होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
आज फागुन शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात होली पर्व मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। तर कोरोनाको जोखिम बढेकाले यसपालि अघिल्ला वर्षहरु जस्तो होलीको रौनक छैन् ठूला सभा समारोह, भेला तथा कार्यक्रम गर्न रोक […]
नारी जिवनको पुल जस्तै.हुन आंत रसाउने पानी को मुल जस्तै हुन दुख लुकाएर परिवारमा खुशि छर्ने जननी हर घर कि रुल जस्तै हुन पुरष को उन्नति मा लिस्नु बनेर अडिने सम्मान इज्जत घरान कुल.जस्तै हुन आफ्नै छाती चिरेर बाउहुने अबसर दिने नारी एक स्रजना को.फुल जस्तै हुन
राजेन्द्र बहादुर रोकाया/बाजुरा २५ फागुन। बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर १ मा एक महिलाको भिरबाट लडेर ज्यान गएको छ । मृत्यु हुनेमा बडिमालिका १ पाटा निबासी राम दानीकी ३८ बर्षिया श्रीमती तुलादेबी दानी रहेकी छन् । दानी पाला काट्न नजिकै रहेको साँड जंगलमा गएका बेला भिरबाट लडेर मृत्यु भएको आफन्त मदन बहादुर दानीले बताउनुभयो […]
विश्वका महिलाले मुक्तिका लागि गरेको संघर्षको सम्झना गर्ने दिन। आज हरेक वर्षझैँ यस वर्ष पनि विश्वभर अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस बनाइँदै छ। हरेक विषयसँग जोडिएको इतिहास हामीले बिर्सनुहुँदैन । श्रमिक महिलाहरुबाट सुरु भएको आन्दोलन ८ मार्चको मर्मलाई समाजवादी अग्रज महिलाले आत्मसात मात्रै गरेनन्, नेतृत्व नै गरेर अगाडि बढे । नेपालको सन्दर्भमा चर्चा गर्दा विशेष गरी […]
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा गर्न लागेको कार्यक्रम स्थगित भएको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखेर दिवसका अवसरमा गर्न लागिएका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको मन्त्रालयकी शाखा अधिकृत वष्टिका गिरीले बताएकी छन् । महिला दिवस मार्च ८ का दिन मनाइन्छ । दिवसका अवसरमा हरेक वर्ष कार्यक्रम […]
नागरिक रैबार/बाजुरा २४ फागुन। बाजुराको हिमाली गाउँपालिकाका लागि खरिद गरिएको मोटरसाईकलमा गाउँपालिकाकै अध्यक्षका छोराको राज चलेको छ । गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लका छोराले सरकारी मोटरसाईकलको दुरुपयोग गर्दै आएको सामाजिक संजालमा थाहा पाएपछि त्यहाँका स्थानीयहरुले चर्को विरोध गरेका छन् । हिमालीका कतिपय जनप्रतिनिधि र कर्मचारीहरुले मोटरसाईकल चलाउनै नजानेका छन् । तर अध्यक्षकै छोराले मोटरसाईकल आफ्नो […]
नागरिक रैबार/बाजुरा २३ फागुन। नेपाल कम्युनिष्ट पार्टी नेकपा हिमालीका नेताहरुले हिमाली गाउँपालिका अध्यक्ष गोविन्द मल्लले नैतिकताका आधारमा राजिनामा दिनु पर्ने बताएका छन् । स्थानीय सरकारको प्रमुख जस्तो गरिमामय पदमा बसेर आफुलाइ आर्थिक लाभ हुने गरि कुनै निर्माण कम्पनीका ठेकेदारसंग करोड बढीको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि नेकपा हिमालीका नेताहरुले अध्यक्ष मल्लको राजिनामा माग गरेका हुन् […]
बाजुरा २३ फागुन। बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले निर्माण ब्यवसायी संघ बाजुराका अध्यक्ष विनोद शाहीसंग ठेक्का मिलाउनको लागि पैंसाको बार्गेनिङ्ग गरेका छन् ।हिमाली गाउँपालिका वडा नं ४ फैतिमा रहेको शैलेश्वरी प्राविधिक विध्यालयको भवन निमार्ण कार्यको लागि भ्याट बाहेक १ करोड ६९ लाख १० हजार ७ सय ५७ रुपैयाँको ठेक्का खोली आफ्ना छोरालाई मिलाई दिन […]
फागुन २१ सल्यान । आगोले जलेर सल्यानमा एक बालकको ज्यान गएको छ। जिल्लाको शिद्धकुमाख गाउपालिका वडा नं. १ बाँझकाँडाका रत्नलाल बुढाथोकीका ११ बर्षीय छोरा दुर्गा बहादुर बुढाथोकीको ज्यान गएको हो। मंगलबार बेलुका साढे ८ बजे बुढाथोकीको घरमा आगलागी भएपछि आगो नियन्त्रण पश्चात बालक बुढाथोकीको शव घरको माथिल्लो तल्लामा जलेको अबस्थामा भेटिएको सल्यानका निमित्त प्रहरी प्रमुख […]
फागुन २१, दैलेख । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपितमध्येका एकलाई जिल्ला अदालत दैलेखले मङ्गलबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। पत्रकार थापाको हत्यामा मुख्य आरोपित चारमध्ये दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका ‘अरुण’ भन्ने बमबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय दैलेखले मङ्गलबार जिल्ला अदालतमा उपस्थित गराएपछि जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश […]
रामबहादुर बि.क/फागुन १९ बाजुरा । जिल्लाको मार्तडी–कोल्टी सडक खण्डमा जीप व्यवसायीहरुले जोखिम मोलेर सवारी साधान सञ्चालन गर्न बाध्य भएका छन् । जसका कारण सवारी साधानहरु दुर्घटनाको जोखिम झनै बढेको छ । सडकका दर्जन बढी स्थानमा हिलाम्मे भएकोले सवारी साधान घन्टौं फस्ने गरेकाले दुर्घटना बढ्ने सम्भावना देखिएको हो । निर्माण हुँदै गरेको सडकमा जथाभावि पानी छोडिएपछि […]
जनकपुर । प्रदेश नम्बर २ सरकारले होली पर्वको अवसरमा प्रदेशभर दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।केन्द्र सरकारले होली पर्वमा एक दिन सार्वजनिक बिदा दिने गरेकोमा प्रदेश सरकारले एक दिन थपेर दुई दिन बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारले होली पर्वको अवसरमा फागुन २७ र २८ गते सार्वजनिक बिदा दिने निर्णय […]
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसको संक्रमणबाट उच्च जोखिमयुक्त मुलुकको सूचिमा राखेसँगै त्रिभुवन अन्तराष्ट्रिय मानस्थलले कोरोना सतर्कतासम्बन्धी रणनीति परिमार्जन गरेको छ । अब विमानस्थलबाट आउने मात्र होइन, बाहिर जानेको पनि परीक्षण गरिनेछ । यसअघि आगमन कक्षमा थर्मल स्क्यानरबाट क्यान गर्ने र स्क्यान गर्दा १०० डिग्री फरेनाहाइटभन्दा बढी तापक्रम देखिएका यात्रुलाई थप जाँचका लागि अस्पताल लैजाने […]
डोटी – डोटीको पूर्वीचौकीमा शनिबार साँझ परेको असिना पानीले हिउँदे बाली नष्ट गरेको छ ।गहुँ, जौँ, तोरी, तरकारी लगायतका बालीमा असिना पानीले नोक्सानी पुर्याएपछि किसान चिन्तित बनेका छन् । ‘साँझ एकाएक परेको असिनाले यहाँका गहुँ, जौँ, तोरी र तरकारीबाली पूरै सखाप पार्यो ।’ पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले भने,’ क्षतिको मूल्याङ्कन हुन बाँकी […]
नागरिक रैबार/बाजुरा १७ फागुन । कृषि ज्ञान केन्द्र बाजुराले बाजुराका कृषकहरुलाई कृषि पेशामा आत्मनिर्भर बनाउन धमाधम उखुको विउ वितरण गर्दै आएको छ । साँफे मार्तडी सडक खण्ड अन्तरगत बाजुरा प्रवेशद्धारा इकडी देखि सदरमुकाम मार्तडीसम्मको सडक छेउछाउका कृषकहरुलाई लक्षित गरेर कृषि ज्ञान केन्द्र बाजुराले उखुको विउ वितरण गर्दै आएको हो । यस अघि केन्द्रले रिठाबजार, फालासेन […]
नागरिक रैबार/बाजुरा १६ फागुन। जिल्लाको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविले फूड फेस्टिवल सम्पन्न गरेको छ ।शुक्रबार विद्यालयमा एक भव्य कार्यक्रमका विच उक्त फेस्टिवल कार्यक्रम सम्पन्न गरेको हो । कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको थियो ।कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले विद्यालयको प्राङ्गणमा विभिन्न ८ वटा स्टलहरु राखेर बाजुराकै […]
नागरिक रैबार/बाजुरा १६ फागुन। अनेरास्ववियु बाजुराकी विद्यार्थी महिला नेतृ विनिस्ता धामीले आफ्नो एक प्वाइन्ट व पोजेटिभ रगत दान गरेपछि बाजुरा अस्पतालमा एक सुत्केरीको ज्यान जोगिएको छ । रगत अभावमा अस्पतालको शैयामा छट्पटाईरहेकी जिल्लाको स्वामीकार्तिक गाउपालिका वडा नं. २ कि २६ वर्षिया सुबिस्था कडायतलाई शुक्रबार दिउसो धामीले एक प्वाइन्ट व पोजेटिभ रगत दिएर ज्यान जोगाईदिएकि हुन् […]
नागरिक रैबार/बाजुरा १६ फागुन। जिल्लाको गौमुल गाउँपालिका–६ टुनी, बाम्नी, शान्तिटोल र चिउँडेका चार वटा दलित बस्तीका ५० जना विपन्न दलित परिवारलाई न्यानो लुगा वितरण गरिएको छ । दलित समुदाय भित्रका अति विपन्न परिवारका ५० जना महिला तथा बालबालिका र वृद्धवृद्धालाई चिसो छल्न न्यानो लुगा वितरण गरिएको हो । “छोरीका लागि छोरी”अभियान कपडा बैंक काठमाण्डौं जाउलाखेल […]
मदन विक/बाजुरा १६ फागुन। बाजुरा जिल्लाका भुपु र वर्तमान नेपाली सेनामा कार्यरत रहेका सेनाका छोराछोरीहरुले शैक्षिक शत्र २०७७ बाट बाजुरामै निशुल्क पढ्न पाउने भएका छन् । नेपाली सेनाले आफ्ना सैनिक परिवारका सन्ततीहरुलाई बसोबास गरेकै क्षेत्रमा अध्ययन सुविधा पाउन भन्ने उद्देश्यले शैक्षिक सत्र ०७७ बाट लागु हुने गरि बाजुरा जिल्लामा पनि सेनाका सन्तानहरुलाई पढ्ने व्यवस्था मिलाएको […]
नागरिक रैबार/बाजुरा १५ फागुन। सुदूरपश्चिम प्रदेश स्तरीय वक्तृत्व कला प्रतियोगितामा पनि बाजुराकाे बडीमालिका नगरपालिका ९ का प्रेम नेपाली प्रथम भएका छन् । उनले वक्तृत्व कलामा सहभागी भएका सुदूरपश्चिम प्रदेश भित्रका ८ जिल्लाका प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान ल्याउन सफल भएका हुन् । यस अघि बाजुरामा संचालन गरिएको जिल्ला स्तरीय वक्तृत्वकलामा प्रथम भएका नेपाली सुदूरपश्चिममा संचालन […]