिकाको कार्यालयमा आगलागि हुँदा लाखौंको बढीको क्षती भएको छ । नगरपालिकाका कृषि र स्वास्थ्य शाखामा गएराति विद्युतको तार सट भएर आगलागी भएको थियो । विद्युतको तार सट भएर आगलागि भएपछि उक्त शाखाहरुमा छेति पुगेको नगरपालिकाका नगरप्रमुख दिपक शाहले बताएका छन् । बुधबार साँझ कार्यालय समय बन्द भईसकेपछि लागेको आगलागिबाट […]
नागरिक रैबार/बाजुरा २९ फागुन। बाजुरामा चैत्र १ गतेदेखि दादुरा–रुवेला विरुद्धको खोप अभियानको तयारी तिव्र पारिएको छ । बाजुरा जिल्लाका ९ वटै स्थानीय तहमा दादुरा–रुवेला विरुद्धको खोप लगाउनका लागि अभियानलाई तिव्र पारिएको हो । स्वास्थ्य कार्यालय बाजुराले विहिबार सदरमुकाम मार्तडीमा एक कार्यक्रमको आयोजना गरेर सो अभियानको तयारी तिव्र पारिएको जनाएको छ ।जिल्लाका सवै बस्ती–बस्ती र टोल […]
काठमाडौँ: दलित भन्दै डेरा छाड्न दबाब दिने दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दलित भएको थाहा पाएपछि डेरा छाड्न निरन्तर दबाब दिने श्रीकृष्ण बिडारी र उनकी श्रीमती राधिका बिडारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। महानगरीय प्रहरी वृत्त बालाजुले राधिकालाई सोमबार पक्राउ गरेको थियो। श्रीकृष्णलाई भने मंगलबार बेलुका वृत्तमा आएका बेला नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी होवीन्द्र […]
काठमाडौं : प्रतिनिधिसभामा पुगेको संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्न बनेको विधेयकबाट प्रदेशका सबै प्रावधान हटाउन संशोधन प्रस्ताव दर्ता भएको छ। जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रस्तावित विधेयकबाट प्रदेशका सबै प्रावधान हटाएर संघ र स्थानीय तहलाई मात्र समेट्न संशोधन दर्ता गराएकी छन्। विधेयकको नाम नै संशोधन गर्नुपर्ने उनको प्रस्ताव छ। सरकारद्वारा प्रस्तावित नामको साटो […]
रामबहादुर वि.क./बाजुरा २७ फागुन। जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ३ पुर्वताका मदन कुमार सुनारले जन्मदिनको अवसरमा कन्सन बाजुरामा रहेका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेका छन् । विगतका वर्षहरुमा घरमै सामान्य तरिकाले जन्मदिन मनाउँदै आएका सुनारले मगलबार परेको आफ्नो जन्मदिनको अवसर पारेर कन्सन बाजुरामा रहेका १३ जना अनाथ बालवालिकाहरुका लागि शैक्षिक सामाग्री र फलफुल वितरण गरेका […]
मदन वि.क./बाजुरा २७ फागुन । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. ४ स्थित कोटबाडाकि १४ वर्षिया स्वस्तिका नेपाली कक्षा ८ मा नियमित अध्ययन गर्ने छात्रा हुन् । उनलाई सूरुमा महिनावारी हुँदा गाउँनजिकै रहेको विद्यालयमा जाने कि नजाने गएपनि कसरी कक्षामा बस्ने र पढ्ने भन्ने चिन्ताले सताउने गरेको थियो । सूरुमा महिनावारी हुँदा स्वस्तिका संगै विद्यालयमा जाने […]
विकट पहाडी जिल्ला बझाङ बाट समानुपातिक प्रतिनिधि सभा साँसद अाशा कुमारी विकद्वारा बिकास सम्वन्धी दुई बर्षे अनुभवकाे बारेमा पत्रकार सम्मेलन भएको छ । सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा केन्द्रीय साँसद विकले अाफुले साँसद भएको दुई बर्षे अनुभव र गरेको बिकास बारे अाज जिल्लामा पत्रकार सम्मेलन गर्नुभएको हाे । सदरमुकाम चैनपुरमा रहेको हाेटेल हाेलिडे ईनमा एक […]
धनगढी: नेविसंघ डडेल्धुराका कार्यवाहक सभापति पदम भण्डारीको निधन भएको छ। सोमबार होली खेलेर नुहाउँन बाथरुम छिरेका उनी मृत अवस्थामा भेटिएका हुन । उनी ग्यास ग्रीजर चलाएर नुहाउन लागेको र मृत अवस्थामा भेटिएको भण्डारीका आफन्तले जानकारी दिएका छन्। घटनाबारे अनुसन्धान भइरहेको र मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए। […]