होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार । चैत ११धनगढी : सोमवार साँझ मात्रै संघीय सरकारले निर्णय गर्दै भन्यो, ‘सीमा नाकामा अलपत्र परेका नेपालीलाई प्रवेशमा अनुमती दिनु।’ तर उक्त निर्णय गरेको केही समयमै फेरी संघीय सरकारले नै आज विहान ६ बजेदेखि एक साता सम्मका लागि लकडाउन गर्ने निर्णय ग¥यो। पहिलो निर्णय कार्यान्वयन गर्न नपाउँदै दोश्रो निर्णयको कार्यान्वयनमा जुटेको कैलाली प्रशासन अहिले […]
बिराटनगर । भनिन्छ, कोरोनाको जोखिम बालबालिका र युवालाई भन्दा वृद्धवृद्धालाई बढी हुन्छ । यस्तो बेलामा ज्येष्ठ नागरिकहरुले सबैभन्द बढी सतर्क हुनुपर्छ र घरभित्रै रहनुपर्छ । तर, मंगलबार बिहान मोरङको तेतरियामा अलि अनौठो दृश्य देखियो । कोरोनाको संक्रमण हुन नदिन सरकारले देशभर लकडाउन गरेकै दिन मंगलबार मोरङको ग्रामथान गाउँपालिकास्थित तेतरियामा रहेकोे सेन्चुरी कमर्सियल बैंकमा ज्येष्ठ नागरिकहरुको […]
नागरिक रैबार चैत ११ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा थप ४० शैयाको आईसोलेसन कक्ष स्थापना गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले धनगढी कवर्ड हल भित्र ४० शैयाको आईसोलेसन कक्ष स्थापना गरेको हो। कोरोनाका शंकास्पद विरामीलाई राख्न आईसोलेसन कक्ष स्थापना गरिएको मन्त्रालयले जनाएको छ। यसअघि धनगढी रंगशालाकै मैदानमा मन्त्रालयले ५० शैयाको आईसोलेसन र २० शैयाको […]
नागरिक रैबार/चैत ११ बाजुरा। बाजुरा जिल्लामा पनि कोरोना भाईरस (कोडिभ–१९) को संक्रमण भित्रिन नदिनका लागि सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेको अध्यक्षताका जिल्ला सुरक्षा समिति १० निर्णय गरेको छ । मंगलबार विहान बसेको सुरक्षा समितिको बैठकले आजबाट १८ गते विहान ६ बजेसम्मका लागि कोरोना भाइरस (कोडिभ–१९) को सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संक्रात्मक […]
नागरिक रैबार/बाजुरा ११ चैत्र। नेपाल सरकारले मंगलबारबाट देशभरका जिल्लाहरु लकडाउन गर्ने निर्णय गरेपछि अहिले बाजुरा जिल्ला पनि सुनसान बनेको छ । सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म देशभरीका जिल्लाहरु लकडाउन गर्ने निर्णय गरेपछि बाजुरा जिल्ला पनि सुनसान बनेको हो । साेमबार बसेको प्रमुख जिल्ला अधिकारी सहितकाे सर्वपक्षीय […]
हिजोको मात्र कुरा हो, वीरगञ्जका एकजना व्यवसायीमा कोभिड-१९ पोजिटिभ भेटिएको गलत समाचार दिने टेलिभिजन र अनलाइन समाचार पोर्टलले तत्काल ‘गल्ती भो’ भन्नु पर्यो। ‘रुसी जनता तर्साउन राष्ट्रपति पुटिनले ५०० सिंह छाडेको’ भन्ने हुँदै नभएको समाचार सेयर गर्नेहरूले तत्काल आफ्नो पोष्ट डिलिट गर्नुपर्यो। यसले देखाउँछ- विशेष परिस्थितिमा कुनै सूचनामा गल्ती हुँदा तपाईंले अरू बेला जस्तो किन […]
नागरिक रैबार/बाजुरा १० चैत्र। नेपाल कम्युनिष्ट पार्टी नेकपा बाजुराका कार्यालय सदस्य नेता नयाँराम विकको मृत्युको घटनामा संलग्न भएका जगन्नाथ गाउँपालिकाका पाँच जना विरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा कर्तव्य ज्यान सम्वन्धि कसुरमा किटानी जाहेरी दर्ता गरिएकाे छ । नेता बिक गत शुक्रबार बिहान गाउँपालिका वडा नं. ५ बामनजीउला घोडेढुङ्गा स्थित मिमा बुढाको घरको आँगन खलामा फेरुवाको […]
नागरिक रैबार/बाजुर ९ चैत्र। बाजुराको सदरमुकाम मार्तडीस्थित कारागार नजिकै स्थापना गरिएको हेल्थ डेक्समा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण भए नभएको बारे जानकारी लिन चेकजाँच सूरु गरिएको छ । जिल्ला बाहिरबाट सदरमुकाम मार्तडी भित्रिने र बाहिरीने नागरिकहरुलाई विश्वभर महामारिका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि उक्त स्थानबाट सेवा सूचारु गरिएको स्वास्थ्य कार्यालय […]
नागरिक रैबार/बाजुरा ९ चैत्र। जिल्ला समन्वय समितिको बाजुराको समिक्षालयलाई तत्कालका लागि आइसोलेसन कक्षका रुपमा प्रयोग गरिने भएको छ । विश्वभर महामारिका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को रोकथाम र नियन्त्रण गर्नका लागि जिल्ला अस्पतालमामा आईसोलेसन कक्ष निर्माणका लागि प्रयाप्त कोठा नभएपछि समन्वय समितिको समिक्षालयलाई प्रयोग गर्न लागिएको हो । जिससको समिक्षालयमा १५ देखि २० वटा […]
नागकि रैबार/बाजुरा ९ चैत्र। जिल्लाको हिमाली गाउँपालिकाले स्वास्थ्य क्षेत्रका लागि २७ जना कर्मचारीलाई नियुक्ति गरेको छ ।गाउँपालिकाले नोबेल कोरोना भाईरस गाउँपालिकामा फैलिन नदिन र प्रत्येक गाउँवस्तीका नागरिकलाई स्वास्थ्य सेवा दिनका लागि २७ जना स्वास्थ्यकर्मीहरु भर्ना गरेको हो । जिल्लाकै विकट ठाउँमा रहेको हिमाली गाउँपालिका हुम्ला, मुगु र कालिकोट जिल्लासँग सिमाना जोडिएको गाउँपालिका हो । अन्य […]
रामबहादुर विक/बाजुरा ९ चैत्र। विश्वमा महामारिको रुपमा फैलिएको नोभेल कोरोना सम्भावित जोखिमलाई लक्षित गरीे बडिमालिका नगरपालिका वडा नं ८ ले माक्स वितरण गरेको छ । वडा नं ८ मा रहेका प्रत्यक घरधुरीलाई आज एक औपचारिक कार्यक्रमका विच मास्क बितरण गरिएको हो । वडा नं ८ वडा कार्यालयको सहयोगमा माहामारीको रुपमा फैलीरहेको कोरोना भाईरसको संक्रमण बाट […]
नागरिक रैबार/बाजुरा ९ चैत्र। बडीमालिका नगरपालिका वडा नं. ८ ले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड–१९ को संक्रमणबाट बचाउन वडाबासीका लागि निःशुल्क माक्स वितरण गरेको छ । आइतबार बडीमालिका नगरपालिका वडा नं. ८ ले वडा भित्रका सवै स्थानीयहरुका लागि निःशुल्क रुपमा माक्स वितरण गरेको हो । उक्त माक्सहरु एक कार्यक्रमका विच जिल्ला समन्वय समिति […]
बाजुराबाट धनगढीका लागि छुटेको बस दुर्घटनामा परेको छ। बाजुरादेखि धनगढी जादै गरेको जय मालिका यातायात प्रालीको बा ३ख४४१० नम्बरको बस अछामको चौरपाटी गाउँपालिकाको मार्कुमा दुर्घटना हुँदा चालक सहित तीन जना घाईते भएको प्रहरीले जनाएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले दुर्घटनामा चालक श्याम राना सहित बसमा सवार तीन जना […]
डोटी: जिल्ला प्रशासन कार्यालयले सिलगढीमा रहेको कारागारमा रहेका कैदीबन्दी भेटघाटको कार्यक्रमलाई बन्द गरेको छ। कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखी भेटघाट बन्द गरिएको हो। अत्यावश्यक परेको खण्डबाहेक अन्य सामान्यतय कैदीबन्दी भेटघाट केही समयका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए। त्यस्तै जिल्ला कारागारमा रहेका कैदीबन्दी तथा उनीहरुको सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीका लागि दैनिक स्वास्थ्य […]
अर्जुन शाह, धनगढी, ९ चैत । कोरोना भाइरसको सम्भावित संक्रमणको त्रासमा सरकारी कार्यालयसमेत बन्द हुने अवस्था आइरहेका बेला सुदूरपश्चिम प्रदेश सरकारले भने आठ महिनादेखि थन्क्याएको बजेट बिहीबार राति बाँडेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मत्रालयले पूर्वाधार विकासतर्फ विभिन्न योजनामा झण्डै डेढ अर्ब रुपैयाँ बाँडेको हो । चालु आर्थिक वर्षको बजेटमा अर्थ विविध शीर्षकमा एकमुष्ट राखिएको उक्त […]
काठमाडौं । सरकारले शैक्षिक संघसंस्था तथा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्दै लामो दूरीका यातायात १० चैतदेखि बन्द गर्ने निर्णय गरेपछि उपत्यका छाड्नेको चाप बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै १० चैतदेखि लामो दूरीका यात्रुवाहक सवारीसाधन बन्द गर्ने घोषणा गरेका थिए । सरकारले लामो दूरीमा सञ्चालन हुने सवारी बन्द […]
काभ्रेपलाञ्चोक । जिल्लाको बनेपा नगरपालिका–१३ स्थित भैँसेपाटीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।आइतबार बिहान ६ बजे मिनी ट्रक र मोटरसाइकल एकआसपासमा ठोकिँदा मोटरसाइकल चालक उदयपुरको रौतमाई गाउँपालिका–४ का मिन बहादुर श्रेष्ठ र उनका छोरा सुबिन श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमल्सिनाले बताए । मोटरसाइकलमा सवार सुनिता श्रेष्ठको अवस्था भने […]
नागरिक रैबार/बाजुरा ८ चैत्र। जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. २ का वडा सदस्य लालबहादुर बुढाले गाउँकै महिलालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले हिरासतमा राखेको छ । स्थानीय महिलालाई जवरजस्ती करणी गरेको आरोपमा वडा सदस्य बुढालाई गत फागुन २९ गतेदेखि हिरासतमा राखिएको प्रहरीले बताएको छ ।स्थानीय महिलाले दिएको उजुरीका आधारमा वडा सदस्य बुढालाई गत फागुन २९ […]
काठमाडौं– नेपाल पत्रकार महासङ्घले कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई ध्यान दिँदै पत्रकार तथा सञ्चारकर्मीहरुलाई आ–आफ्नो निवास तथा घरबाट नै कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको छ । शनिबार बसेको महासंघ केन्द्रीय समितिको बैठकले सञ्चारकर्मीका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक प्रदान गर्न तथा निवासबाट कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गर्ने निर्णय गरेको […]
नागरिक रैबार/बाजुरा ८ चैत्र। बाजुरा उद्योग बाणिज्य संघले बाजुराका बजारमा कालोबजारी र कृतिम अभाव सृृजना हुन नदिने निर्णय गरेको छ ।शनिबार उद्योग बाणिज्य संघ बाजुराले आफ्नो आपत्कालिन बैठक बोलाएर कोविड (१९–कोरोना भाइरस) बारे व्यापारीहरुलाई सचेतना दिन र विपद्को घडीमा बजारमा कालोबजारी र कृतिम अभाव हुन नदिने निर्णय गरेको हो । विपद्का बेला बजारमा कालोवजारी र […]