होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पाँच दलीय गठबन्धन कुनै हालतमा टुट्न दिँदैनौँ : प्रचण्ड
समाचार

पाँच दलीय गठबन्धन कुनै हालतमा टुट्न दिँदैनौँ : प्रचण्ड

  • नागरिक रैबार
पाँच दलीय गठबन्धन कुनै हालतमा टुट्न दिँदैनौँ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीले गठबन्धन फुटाएर अझैपनि विभिन्न खालका चालबाजी गर्न खोजिरहेको भन्दै त्यसलाई सफल हुन नदिने बताएका छन् ।

सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन नफुट्ने बरु अन्य राजनीतिक शक्तिलाई समेत समेटेर थप बलियो बनाउने बताए ।

‘हामी प्रतिगमनलाई निर्णायक ढंगले परास्त गर्नेगरी प्रस्तुत हुन्छौँ । उहाँले विभिन्न टुटाउन चालबाजी गर्न खोज्नुभएको छ, त्यो सफल हुनेछैन’, प्रचण्डको भनाइ छ । उनले गठबन्धनमा पटकपटक छलफल भइरहेको भन्दै कुनै हालतमा गठबन्धन कमजोर र टुटाउन नदिनेबारेमा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवासँग छलफल भइरहेको बताए ।

विज्ञापन

त्यसक्रममा प्रम देउवाले ओली प्रवृत्तिलाई सफल हुन नदिने विश्वास व्यक्त गरेको प्रचण्डको भनाइ छ । उनले वर्तमान सरकारले लोकतन्त्र र संविधानको रक्षा गर्दै देशलाई ट्रयाकमा हिँडाउने प्रयास गरेको बताए । उनले प्रतिगमन र प्रतिक्रान्तिका विरुद्धमा लड्न प्रेरणा मिलिरहेको समेत बताए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै