होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • लकडाउनको अवस्थामा बालबालिका माथि हुने हिंसा र अभिभावकको भूमिका
देश/प्रदेश

लकडाउनको अवस्थामा बालबालिका माथि हुने हिंसा र अभिभावकको भूमिका

  • नागरिक रैबार
लकडाउनको अवस्थामा बालबालिका माथि हुने हिंसा र अभिभावकको भूमिका
 
विष्णु माया पौडेल

सन २०१९को अन्त्यतिर चीन बाट शूरु भएको कोरोना भाइरस कोभिड १९ ले विश्वलाई त्रहिमाम बनेको छ । आजका दिनसम्म विश्वमा कुनै पनि देश यसको प्रभावबाट अछुतो छैन । कोरोना संक्रमण अहिले बुलेट गतिमा दौडिरहेको छ ।

३० हजार मानिसको ज्यान समेत लिई सकेको अवस्था छ । यस द्रुतगतिमा फैलिरहेको संक्रमणबाट बच्न आज विश्वमै लकडाउनको अवस्थामा छ । यो व्यक्ति व्यक्तिबाट सहजै सर्ने रोग भएकोले सबै देशहरुले सभा सम्मेलन, हवाई तथा स्थल यात्रा, भ्रमण सबैलाई प्रतिबन्धि लगाएको छ । यति मात्रै होइन देशका आर्थीक धरोहर मानिएका जस्तै कलकारखाना, कार्यालयहरु र विद्यालयहरुका आफ्नै टोलका हाटबजार लगायत छर छिमेकमा गएर दुःख सुख साटासाट गर्न समेत प्रतिबन्ध लगाएको छ ।
अत्यावश्यक तथा इमरजेन्सी सेवा बाहेक देशनै लकडाउन गरेको अवस्था छ । यसरी विश्वका सम्पूर्ण मानिसको ध्यान कोरोना संक्रमणका सम्बन्धमा आकृष्ट भएको छ । सबैलाई कोरोना संक्रमणको चिन्ता नै चिन्ता छ । यस्तो अवस्थामा हामी कसरी संक्रमणबाट जोगिने भन्ने कुरा सबैको ध्यान गएको छ । यसका लागि हाम्रो देशमा पनि एक हप्तादेखि नै हामी सबै लकडाउन अवस्थामा छौं । हुन त लकडाउनको पनि जरुरी पनि छ । लकडाउनको अवस्थामा मानिसहरुलाई सकस सावित भएको छ ।
यस लकडाउनको अवस्थालाई मानिसहरुले विभिन्न तरिकाले विताइ रहेको कुरा हामी सामाजिक संजालहरुमा देखिराखेका छौं । कसैले सामाजिक संजालको प्रयोग गरेर कसैले पुस्तक पढेर त कसैले फिलिम हेरेर लकडाउनलाई विताइएको पाईएको छ । एक हप्ताको लकडाउन अवस्थालाई हेर्नेहो भने हाम्रो ध्यान कतै हाम्रा बालबालिकामा वा छोरा छोरीहरुमा कम पर्न त गएको छैन ? सामाजिक दुरी वा एकान्तवासका कारण अभिभावकको ध्यान बालबालिकामा कम पर्न जाँदा वा उनीहरुमाथि सही निगरानी नहंदा उनीहरु पनि अत्यधिक रुपमा इन्टरनेटको प्रयोग गर्ने गर्दछन् ।
सामाजिक संजालका साथै इन्टरनेट मार्फत मनोरञ्जन लिनुका साथै अन्य विभिन्न गतिविधिहरुमा बालबालिकाले समय विताउन्छन् । यस कुरालाई मध्यनजर राख्दै केही समय अघिनै अनलाइनबाट बालबालिकामाथि हुने सक्ने संभावित हिंसा तथा दुव्र्यवहारको कुरा यूरोपोल नामक एक अन्र्तराष्ट्रिय संस्थाले जानकारी पनि गराइसकेको छ । हाम्रा बालबालिकाहरु अनलाइनमा दुव्र्यवहारमा त परेका छैनन् , भन्ने कुराको खोजी तर्फ कसैको ध्यान जान नसकेको देखिन्न ।
त्यसतर्फ बेलैमा ध्यान जान जरुरी छ । अर्कातिर सरकारको एक हप्ताको लकडाउनको अवस्था हेनेहा भने गाँउघरमा लकडाउनको प्रभाव कम परेको देखिन्छ । कतै मानिसहरु खेती पाती लगाउने, कतै उठाउने काममा व्यस्त देखिन्छन । कतिपए मानिसहरु काम नभए पनि चोकमा भेला भएर कोरानो संक्रमणका गफ चुटीरहेका देखिन्छ । ठूला भनिएका मानिस वा अभिभावकहरुद्धारा आफ्ना नानीहरुलाई जानकारी दिनु पर्छ भनेर कमै हेक्का राखिन्छ ।
लकडाउनको अर्थ पनि बताउन पनि जरुरी ठानिदैन । फलस्वरुप लकडाउनलाई गम्भिर रुपमा नबुझेकै कारण बालबालिाकहरु खोला नालामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको, साथीहरुसंग नजिकैको पार्क तथा जंगलतिर घुम्न जानुका साथै बलात्कार तथा यौन हिंसाका शिकार भएका समाचार देखिरहेका छौ । मनोसामाजिक समस्याका कारण किशोरवस्थाका बालबालिकाहरुले आफूलाईनै समाप्त पार्ने गतिविधि गरिरहेका छन् ।
यसरी बालबालिकाहरुमाथि भएका विभिन्न हिंसा सार्वजनिक हुनुले अभिभावकहरु आफ्ना बालबालिकाहरुप्रति गम्भिर नभएको देखिन्छ । लकडाउनको अवस्थामा त यस्ता घटनाहरु नहुनु पर्ने हाम्रो बुझाइ हो , किनकी लकडाउनको अवस्थामा त अभिभावक र बालबालिकासंगै हुनु पर्ने हो नि . अझ भन्ने हो भने अन्य काम पनि नहुने हँुदा र प्रसस्त खाली समयमा आमावुवाले बालबालिकाको रेखदेख गर्नु पर्ने हो । अर्का तिर जुन रुपमा कोरोना संक्रमणको त्रास विश्वनै थर्कमान भएको छ । त्यसले बालबालिकामा अनावश्यक डर उत्पन्न भइ मनोसामाजिक समस्या पनि ल्याउन सक्ने अवस्था छ ।
तसर्थं : लकडाउनको अवस्थामा आफू बालबालिकासंग रहनु पर्छ यसको महत्व र नियम भित्र कसरी बस्ने भन्ने कुरा जानकारी दिनु र आफूले पनि पालना गर्नु प्रर्दछ । बालबालिकाहरुलाई सबै कुराको यसको असरहरुबारे जानकारी नहुन पनि सक्छ । यदी जानकारी भैहालेमा हल्का रुपमा लिने गर्छन । यसअर्थ हामीले हाम्रा छोराछारीहरुसंगै समय बिताऔं र उचित निगरानीमा राखौं । उनीहरुलाई भित्रका कौतुहलता मेटाउने प्रयास पनि गरौं । उनीहरुका इच्छा भनोभावना बुझ्ने कोशिष गरौं ।
उनीहरुका कुरा धैर्यतापूर्वक सुनौ । उनीहरुलाई उनीहरुको क्षमता अनुसार विभिन्न सिर्जनात्मक कार्यहरु जस्तै पुस्तक पढ्ने, चित्र कला, गायन, वाद्य बादन र नृत्य , कथा कविता लेखनका लागि उत्प्रेरितमा राख्ने गरौं । घरभित्रै बसेर गरिने घरेलु कामहरु पनि सिकाऔं जसले गर्दा उनीहरुको सीपमा पनि विकासमा होस् । उनीहरुलाई व्यस्त राख्ने प्रयास गर्ने गरौं ।
उनीहरुका लागि रमाइलो वातावरण सिर्जना गरौं ताकि सधै भरि काममा व्यस्त रहने आमा वुवाको पढाईले बोझमा थिचिएका बालबालिकाका लागि संगै समय विताउने, केही सिकाउनुका साथै यो समयलाई सिक्ने अवसरको रुपममा लिर्औ । समयले मानिसलाई धेरै कुरा सिक्ने मौका दिन्छ । अहिले फुर्सदको समयलाई कत्ति पनि दिक्क नमानी सही सदुपयोग गर्दै घरमा बालमैत्री वातावरण बनार्औ जसबाट हाम्रा बालबालिहरु विभिन्न जोखिमबाट सूरक्षित रहुन सकुन , उनीहरुको मनोसामाजिक हेरचाह र स्याहारमा केही सक्नुका साथै आफ्नो पनि अभिभावकत्वको जिम्मेवारी पूर्ण हुन्छ । आफ्ना छोराछोरी प्रति गंभिर बनौं । यस्तो हिंसा कहीले सम्म ?

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार