होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
हुम्ला — हुम्लाको सदरमुकाम सिमकोट वडा नम्बर ५ तल्लो गाउँस्थित गाईवस्तुका लागि जम्मा पारेर राखिएको स्याउला र दाउरा आगलागीबाट नष्ट भएको छ । आगलागीबाट एउटा गोठमा पनि क्षति पुगेको बताइएको छ ।मानवीय र अन्य भौतिक क्षति नभए पनि स्याउला र दाउरा जलेर नष्ट भएको छ । आगलागी नियन्त्रणमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहित स्थानीयहरू […]
बैतडीः महिनावारीका बेला महिलामाथि गरिने विभेद अन्त्य गर्नका लागि बैतडीसहित सुदूरपश्चिमका विभिन्न स्थानीय तहमा जनचेतनामूलक सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ। समाजमा रहेका हानिकारक परम्परागत प्रचलन हटाउनका लागि ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोग तथा सम्बन्धित पालिकाले साँस्कृतिक महोत्सव आयोजना गरिएको हो। महोत्सवमा लोक तथा ड्यौडा गायिका र मार्यादित महिनावारी व्यवस्थापन सद्भावना दूत रेखा जोशीले गीतमार्फत जनचेतना […]
नागरिक रैबार/बाजुरा २८ फागुन । बाजुरामा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष काँग्रेस प्रवेश गरेका छन्। शनिबार बाजुरा खप्तड छेडेदह गाउँपालिका वडा न १ का वडाध्यक्ष बीरबहादुर रावल काँग्रेस प्रवेश गरेका हुन्। उनले काँग्रेस नेता एवं गाउँपालिका अध्यक्ष समेत रहेका नरबहादुर रावत लगायत नेता कार्यकर्ताहरुको उपस्थितिमा पार्टी प्रवेश गरेका थ्रिए।
नागरिक रैबार/बाजुरा २८ फागुन । जिल्लाको सदुरमुकाम मार्तडी गुउडा डिल नजिकैको रोडमा ट्याक्टरले डक्कर एक महिला गम्भिर घाइते भएकि छन्। घाइते हुनेमा बडिमालिका–८ की अन्दाजी ३६ वर्षीय परु ऐडि रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरी कार्यालय बाजुराका अनुसार ट्याक्टर चालक प्रकाश विकलाई नियन्त्रण लिएको छ । घाइते महिलाको खुट्टामा गम्भिर चोट लागेको […]
काठमाडौं । वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मोरङ, झापा र काठमाडौं सबैभन्दा बढी मतदाता भएका जिल्ला हुन् ।निर्वाचन आयोगका अनुसार मोरङमा ७ लाख १७ हजार ६७ जना मतदाता रहेका छन् । मोरङपछि झापामा ६ लाख ५० हजार २५८ र काठमाडौंमा ६ लाख ४० हजार ५८ जना मतदाता रहेका छन् । निर्वाचन आयोगले आगामी वैशाख […]
हिउँदे याममा कुनै काम घरमा नहुने भएपछि घरखर्च चलाउनका लागि व्यापार गर्न र रोजगारीका लागि भारत पुगेका जुम्लावासी घर फर्कने क्रम सुरु भएको छ । दैनिक नेपालगञ्जको रुपैडिया नाका हुँदै जिल्ला फर्कने जुम्लावासीको घुइँचो लाग्न थालेको भारतको उत्तरखण्डको चमेली हुँदै घर फर्किएका तिला गाउँपालिका–१का हिमाल रावतले जानकारी दिए । गाउँमा रोजगारीका अवसर नभएपछि कामका लागि […]
नागरिक रैबार/बाजुरा २७ फागुन । बाजुराको जगन्नाथ गाउँपालिका ४ थारिकाडा बस्ने २२ बर्षिय मिना खत्री आर्थिक अभाबमा रोग पालिरहेकि छन् । २ बर्ष पहिला गंगालाल हृदय निवारण केन्द्रले मुटुको अप्रेशन गर्नुपर्ने बताएको भएपनि पैसा नहुदा मिना मृत्युलाइ कुरिरहेकी छन् । अस्पताले अप्रेसन नगर्दा सम्मका लागि खाने औषधि दिएको भएपनि पैसा नहुदा खाने औषधि छुटेको एक […]
काठमाडौं, २७ फागुन । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन गर्न आह्वान गरेको छ । लामो समयदेखि थाँती रहेको भूमिहीन दलितका समस्या यथाशक्य चाँडो समाधान गर्न आयोगले आवेदन आह्वान गरेको हो । आयोगले ४१ जिल्लाका १५९ स्थानीय तहमा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई सम्बन्धित स्थानीय तहबाट निवेदन […]
केन्द्रीकृत शासन व्यवस्था अनुरुप विकासका नयनले उपत्यका नेतृत्वमा पहुँच भएको स्थान बाहेक अन्य काहीं देखेन। २०७२ असोज ३ गते संघीयता समाबेशिता सहितको नेपालको संविधान निर्माण पछि सिंगो मुलुक संघ,प्रदेश र स्थानीय निर्वाचनमा हुमियो। सर्वसाधारणको दैलोदैलोमा सिंहदरवार पुग्ने कुराले एक खालको हर्ष उल्लासमय छाएको थियोे । वि सं २०७४ मा स्थानीय निर्वाचनमा नेकपा एमालेले देशै भर […]
पूर्वी रुकुमको एक ओडारभित्र लुकाई राखेको अवस्थामा करिब एक दर्जन थान सकेट बम फेला परेको छ । बिहीबार दिउँसो सिस्ने गाउँपालिका–२ को बुर्केसल्लास्थित ओडारमा गाई चराउन जानेहरूले बम जस्तो देखिने शंकास्पद वस्तु देखेका थिए । उनीहरुले गाउँपालिका–२ का वडाध्यक्ष जीवन केसीलाई खबर गरेका थिए । केसीले प्वाङ ईलाका प्रहरी कार्यालयलाई खबर गरेपछि प्रहरीले सकेट बम […]
काठमाडौँ — वर्षौंदेखि राजनीतिक दाउपेचमा जेलिएको नागरिकता विधेयकलाई प्रतिनिधिसभाको चालु अधिवेशनबाटै पारित गराउन सरकारले गृहकार्य थालेको छ । केपी शर्मा ओली नेतृत्वकै तत्कालीन सरकारले नागरिकता समस्या समाधानका लागि अध्यादेश ल्याएकाले एमाले प्रक्रियाबाट नभाग्ने गठबन्धनका नेताहरूको दाबी छ । यद्यपि संसद्मा एमालेको अवरोध जारी छ । विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई अंगीकृत नागरिकता दिँदा समयको सीमा राख्ने […]
काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ काप्चेमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने एक किशोरी घाइते भएकी छन् ।रविन आङबोहाङको घरमा आगलागी हुँदा सोही घरमा डेरा गरी बस्ने ६७ वर्षीया चुलिमाया लिम्बुको मृत्यु भएको हो । उनकी नातिनी १६ वर्षीया रेविना लिम्बु घाइते भएकी छन् । उनको अस्पतालमा उपचार जारी छ । जिल्ला प्रहरी […]
नागरिक रैबार/बाजुरा २६ फागुन। बाजुराको सदरमुकाम मार्तडीमा मोटर साईकलले ठक्कर दिदा एक बालिका घाइते भएकि छन् । घाईते हुनेमा बडीमालिका नगरपालिका वडा नं. ८ का कर्णबहादुर रावलकि वर्ष ६ कि सम्झना रावल रहेकी छिन् । विहिबार साँझतिर सदरमुकाम मार्तडीबाट कोल्टी तर्फ जाँदै गरेको सुप्रप ०१००८ प ७५४६ नम्बरको मोटर साईकलले ठक्कर दिदा बालिका घाईते भएको […]
सरकारले १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म एकै चरणमा देशैभर टाइफाइडविरुद्धको खोप दिने भएको हो । नेपालमा यसअघि नै टाइफाइडविरुद्धको खोप दिँदै आए पनि यस पटक अभियानकै रूपमा सञ्चालन गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोपका लागि स्वास्थ्यकर्मीलाई तालिम दिनेदेखि […]
कर्णालीका सबै गाउँमा पानीको शुद्धता मापनका लागि कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले परीक्षणको काम सुरु गरेको छ । १० जिल्लाबाट आएका प्रतिनिधिलाई तालिम दिएर पानी शुद्धता मापन गर्ने (किट बक्स) उपकरणसहित १० जिल्लामा पठाएको हाे । विज्ञसहितको टिमले २४ फागुनदेखि फागुन २६ गतेसम्म तालिम दिएर कर्मचारी जिल्लामा पठाएको हो । १० जना कर्मचारीलाई […]
नागरिक रैबार/बाजुरा २६ फागुन । नेपाली काँग्रेसका सह-महामन्त्री बद्रीप्रसाद पाण्डे गृह जिल्ला बाजुरामा आउने भएका छन् ।“घर घर जाँउ काँग्रेस जिताउ” भन्ने अभियान सहित सदरमुकाम मार्तडीमा यही फागुन २९ गते हुने चुनावी सभालाई सम्बोधन गर्न सह-महामन्त्री पाण्डे गृह जिल्लामा आउने कार्यक्रम रहेको उनका स्वकीय सचिव ताल बहादुर रावतले जानकारी दिएका छन् । उनका अनुसार फागुन […]
नागरिक रैबार/बाजुरा २६ फागुन। ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा क्रियटर जोन एकेडेमी प्रालिले मार्तडीमा आयोजना गरेको महिला खुला भलिवल प्रतियोगितामा मालिका मावि प्रथम भएको छ । “सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चितता“ भन्ने मुल नाराका साथ ११२औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा खुल्ला महिला भलिबल प्रतियोगितामा आयोजक क्रियटर जोन एकेडेमीसंग उत्कृष्ट खेल प्रर्दशन […]
नागरिक रैबार/बाजुरा २६ फागुन। जिल्लाको बुढीनन्दा नगरपालिकाका ३० जना जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरिएको छ । नगर भित्रका ६० देखि ७० वर्ष माथि पुगेका ३० जना जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो लुगा वितरण गरिएको नगर उपप्रमुख श्रृष्टि रेग्मी बताएकि छन् । नगरपालिकाले आज एक कार्यक्रमका विच जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरेको हो । […]
पाल्पा । पाल्पामा हस्तकलाका माध्यमबाट उत्पादित पाल्पाली ढाकाको प्रवर्द्धन अभियान थालिएको छ । यहाँका ढाकालाई ‘ब्राण्ड’ बनाएर यसमा आधारित उद्यमीलाई टेवा दिने लक्ष्यसहित सो अभियान सुरुवात गरिएको हो । लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका, युके एडको सीप नामक परियोजना र पाल्पाली ढाका सङ्घको साझेदारीमा ‘नेपाली ढाका समृद्धिका लागि साझेदारी’ कार्यक्रम मार्फत ‘ब्राण्डिङ’ गरिँदैछ । ब्राण्डिङ […]
नागरिक रैबार/बाजुरा २६ फागुन। जिल्ला प्रहरी कार्यालय बाजुराले आर्थिक वर्ष २०७८/७९ मा सवारी साधान कारवाहीबाट रु ७ लाख ३६ हजार ५ सय राजस्व सङ्कलन गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराको आठ महिनाको अवधी भित्र सवारी नियमको उलघंन गर्ने सवारी साधानलाई कारवाही गरी ७ लाख ३६ हजार ५ सय बढि रावस्व संकलन भएको जिल्ला प्रहरी […]