होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, माघ २, २०७८
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुराका ३ जना कृषकलाई भिमदत्त उत्कृष्ट पुरस्कार
Breaking News

बाजुराका ३ जना कृषकलाई भिमदत्त उत्कृष्ट पुरस्कार

  • नागरिक रैबार
बाजुराका ३ जना कृषकलाई भिमदत्त उत्कृष्ट पुरस्कार

नागरिक रैबार/बाजुरा २ पुस। बाजुरा जिल्लाका मेहनति ३ जना कृषकलाई भिमदत्त उत्कृष्ट पुरस्कार वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र बाजुराको समन्वयमा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय दिपायल डोटीले बाजुराका ३ जना कृषकलाई जनही २५ हजार नगद सहित भिमदत्त उत्कृष्ट कृषक पुरस्कार वितरण गरेको हो ।

बाजुरा जिल्लामा कृषि पेशालाई नै मुख्य आधार बनाएर जिविकोपार्जन गरीरहेका बडीमालिका नगरपालिका ३ रजालीका कृषक डवल रोकाया, बडीमालिका ७ का रामबहादुर धामी र बडीमालिका ४ का हर्क नाथलाई २०७७/७८ अन्तरगतको भिमदत्त उत्कृष्ट पुरस्कार प्रदान गरिएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मिनप्रसाद जैशीले बताएका छन् ।सुदूरपश्चिम प्रदेश सरकारले पहिलोपटक बाजुराका कृषकहरुलाई भिमदत्त उत्कृष्ट कृषक पुरस्कार वितरण गरिएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी जैशीले बताएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले बाजुराका कृषकहरुलाई कृषि पेशामा उत्पेरणा जगाउने गरी पहिलोपटक भिमदत्त उत्कृष्ट कृषक पुरस्कार वितरण गरेकोले यहाँका कृषकहरुको सम्मान भएको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख हरिप्रसाद पनेरुले बताएका छन् । उनले भने जिल्लामा व्यवसायीक रुपमा कृषि खेति गर्न चाहाने कृषकलाई यो पुरस्कारले थप हौसला प्रदान गरेको आशा व्यक्त गरेका छन् ।

विज्ञापन

भिमदत्त उत्कृष्ट कृषक पुरस्कार ग्रहण गर्दै कृषक डवल रोकायाले आगामी दिनहरुमा पनि कृषि पेशामा नै आत्मनिर्भर बन्न हौसला प्रदान भएको बताएका छन् । कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख हरिप्रसाद पनेरुको अध्यक्षतामा राखिएको भिमदत्त उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रममा बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी प्रमुख अतिथि रहेका थिए । त्यस्तै अतिथिमा भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र प्रमुख पशुपति नाथ, मतस्य विकास केन्द्र प्रमुख निर्मल खाति लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार