होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नेता नयाँराम मृत्युको घटनामा संलग्न पाँच जना विरुद्ध मुद्धा दर्ता
देश/प्रदेश

नेता नयाँराम मृत्युको घटनामा संलग्न पाँच जना विरुद्ध मुद्धा दर्ता

  • नागरिक रैबार
नेता नयाँराम मृत्युको घटनामा संलग्न पाँच जना विरुद्ध मुद्धा दर्ता

नागरिक रैबार/बाजुरा १० चैत्र। नेपाल कम्युनिष्ट पार्टी नेकपा बाजुराका कार्यालय सदस्य नेता नयाँराम विकको मृत्युको घटनामा संलग्न भएका जगन्नाथ गाउँपालिकाका पाँच जना विरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा कर्तव्य ज्यान सम्वन्धि कसुरमा किटानी जाहेरी दर्ता गरिएकाे छ ।

नेता बिक गत शुक्रबार बिहान गाउँपालिका वडा नं. ५ बामनजीउला घोडेढुङ्गा स्थित मिमा बुढाको घरको आँगन खलामा फेरुवाको ओछ्यान लगाई पाल ओढी ढाकिएको अवस्थामा मृत फेला परेपछि उनका काका जगरे शार्कीले विकको घटनामा पाँच जना सलग्न रहेको भन्दै उनीहरुका विरुद्ध सोमबार प्रहरीमा किटानी जाहेरी दर्ता गराएका हुन् ।

नेता विकको घटनामा पाँच जना सलग्न रहेको भन्दै उनका काकाले दिएको जाहेरीका आधारमा मीमा बुढा, गोपी कामी, चन्द्र शार्की, यशोधा बुढा र दिपक बुढा समेत गरी पाँच जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

विज्ञापन

नेता विकको शव पोष्टमार्टमका लागि आईतबार जिल्ला अस्पताल बाजुरामा ल्याइएको थियो । उनको ४ दिनपछि सोमबार सदरमुकाम मार्तडीमा रहेको बाहुली खोलामा अन्तिम दाहसंस्कार गरिएको आफन्तहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार