होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाललाई हिन्दु राष्ट्र बनाएरै छाड्छौ : पशुपति राणा
समाचार

नेपाललाई हिन्दु राष्ट्र बनाएरै छाड्छौ : पशुपति राणा

  • नागरिक रैबार
नेपाललाई हिन्दु राष्ट्र बनाएरै छाड्छौ : पशुपति राणा

राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर राणाले अपवित्र सम्झौताबाट नेपाललाई धर्मनिरपेक्ष बनाइएको भन्दै राप्रपाले हिन्दु राष्ट्र बनाइ छाड्ने दावी गरेका छन् । शुक्रबार काठमाडौको खुलामञ्चमा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता राणाले हिन्दु राष्ट्र नेपालको पहिचान भएको भन्दै कुन साजिसबाट धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेर सम्पुर्ण नेपालीलाई धोखा दिएको राणाको भनाइ छ ।

‘हामी यो मुलुकलाई हिन्दु राष्ट्र बनाइ छाड्छौ । जनमत संग्रह गराएर पनि गराइ छाड्छौ’, राणाको दावी छ । उनले ८१ प्रतिशत नेपाली हिन्दु राष्ट्रको पक्षमा रहेको भन्दै हिन्दु राष्ट्र बनाउनबाट अव राप्रपालाई कसैले रोक्न नसक्ने बताए ।
फरक प्रशंगमा उनले नेपाल शक्ति राष्ट्रको खेल मैदान बन्नु दुर्भाग्य भएको बताए । नेता राणाले शक्ति राष्ट्रले नेपाललाई खेल मैदान बनाउँदा नेपाल र नेपालीको सार्वभौमसत्ता र स्वतन्त्रता खतरामा परेको पनि बताए ।
‘उत्तरतिरबाट चिसो हावा चल्न थाल्यो, पश्चिमबाट मेघ गर्जिन थाल्यो । दक्षिणको रहस्यमय चुपचाप छ ।’ उनले नेपाललाई कुनै हालतमा शक्ति राष्ट्रको खेल मैदान बनाउनु दिनुहुन्न भनेर पुर्खाले भनेपनि आज नेपाल शक्ति राष्ट्रको खेल मैदान बनेको बताए ।

‘खेल मैदानमा शक्ति राष्ट्रले खेल्न नपाउन् भनेर शक्तिमा बसेका ठुला पार्टीले ख्याल गर्नुपर्छ’, राणाले भने,‘के ठुला पार्टीका नेताहरुले सावधानी अपनाएका छन् रु संवेदनशील भएका छन् रु’ राणाको प्रश्न छ । उनले ठुला दलका नेताहरुले शक्ति राष्ट्रले खेल मैदान बनेको बारे बुझेको पनि हुनसक्ने भएपनि तर कसरी यो अप्ठेरो परिस्थिति भयो रु यो दिशा हामीलाई चाहिएको बताए । उनले महँगी बढेको, अर्थतन्त्र संकटतर्फ धकेलिएको भन्दै यसको नियन्त्रण गर्न शासन सत्तामा बसेकाहरुले विशेष ध्यान दिन नसकेकोमा चिन्ता प्रकट गरे । उनले एमसीसीको उदाहरण दिदै यस्ता राजनीतिक दलका नेताबाट कसरी मुलुक चल्छ भनेर विश्वास गर्ने भनेर प्रश्न गरे ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार