होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काठमाडौंभन्दा मोरङ र झापामा बढी मतदाता
समाचार

काठमाडौंभन्दा मोरङ र झापामा बढी मतदाता

  • नागरिक रैबार
काठमाडौंभन्दा मोरङ र झापामा बढी मतदाता

काठमाडौं । वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मोरङ, झापा र काठमाडौं सबैभन्दा बढी मतदाता भएका जिल्ला हुन् ।निर्वाचन आयोगका अनुसार मोरङमा ७ लाख १७ हजार ६७ जना मतदाता रहेका छन् । मोरङपछि झापामा ६ लाख ५० हजार २५८ र काठमाडौंमा ६ लाख ४० हजार ५८ जना मतदाता रहेका छन् ।

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली अध्यावधिक गरेको छ । र सोही विवरण शुक्रबार विभिन्न राजनीतिक दलका नेताहरूसँगको छलफलमा आयोगले प्रस्तुत गरेको छ ।प्रस्तुत विवरणले मोरङ र झापामा काठमाडौंमा भन्दा बढी मतदाता रहेको देखाएको हो ।

स्थानीय तह केन्द्रीत मतदाताको संख्याको हिसावले भने काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी मतदाता रहेका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं महागरपालिकामा ३ लाख ६८७ मतदाता रहेका छन् ।

विज्ञापन

काठमाडौंपछि कास्कीको पोखरा महागरपालिकामा २ लाख ८ हजार ७० मतदाता रहेका छन् । पोखरापछि सबैभन्दा धेरै मतदाता रहेको पालिका हो, चितवनको भरतपुर महानगरपालिका । भरतपुर महानगरपालिकामा १ लाख ८६ हजार ६६९ मतदाता रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार