होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १९ असोज। कृषि ज्ञान केन्द्र बाजुराले जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न कृषकका बारिमा फलेको स्याउ ढुवानी गरेर सदरमुकाम मार्तडीमा ल्याएको छ । कृषकको बारीमा फलेका स्याउको बजारीकरणमा सहज पुगाउने उद्देश्यले कृषि ज्ञान केन्द्र बाजुराको ढुवानी अनुदान र फ्युचर स्याउ कृषक समूहको सहयोगमा जुकोटमा फलेको स्याउलाई बारीमै पुगेर ढुवानी गरी सदरमुकाम मार्तडीमा ल्याएको कृषि […]
नागरिक रैबार/बाजुरा १९ असोज। दशैँतिहार नजिकिएसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनिले सर्वसाधारण उपभोक्तालाई सहुलियत दरमा चामल बिक्री गर्न थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनिले आजबाट मार्तडी र कोल्टी डिपोबाट सर्वसाधारण उपभोक्तालाई सहुलियत दरमा चामल विक्री गर्न थालेको हो । दशैं तिहारलाई लक्षित गर्दै कम्पनिले सर्वसाधारण उपभोक्तालाई प्रति केजि ४० का दरले आजबाट चामल […]
नागरिक रैबार/बाजुरा १९ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको सभापति पदमा ३ जनावीच प्रतिष्पर्दा हुँदैछ ।नेपाली काँग्रेस बाजुराको नेतृत्व चयनका लागि मंगलबार विहान १० बजेबाट मतदान प्रक्रिया सूरु भईसकेको छ । बाजुराको पार्टी सभापतिका लागि देउवा पक्षबाट वर्तमान पार्टी सभापति कविराज पंडितसहितको टिम छ भने पौडेल-सिटौला पक्षबाट त्रिवेणी नगरपालिकाका नगरप्रमुख रामसिंह रावलको टिम छ । त्यस्तै […]
नागरिक रैबार/बाजुरा १९ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको ७ औ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सूरु भएको छ । विहान १० बजेबाट सूरु भएको मतदानमा बाजुराका ९ वटा स्थानीय तहका नेपाली काँग्रेसका १२ सय ७ जना प्रतिनिधिहरुले मतदान गर्ने भएका छन् । असोज १६ गतेबाट अधिवेशन सूरु भएको काँग्रेस बाजुरामा उम्मेदवारहरु विच […]
बैतडीको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर नमूना माध्यमिक विद्यालयका एक शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएको छ। गत साता एक विद्यार्थी र एक शिक्षकमा कोरोना देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा १२ वर्षीया छात्रामा कोरोना पुष्टि भएको हो। योसँगै उक्त विद्यालयमा एक शिक्षक र दुई विद्यार्थीमा सङ्क्रमण देखिइसकेको छ। पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराका अनुसार […]
नागरिक रैबार/बाजुरा १८ असोज ।बाजुरा जिल्लामा रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले १५ औँ विश्व पशुपन्छी दिवस बाजुरामा पनि मनाईएकाे छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द बाजुरा र बडिमालिका नगरपालिका पशु सेवा शाखा को संयुक्त आयोजनामा, “पशु कल्याण मा अभिवृद्धि, दिगो बिकास र समृद्धि” भन्ने नाराका साथ १५ औं […]
नागरिक रैबार/बाजुरा १७ असोज। बाजुराको कोल्टी डिपोमा ४ सय क्विन्टल चामल पुगेको छ । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी कोल्टी शाखामा चामल सकिएको २ महिनापछि डिपोमा चामल पुगेको हो । निरन्तरको वर्षाका कारण अवरुद्ध रहेका सडकका कारण चामल ढुवानी नहुँदा डिपोमा रहेको मौज्दात चामल सकिएको थियो । चामलको चरम अभाव भएको बेला चामल ढुवानी भएको […]
राजेन्द्र बिक बाजुरा,१७असोज । बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी तपाइको मास्क खै भन्दै सदरमुकाम मार्तडीमा बजार परिक्रममा निस्किनु भएको छ। ६६ औँ प्रहरी दिवस को अवसरमा आज जिल्ला प्रहरी कार्यालय बाजुराले आयोजना गरेको तपाइँको मास्क खै कार्यक्रम अन्तर्गत मार्तडी बजारमा निकालिएको र्यालिमा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी प्रमुख अतिथिका रुपमा सहभागी हुनुभएको […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँलगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिने बताएका छन् । आइतबार कान्ति बाल अस्पताललाई बुद्धिष्ट चुजी च्यारिटी फाउण्डेशनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा उनले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना विरुद्धको १ करोड खोप आउने सुनिश्चित भइसकेको बताए । उनका अनुसार ४० […]
शुक्लाफाँटा नगरपालिकाका बासिन्दा जङ्गली हात्तीको बथान भगाउनका लागि रातभर जाग्राम बस्ने गरेका छन । पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले पाकेको धान बाली खाएर नोक्सान पु¥याउन थालेपछि उनीहरु चिन्तित भएका हुन् । नगरपालिकाको चुरे क्षेत्र फेदीका धान बालीमा हात्तीको बथानले बढी नोक्सानी पु¥याउन थालेको छ । ट्र्याक्टरको ठूलो आवाज निकालेर, आगो बालेर, पटाका […]
नागरिक रैबार/बाजुरा १६ असोज।नेपाली काँग्रेस बाजुराकी नेतृ राधिका देवि सुनारले आफ्नो उम्मेदवारी महाधिवेशन प्रतिनिधिमा रहेको घोषणा गरेकी छन् । त्रिवेणी नगरपालिकाकी उपप्रखुख समेत रहेकी काँग्रेस नेतृ सुनारले नेपाली काँग्रेस बाजुराको ७ औं जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधि (दलित महिला) को तर्फबाट आफ्नो उम्मेदवारी रहेको बताएकि हुन् । बिपिको समाजवादलाई आत्मसाथ गर्दै निरन्तर नेपाली काँग्रेसको सक्रिय राजनीतिमा […]
विकास सबैको प्रिय शब्द हो । गोरेटो बाटो जति सबै मोटरबाटो बने हुन्थ्यो भन्ने चाहना हामी सबैको हुन्छ । तर, त्यही विकासले कतिपयको पुख्र्यौली र जातीय पहिचानसँग जोडिएका कामहरु चौपट बनाइरहेको हुन्छ । यस्तै भइरहेको छ- भेँडाको उनबाट बनेको राडीपाखी बोक्ने गुरुङहरुलाई । लेकको जडीबुटी बोकेर पहाड र्झने शेर्पाहरुलाई । तराईबाट शिरकको खोल बनाउनउकालो लाग्ने […]
डोटीः मुक्त हलियाको पुनःस्थापनका लागि पाँच वर्ष पहिले निर्माण गरिएका घरमा अहिलेसम्म पनि नबस्दा बर्सेनि ती घर भत्किन थालेका छन्। कतिपय घर बर्सातको समयमा पर्ने झरीका कारण जगदेखि नै भत्किइ सकेका छन् भने कतिपय भत्किने अवस्थामा पुगेका छन्। पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा मुक्त हलिया पुनःस्थापनाका लागि निर्माण गरिएको मुक्तहलियाको बस्ती मान्छे नबस्दा दिनहुँ खण्डहर हुनाका साथै […]
म्याग्दी- जिल्लाको धौलागिरि तथा मालिका गाउँपालिका र बेनी नगर पालिकाका किशोरी बालविवाहलगायतका सामाजिक कुरीतिविरुद्ध सक्रिय हुन थालेका छन् । उनीहरुले आफ्नो उमेर समूका साथी मिली समूह नै बनाएर बालविवाहले भविष्यमा पर्न सक्ने असरका बारेमा अभिभावकलाई सुझाउने गरेका छन् । बालविवाह रोकथाममा लाग्न यहाँका अरु किशोरीलाई समेत अनुरोध गर्ने गरेको धौलागिरि–३ की किशोरी मुना विश्वकर्माले बताइन् […]
सल्यान — बाग्चौरबाट खलंगा आउँदै गरेको लु २ च ५७०१ नम्बरको जिपले ठक्कर दिँदा शिवजन मावि सितलपार्टीमा अध्ययनरत पाँच जना छात्रा गम्भीर घाइते भएका छन् । शारदा नगरपालिका–६ बरला घर भइ शुक्रबार बिहान १० बजे विद्यालय आउँदै गर्दा राप्ती राजमार्ग अन्तर्गत शारदा नगरपालिका–२ बाङ्गेसल्ला भन्ने ठाउँमा सल्लाको छहारीमा सितलमा उभिएका छात्रालाई जिपले ठक्कर दिएको थियो […]
पोखरामा एक किशोरी मृतावस्थामा भेटिएकी छिन् । पोखरा अधिकारी टोलस्थित बन्द कोठाभित्र बाजुराको जगन्नाथ –१ बस्केना घर भएकी १८ वर्षीया निरुता शाह मृतावस्थामा फेला परेकी हुन् । स्थानीयले बन्द कोठाबाट दुर्गन्ध आएको भन्दै प्रहरीलाई खबर गरेपछि ताला फोरेर हेर्दा किशोरीको शव खाटमा लडिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरी टोलीले कोठाको ढोका फोरेर खानतलासी […]
१५ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आज नेपालमा पनि मनाइँदै छ । यही दिवसको अवसरमा नेपाल टेलिकमले ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई सिमकार्ड निःशुल्क दिने भएको छ । निःशुल्क सिमकार्ड यही असोज २५ गतेसम्म मात्र पाइने छ । यो सिममा १० रुपैयाँ मात्र ब्यालेन्स हुनेछ । ४० मिनेटसम्म कुरा गर्ने, २० वटा एसएमएस […]
नागरिक रैबार/बाजुरा १५ असोज। बडीमालिका नगरपालिकाको एम्वुलेन्स तोडफोड गरिएको छ । विहिबार साँझ नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को मतगणना भईरहेको बेला नगरपालिका बाहिर राखिएको एम्वुलेन्स र सूचना प्रवाहका लागि कार्यालयमा टाँसिएको डिजिटल बोर्ड काँग्रेसका कार्यकर्ताले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । नगरपालिकाको एम्वुलेन्स र डिजिटल बोर्ड तोडफोड गर्ने नेपाली […]
नागरिक रैबार/ बाजुरा १४ असाेज। नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा सम्पन्न भएकाे निर्वाचनको मतगणना सूरू भएकाे छ । विहिबार प्रदेश सभा (ख) मा भएकाे निर्वाचनमा ७ सय २५ मत खसेकाे थियाे । निर्वाचनको मतगणना अहिले ११:१५ बजेबाट सूरू भएकाे निर्वाचन अधिकृत भरत शाहले बताएका छन् । उहाँका अनुसार मतपरिणाम भाेलि विहानसम्ममा सार्वजनिक […]
नागरिक रैबार/बाजुरा १३ असोज। प्रदेश सभा (ख) मा बन्ने १४ जनाको कार्य समितिका लागि ३९ जनाको उम्मेदवारी परेको छ । जसमा सभापति २ जना, उपसभापति ६ जना, सचिव ४ जना, सहसचिव ४ जना र प्रदेश अधिवेशन प्रतिनिधि (प्रत्येक्ष खुला) का लागि २३ जना रहेका छन् । त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को प्रत्येक्ष प्रदेश […]