होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा १२ पुस । बाजुरा जिल्ला खप्तड छेडेदह गाउँपालिका ७ सुर्खा बजारमा रहेकाे एक पसलमा आगलागी हुदा केहि नगद सहित करोडौंको सामान जलेर नष्ट भएको छ । पसल आगलागी हुनेमा खप्तड छेडेदह गाउँपालिका ओलि गाउँकै स्थानीय बासी अंग ओली रहेकाे स्थानीय बासिले जानकारी दिएका छन्। पसलमा आगलागी आइतबार साझ करिव ९:३० मा रहेको […]
सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको छ । हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । यहाँको तापक्रम माइनस ११ डिग्री सेलसियसभन्दा माथि पुगेपछि स्थानीयलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरुले महाधिवेशन अवधिभर खाना र बस्ने व्यवस्था आफैं मिलाउनुपर्ने भएको छ । खाजाको प्रवन्ध भने पार्टीले नै मिलाउने महाधिवेशन मूल व्यवस्थापन समिति आयोजक हिमाल शर्माले जानकारी दिए ।उनले भने, ‘प्रतिनिधिहरुले खाने, बस्ने व्यवस्था आफन्त, साथिभाइ र जनताको घरमा आफैं मिलाउनुपर्छ । खाजाचाहिं पार्टीले खुवाउँछ ।’ महाधिवेशनको व्यवस्थापनमा खटिएका एक नेताका […]
नागरिक रैबार/बाजुरा ९ पुस। बाजुरा बडिमालिका नगरपालीकाले बुझायो नेपाल बिद्युत प्राविधिकरणका क्षेत्रिय निर्देशक जंग बहादुर चन्दलाई ध्यानाकर्षण पत्र बुझाएको छ । सदरमुकाम मार्तडीमा नियमित बिद्युत संचालन नभएकाले सुचारुका लागि बडिमालिका नगरपालिका नगरप्रमुखद्धारा सुदुरपश्चिम प्रदेश प्रादेशिक अतरिया कैलालीका कार्यालयका सुदुर पश्चिम प्रदेशका निर्देशक चन्दलाई ध्यानाकर्ष पत्र बुझाएको हो । बिद्युत अनियमितताका कारण बाजुरा बासी ,संघ संस्था […]
निर्वाचन आयोगले ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक आगामी १४ वैशाखमा निर्वाचन गर्नेगरी सरकारसमक्ष मिति प्रस्ताव गरेको छ । आयोगका पदाधिकारी, प्रधानमन्त्री र सरकारका मन्त्रीबीच शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा आयोगकातर्फबाट स्थानीय तहको निर्वाचनका लागि १४ वैशाखको मिति प्रस्ताव भएको हो । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ७ सय ५३ वटै […]
हिमाली जिल्ला हुम्लामा शनिबार बिहानैबाट हिमपात हुँदा जिल्लाको जनजीवन प्रभावित भएको छ । हुम्ला सदरमुकाम सिमकोटमा एक इन्चभन्दा बढी हिउँ जमिसकेको छ । जिल्लाको उत्तरी भेगमा नाम्खा गाउँपालिकामा भने सदरमुकाम सिमकोटभन्दा बढी तिन फिट जति हिउँ जमेको नाम्खा गाउँपालिका ३ का सुनाम छिरिङ लामाले बताएका छन् ।नाम्खा गाउँपालिकाको उच्च भेग यारी लिमी नारा न्यालु लेकमा […]
मेरो नाम कैलीदेवी दास हो । म धनुषा जिल्लाको कमला नगरपालिका वडा नम्बर ४ सघारा निवासी हुँ । म ५९ वर्षकी भएँ । मलाई जाडो महीना कहिल्यै नआओस् जस्तो लाग्छ । जाडो महीनामा हामी जस्ता गरीबको त बिजोग नै हुन्छ । दिनभन्दा पनि रात कटाउन अति नै मुश्किल पर्छ । कुनै रात त शरीर पनि […]
नागरिक रैबार बाजुरा ८ पुस बडीमालिका नगरपालिकाकाे वडा नं ९ मा नेकपा एकीकृत समाजवादी पार्टीकाे वडा कमिटी गठन गरिएकाेे छ । विहिबार बडीमालिका ९ मा एकीकृत समाजवादी पार्टीकाे प्रथम वडा भेलाबाट धनसिंह चंदारा अध्यक्ष रहने गरि ४१ सदस्यीय वडा कमिटी गठन गरिएकाे हाे । त्यस्तै उपाध्यक्ष संगिता बिक नेपाली, लाेकेन्द्र हमाल, सचिव सुमन बिक नेपाली, […]
नागरिक रैबार/बाजुरा ७ पुस। बाजुरा जिल्लामा पहिलो पटक पिसिआर ल्याब सेवा सञ्चालनमा आएको छ । जिल्ला अस्पताल बाजुराले कोभिड जाँचको लक्षित गर्दै पिसिआर ल्याब सञ्चालनमा ल्याएको हो । कोभिड जाँचका लागि यो भन्दा अगाडि धनगढी, डोटि लगायत जिल्ला बाहीर जानुपर्ने बाध्यता रहेको थियो । सेवा सञ्चालनमा ल्याएर ७७ जनाको स्वाब परिक्षण समेत गरिसकेको जिल्ला अस्पताल […]
बाजुरा -नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाजुराले पुस ११ गते जिल्ला कमिटीको पूर्ण बैठक बस्ने भएको छ । पार्टीको जिल्ला अधिवेशनको पूर्व तयारीका लागि बैठक बस्न लागेको एमाले बाजुराले जनाएकाे छ। नेकपा एमालेले देशभरकै ७७ जिल्लामा पुस २३ गते एकै दिन जिल्ला अधिवेशन गर्न मिति तय गरेको छ । एकसाथ वडा र पालिका अधिवेशनको मिति तय […]
काठमाडौँः अन्तरजातीय बिहे गरेका हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरको नात्ता गाउँका एक सातादेखि बेपत्ता चन्द्रे कामी बुधबार बिहान भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार बिहान खार्पुनाथ गाउँपालिकाको याङ्चु भन्ने ठाउँमा उनलाई भेटेको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार बाटोमा हिँडिरहेको अवस्थामा उनी भेटिएका हुन् । सूचना अधिकारी […]
सिरहा औरही गाउँपालिकामा राखिएको गहुँको बीउ त्यहाँका किसानले लुटेर लगेका छन् । औरही गाउँपालिकाको अस्पताल परिसरमा रहेको एक घरमा वितरणका लागि राखिएको गहुँको बीउ किसानहरू लुटेर लगेका हुन् । बीउका लागि लाइनमा लागे पनि समयमा वितरण नगरेको, कसैलाई धेरै, कसैलाई थोरै मल दिएको, प्रहरीबाट दमन गर्न लगाएको आरोप लगाउँदै किसानहरुले बीउ लुटेर लगेको औरही गाउँपालिकाका […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीले गठबन्धन फुटाएर अझैपनि विभिन्न खालका चालबाजी गर्न खोजिरहेको भन्दै त्यसलाई सफल हुन नदिने बताएका छन् । सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन नफुट्ने बरु अन्य राजनीतिक शक्तिलाई समेत समेटेर थप बलियो बनाउने बताए । ‘हामी प्रतिगमनलाई निर्णायक ढंगले परास्त […]
धनगढीः जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेश भट्टको निधन भएको छ। एक्कासी बेहोस भएपछि उनलाई मंसिर २८ गतेदेखि उपचारका लागि काठमाडौंको अन्नपूर्ण अस्पतालमा भर्ना गरिएको थियो। सुगर लेभल र ब्लड प्रेसर बढेपछि चिकित्सकले उनलाई ब्रेन हेमरेज भएको बताएका थिए। उपचारकै क्रममा रहेका उनको सोमबार निधन भएको आफन्तले बताएका छन्। ५० वर्षीय भट्ट नेपाली कांग्रेसबाट जिसस […]
नागरिक रैबार/बाजुरा ५ पुस। बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी सहसचिवमा बढुवा भएका छन् । बढुवा समितिको सचिवालय सघिंय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयको सिफारीसमा कामको मुल्याङकन तथा योग्यताका आधारमा प्रजिअ अधिकारीलाई बढुवा गरिएको सुचनामा उल्लेख गरिएको छ । २०७८ पौष ४ गतेको निणर्य अनुसार योग्यता पुगेका बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी […]
काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ ।मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । यसअघि नवअन्नप्राशन […]
दार्चुला — गाउँघरमा चाडपर्व सकियो । हिउँदे सिजनको खेतीपातीलगायतका सबै काम सकिएको छ । बर्सेनि यही समयमा यहाँका अधिकांश पुरुष कामको खोजीमा भारत पस्ने गर्छन् । यतिबेला प्रमुख हिउँदेबाली गहुँ, जौ छर्ने काम सकाएर यहाँका स्थानीय दैनिक ज्यालादारीमा मजदुरी गर्न भारतका विभिन्न ठाउँमा गइरहेका छन् । ‘हिउँदेबाली नपाकेसम्म सामान्य घरायसी कामबाहेक गाउँमा अन्य काम नहुने भएकोले एक/दुई महिना मजदुरीको […]
कालीकोट — शुभकालिका–७ र ८ लाई बालविवाह निषेधित वडा घोषणा गरिएको छ । बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सामाजिक सुरक्षामा प्रतिकूल असर पारेको ठहर गर्दै संघीय संरचनापछि जिल्लाकै पहिलो बालविवाह निषेधित वडा घोषणा गरिएको हो । गाउँपालिकाको नेतृत्वमा २ वडालाई बालविवाह निषेधित घोषणा गरिएको वडा नं–८ का वडाध्यक्ष दीपराज महताराले बताए । ‘अब बालविवाह गर्नेलाई सामाजिक बहिष्कार […]
सिमकोट : दलितसँग विहे गरेको भन्दै युवतीका आफन्त आएर घरबाट लिएका दलित युवा दुई दिनदेखि बेपत्ता भएका छन् । बुधवार राती युवाको घरमा बसिरहेका बेला माइती पक्षबाट आएका कुटपिट गर्नुका साथै दुबै जना लिएको त्यसपछि केटालाई बेपत्ता रहेका छन् । मुगु जिल्लाको सोरु गाउँपालिका–१ को लिप्रु गाउँकी सुन्तली मल्ल र हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका–१ को […]
नागरिक रैबार/बाजुरा २ पुस। बाजुरा जिल्लाका मेहनति ३ जना कृषकलाई भिमदत्त उत्कृष्ट पुरस्कार वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र बाजुराको समन्वयमा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय दिपायल डोटीले बाजुराका ३ जना कृषकलाई जनही २५ हजार नगद सहित भिमदत्त उत्कृष्ट कृषक पुरस्कार वितरण गरेको हो । बाजुरा जिल्लामा कृषि पेशालाई नै […]