होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘कहिले टुंगिने भारतको भर ?’
समाचार

‘कहिले टुंगिने भारतको भर ?’

  • नागरिक रैबार
‘कहिले टुंगिने भारतको भर ?’

दार्चुला — गाउँघरमा चाडपर्व सकियो । हिउँदे सिजनको खेतीपातीलगायतका सबै काम सकिएको छ । बर्सेनि यही समयमा यहाँका अधिकांश पुरुष कामको खोजीमा भारत पस्ने गर्छन् ।

यतिबेला प्रमुख हिउँदेबाली गहुँ, जौ छर्ने काम सकाएर यहाँका स्थानीय दैनिक ज्यालादारीमा मजदुरी गर्न भारतका विभिन्न ठाउँमा गइरहेका छन् । ‘हिउँदेबाली नपाकेसम्म सामान्य घरायसी कामबाहेक गाउँमा अन्य काम नहुने भएकोले एक/दुई महिना मजदुरीको कमाईबाट खर्च धान्न भारतमा कामको खोजीमा जाँदै छु,’ दार्चुलाको नौगाड गाउँपालिका–१ का नरिसिंह ठगुन्नाले भने । भारतमा दैनिक ज्यालादारीमा काम पाइने हुँदा खाली समयमा सबैजसो उतै मजदुरी गर्न जाने चलन पुरानो हो, तर अधिकांका लागि यो बाध्यता पनि हो ।

भारतका विभिन्न क्षेत्रमा भारी बोक्ने र सडकलगायत पूर्वाधार निर्माणको काममा मजदुरी गरिरहेका प्रशस्तै नेपाली भेटिन्छन् । भारत उत्तराखण्डको पिथौरागढ र धार्चुला जिल्लाका विभिन्न ठाउँहरूमा सडकलगायतका भौतिक संरचना निर्माणमा नेपाली मजदुरहरूले काम पाउने भएकोले दार्चुलाका अधिकांश कामदारको पहिलो रोजाइ यिनै ठाउँ हुने गरेका छन् । कारण त्यहाँ पारिश्रमिक केही बढीसमेत पाइन्छ । बास र खाना खाएर दैनिक ८ सयदेखि १२ सय रुपैयाँसम्म कमाइ हुने कामदार बताउँछन् ।

विज्ञापन

महिनामा खर्च कटाएर २० हजारभन्दा बढी आम्दानी हुने व्यास गाउँपालिका–५ का धनसिंह धामीको भनाइ छ । बढी काम हुने समयमा सघाउन घर आउने र अरु बेला भारतमै ज्यालादारीमा दिनहरू बितिरहेको उनले बताए । ‘त्यहाँ हामी मात्र होइन, सयौं नेपालीहरू ज्यालादारीमै पसिना बगाइरहेका छन्,’ उनले भने, ‘घरमा कमाइ गर्ने कोही नभएपछि मजदुरी गर्न भारत जाँदै छु ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार