होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • चट्याङ लागेर दुई जनाको मृत्यु
देश/प्रदेश

चट्याङ लागेर दुई जनाको मृत्यु

  • नागरिक रैबार
चट्याङ लागेर दुई जनाको मृत्यु

अन्नपूर्ण गाउँपालिका–६ खिवाङमा शनिबार राति परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। २६ वर्षीय रविन पुन र ४१ वर्षीया यमकुमारी गर्बुजाको बेनी अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइते द्वयलाई सो अस्पताल ल्याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए। शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ। मृतक पुन र गर्बुजा छिमेकी हुन्।

यसैबीच शनिबार रातिको वर्षासँगै यहाँ उच्च पहाडी बस्तीमा हिमपात भएको छ। धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कवाङ, मलम्पार, रघुगङ्गाको कुइनेमङ्गले, मङ्गलाको टोड्के, अन्नपूर्णको राम्चे, नागी, घोडेपानी, शिख, नारच्याङलगायतका बस्तीमा हिमपात भएको हो। दुई–तीन फिट बाक्लो हिउँ जमेको स्थानीयवासीले बताएका छन्। यो वर्षको मङ्सिरयता नौपटक भएको हिमपातले जनजीवनका साथै विकास निर्माणको कामलाई समेत प्रभावित बनाएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए।

अन्नपूर्ण गाउपालिका–७ स्थित टिकोट माविका प्रअ प्रदीप पुनले धेरै वर्षपछि चैतमा हिमपात भएको बताए। बेमौसमी हिमपातले बर्खे र हिउँदे बालीलाई असर पुगेको कृषकले बताएका छन्। हिमपातका कारण उक्त गाउँपालिकाको नारच्याङमा निर्माणाधीन ११० मेगावाट क्षमताको नीलगिरि र नीलगिरि क्यासकेड तथा रघुगङ्गा गाउँपालिकाको ३७ दशमलव ५ मेगावाट क्षमताको कुइनेमङ्गले रघुगङ्गा जलविद्युत् आयोजनाको निर्माणकार्य प्रभावित भएको प्रवर्द्धकले बताएका छन्। रासस

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार