होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — सरकारी तथ्यांकअनुसार देशभरि १ सय २५ जातजाति छन् । मधेसी आयोगको अध्ययनले भने तराई–मधेसमा मात्र १ सय २१ जात फेला पारेको छ । तीमध्ये ३५ जातको भने थर पहिचान हुन नसकेको आयोगले जनाएको छ । ‘मधेसी समुदायमा जातका आधारमा थर हुन्छ । यसअघि ८२ वटामात्र जात सूचीकरण भएको थियो,’ आयोगका अध्यक्ष विजयकुमार दत्तले भने । आयोगले प्रदेश–१, मधेस, […]
काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गामा होली खेलेर सेल्फी खिच्ने क्रममा आफ्नै घरको चौथो तलाबाट लडेर एकजना महिलाको मृत्यु भएको छ । गोलढुंगा बस्ने ४३ वर्षीया जीवनकुमारी खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । सेल्फी खिच्ने क्रममा रेलिङ भाँचिएर लड्दा गम्भीर घाइते भएकी खड्कालाई नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा लगिएको थियो । उपचारको क्रममा उनको […]
नागरिक रैबार / बाजुरा ४ चैत । जिल्ला अस्पताल बाजुराको व्यवस्थापन समितिको अध्यक्षमा मान बहादुर कार्की नियुक्त भएका छन् । सुदुर पश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पताल बाजुरामा कार्कीलाई अस्पतालको व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको हो ।नवनियुक्त अध्यक्ष कार्की बिहिबार नियुक्त भएका हुन । उनले नेकपा समाजबादीका तर्फबाट अध्यक्षका लागि सिफारी भएको बताएका छन […]
निर्वाचनमा गाडी नचल्ने ठाउँमा ४ वटासम्म घोडा प्रयोग गर्न पाइनेगरी निर्वाचन आयोगले आचारसंहिता बनाएको छ । आयोगले बिहीबार राजपत्रमा सार्वजनिक गरेको आचारसंहितामा दल, उम्मेदवार तथा दलको भातृ सङ्गठनले सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणका विषयमा उल्लेख गरिएको छ । जसअनुसार निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित क्षेत्रमा चुनावी प्रयोजनका लागि दुईवटा दुईपाङ्ग्रे वा […]
नागरिक रैबार / बाजुरा ४ चैत । जिल्लाको पुर्वीउत्तरी क्षेत्रमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा २ दिने निशुल्क स्वास्थ्य शिविर आजबाट संचालन भएकाे छ ।गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोग र बुढीनन्दा नगरपालिकाको आयाेजनामा काेल्टी प्राथमिक केन्द्रमा २ दिने निशुल्क स्वास्थ्य शिविर संचालन भएको हो । शिविरकाे एक कार्यक्रमका विच पुर्वउद्याेग मन्त्री कर्णबहादुर थापाले उद्घाटन गरेका […]
रङको पर्व होली आज यहाँ हर्षोल्लासका साथ मनाइँदै छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ ।होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेको पाइएको छ । केही मुसलमान […]
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जारी गरेको आचारसंहितामा सामाजिक सञ्जाल प्रयोगमा पनि कडाइ गरेको छ ।बिहीबार राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता २०७८ का कतिपय व्यवस्था सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि पालना गर्नुपर्नेछ । ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनका लागि जारी गरिएको आचार संहिता लागू हुने दिन भने आयोगले पछि तोक्नेछ […]
नागरिक रैबार/बाजुरा ३ फागुन । बाजुरा सदरमुकाम मार्तडीमा होली खेल्दै गर्दा एकजना युवा माथि खुकुरी प्रहारबाट घाइते भएका छन्। बडिमालिका नगरपालिका– ८का अन्दाजी २३ वर्षीय भरत थापा घाइते भएका हुन्।घाइतेको थापाको हातमा चोट लागेको छ । उनको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ। सदरमुकाम मार्तडीको बीच बजारमा थापामाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहार […]
नागरिक रैबार/बाजुरा ३ फागुन। आज फागू पूर्णिमा अर्थात होली पर्व । आपसमा रङ दलेर खुशियाली साटासाट गर्ने यो पर्व सदरमुकाम मार्तडीमा अघिल्ला वर्ष भन्दा उत्साहपूर्ण रुपमा मनाइएको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको प्रतिबन्धात्मक व्यवस्थाका कारण अघिल्ला दुई वर्ष ठूलो समूहमा सार्वजनिक स्थलमा होली खेल्न रोक लगाइएको थियो । यस वर्ष भने […]
काठमाडौं। सरकारले चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइड क्न्जुगेट भ्याक्सिन (टिसीभी) दिने भएको छ।१५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगिता मिश्राले जानकारी दिइन् । नेपालमा टाइफइडविरुद्धको खोप अभियानको रुपमा पहिलो पटक सुरु गर्न लागेको हो । यसअघि निजी क्लिनिकबाट पैसा तिरेर खोप […]
काठमाडौँः सरकारले म्यादी प्रहरीका लागि बेतको लौरोको बजेट नै कटौती गरेको छ। ‘स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७८’ मा प्रत्येक म्यादी प्रहरीलाई एउटा बेतको लौरो उपलब्ध गराइने उल्लेख छ। ‘म्यादी प्रहरीले नेपाल प्रहरीले प्रयोग गर्ने बेतको लाठी पोसाकको अंगका रूपमा प्रयोग गर्ने छन्’ भनिएको छ। तर, बेतको लाठीका लागि […]
रुकुम पश्चिम — सदरमुकाम मुसीकोटमा आयोजना हुने विभिन्न मेला, पर्व, भेला र सम्मेलनहरूमा ६१ वर्षीया पुतला दमाईंसहित हीरा परियार, कमला नेपाली, कुमारी नेपालीलगायत महिलाले बाजा बजाउने जिम्मा पाउँछन् । बाँफिकोट गाउँपालिका–२ का काली परियार, सुन्पा परियार, लालमाया परियारलगायतले पनि पालिकास्तरमा हुने कार्यक्रममा पञ्चेबाजा बजाउँदै आएका छन् । पुरुषहरूले मात्रै बाजा बजाउने मान्यता तोडेर यी दुई समूहमा आबद्ध […]
प्रकाश सिंह, बाजुरा: बाजुराको बुढिनन्दा नगरपालिका वडा नं ३ मा आर्थिक वर्ष २०७६/७७ मा शहरी स्वास्थ्य केन्द्रको भवन बन्यो। तर यो वडाका १५० परिवारलाई सामान्य उपचारका लागि पाँच घण्टा हिंडेर प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी पुग्नुपर्ने बाध्यताले छोडेको छैन। सुदूरपश्चिम प्रदेश सरकारले रु.१५ लाख खर्चेर बनाएको भवन स्वास्थ्यकर्मी नहुँदा अलपत्र छ। बिरामीलाई खोलाको बाटो बोकेर लैजाँदा […]
काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था दलित संघको महाधिवेशन फेरि स्थगित भएको छ ।चैत ७ देखि ९ सम्म बुटबलमा हुने गरी तय भएको महाधिवेशनलाई रोकिएको छ। आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टी चुनावी प्रचार अभियानमा रहेकाले स्थगित गर्न निर्देशन दिइएको छ। ‘दलित संघको महाधिवेशन अनिश्चितकालको लागि स्थगित भएको छ । अब स्थानीय तहको निर्वाचन पछि जेठतिर […]
नागरिक रैबार/बाजुरा ३ फागुन। कालिकोट जिल्लाबाट बाजुरामा व्यवसाय गर्नका लागि ल्याइएका रेन्बो ट्राउट जातका माछा बाटोमै मरेका छन् । बडीमालिका नगरपालिका वडा नं. ६ का विमल साउँदले माछा पालन व्यवसाय गर्नका लागि कालिकोट बाट २ लाख ५० हजार बढी रकम तिरेर खरिद गरी बाजुरा ल्याइएको माछा बाटोमै मरेको बताएका छन् । १ वर्ष अघि बडीमालिका […]
नागरिक रैबार/बाजुरा २ चैत्र। नेकपा एकिकृत समाजबादी पार्टी बाजुराले आगामी स्थानीय तहको निर्वाचनलाई मध्येनजर गरेर जिल्लाका ६९ वटै वडा र पालिकामा चुनावी सभा गर्ने भएको छ । समाजवादी पार्टीको सदरमुकाम मार्तडीमा आज बसेको पदाधिकारीको वैठकले जिल्लाका सवै पालिकामा आफ्ना मतदाताहरुसंग प्रत्येक्ष भेटघाट तथा छलफल सहित चुनावी सभा गर्ने निणर्य गरेको नेकपा एस बाजुराका सचिव पुरबहादुर […]
काठमाडौं । नेकपा एमालेले आफ्ना सांसदहरुलाई स्थानीय तह निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ ।बुधबार बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई चुनाव केन्द्रित हुन र गाउँ गाउँ जान निर्देशन दिए । उनले गाउँ गएर केन्द्रीय गतिविधि र संसद विघटनको विषयमा पार्टीको धारणा प्रष्ट राख्न आग्रह गरेका एमाले संसदीय दलका प्रमुख सचेतक […]
नागरिक रैबार/बाजुरा २ चैत्र। भोलि हिन्दुहरुको होली पर्व हो । होलिमा एकले अर्कालाई रंग दलेर रमाईलो गर्ने गर्छन् । तर पछिल्लो समयमा होली पर्वमा उछ्रिङ्कल गतिविधि हुने भएकाले यसलाई रोक्न प्रहरीले विशेष आग्रह गरेको छ । होली पर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय बाजुराले यहाँका नागरिकलाई सचेत गराएको छ । होलीको दिन उछ्ृंखल गतिविधि नगर्न […]
काठमाडौं, २ चैत । नेपाली कांग्रेसको ७७ वटै जिल्लामा नेतृत्व चयन भएको छ । पार्टीको १४औं महाधिवेशनअघि र पछि गरी दुई चरणमा जिल्ला अधिवेशन सम्पन्न भएको हो । जिल्ला अधिवेशनबाट आएको नतिजालाई हेर्दा सभापतिमा समावेशी देखिएको छैन । जिल्ला सभापतिमा अधिकांश खस आर्य निर्वाचित भएका छन् । महिला र थारु समुदायबाट शून्य प्रतिनिधित्व छ । […]
नागरिक रैबार/बाजुरा २ चैत्र । जिल्लाको पुर्वीउत्तरी क्षेत्रमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा २ दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरिने भएको छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र, गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोग र बुढीनन्दा नगरपालिकाको व्यवस्थापनमा चैत्र ४ र ५ गते २ दिन निशुल्क स्वास्थ्य शिविर संचालन गरिने भएको हो । शिविरमा हाडजोर्नी, गाइनोजिष्ट, नाक, […]