होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं – सांसद मोहम्मद आफताब आलमलाई पक्राउ गरिनु काँग्रेसविरुद्धको षड्यन्त्र भएको प्रतिक्रिया दिएका काँग्रेस सभापति शेरबहादुर देउवाले उक्त अभिव्यक्तिमा संशोधन गरेको छन् । शुक्रबार पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटनमा देउवाले आलम पक्राउको विरोध गरेका थिए । सो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि देउवाले शनिबार दिउँसो प्रेस विज्ञप्ति जारी गरी […]
काठमाण्डौ – निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले एक प्रतिनिधिसभा , तीन प्रदेशसभा र ४८ स्थानीय तह गरी ५२ रिक्त पदका लागि हुने उपनिर्वाचनको मनोनयन दर्ताका लागि शुक्रवार कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागिे मनोनयन दर्ताको समय कात्तिक २१ गते सम्म तोकिएको […]
कात्तिक २ – काठमाडौं । सरकारले शनिबार र आइतबार दुई दिन ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ । प्रदेश तथा स्थानीय तहसँग मिलेर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो । नजिकको खोप केन्द्र वा वडा कार्यालयमा […]
असोज १७ – कैलालीमा सेवाग्राही बाट घुस लिदै गर्दा सशस्त्र प्रहरी सहायक हवलदार र जवान रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर बाट खटिएको टोलीले भारत बाट आउने समानमा सहजीकरण गरि दिने भन्दै सेवाग्राही बाट लिएको २० हजार घुस सहित दुई जना लाई पक्राउ गरेको हो। अख्तियार महेन्द्रनगरका निमित्त प्रमुख प्रेम बस्नेतको टोलीले […]
१७ असोज, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रवन्धक परिवर्तन गरेको छ । प्राधिकरणले विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीलाई बिहीबार साँझ सचिवालयमा तानेको छ । स्रोतकाअनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणबारे सूचना चुहाएको आरोपमा उनीमाथि कारबाही गरिएको हो । प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले भने नियमित प्रशासनिक प्रक्रिया अनुसार विमानस्थलको नेतृत्व […]
कैलाली,असाेज १७- कैलालीको लम्कीमा खुकुरी प्रहार हुदा एकजना घाईते भएका छन्। लम्कीचुहा नगरपालिका वडा नम्बर २ का अन्दाजी ३१ वर्षीय कृष्णबहादुर बुढामगरमाथि स्थानीय युवाको समूहले खुुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी नीरिक्षक ज्ञानेन्द्र चन्दले खुकुरी प्रहारबाट घाईते भएका बुढामगरको लालरत्न अस्पतालमा उपचार भईरहेको जानकारी दिए। उनको अवस्था खतरा मुक्त […]
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ यही असोज २५ गते अर्थात् अक्टोबर १२ तारिखमा नेपाल आउने भएका छन्। चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण दुई साताअघि नै तय भए पनि सरकारले गोप्य राखेको छ। सरकारी उच्च स्रोतका अनुसार सी २५ गते नेपाल आई २६ गते फर्कने छन्। ‘अहिलेसम्म सी नेपाल आउने अक्टोबर १२ तारिखकै कुरा छ तर […]
काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महराबाट आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै मिडियामा आएकी संसद सचिवालयमा कार्यरत महिलाले हाल आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गर्दै प्रहरीमा निवेदन दर्ता गराएकी छिन् । उनले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा बुधबार निवेदन दर्ता गराएकी हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले महिलाले निवेदन दर्ता गराएको पुष्टि गरे । […]
१५ असोज, काठमाडौं । विजयादशमी (टीका) आउन अब केही दिन मात्र बाँकी छ । हिन्दु धर्मावलम्बीले मनाउने यो महान चाडमा कतिपय परिवारजनले जुठो वा सूतकका कारण टीका लगाउन पाउँदैनन् । कतिपय परिवारजनचाहिँ टीका लगाउने कि नलगाउने भन्ने दोधारमा छन् । आखिर कस्तो अवस्थामा दशैंको टीका लगाउनहुँदैन ? र, कस्तो अवस्थामा टीका लगाउँदा हुन्छ ? आफू […]
काठमाडौँ– संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीसँगको विवादित सम्बन्धले कृष्णबहादुर महराले सभामुख पद गुमाउनु पर्यो । नेपालको राजनीतिक इतिहासमा यौन दुर्व्यवहारको आरोपमा संवैधानिक पदमा बसेका व्यक्तिले यसरी राजीनामा दिएको पहिलो पटक हो । यद्यपि महरामाथि आरोप लगाउने महिलाको बोली फरक देखिन थालेको छ । उनले तीनकुनेस्थित महानगरीय प्रहरीवृत्त बानेश्वरमा बुधबार साँझ आफै उपस्थित भएर आफू […]
काठमाडौँ । अप्रत्याशित रूपमा कार्यकालको बीचमै सभामुख कृष्णबहादुर महराले राजीनामा दिने परिस्थिति बनेपछि नयाँ सभामुख निर्वाचनको विषयले पनि चर्चा पाएको छ । नयाँ सभामुख चयन नियमित वा विशेष अधिवेशनमा गर्ने परामर्श भएको छैन । अधिवेशन र पात्रबारे अनौपचारिक परामर्श भने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चलाएको छ । सभामुखबाट महराले दिएको राजीनामा बुधबार सनाखत गरी रिक्तताको सूचना टाँस भएको […]
बारा : घरेलु मदिरा उत्पादन गर्न बनाइएको भूमिगत टयाङ्कीमा परेर एकै परिवारका चार सहित पाँच जनाको मृत्यु भएको छ। बाराको फेटा गाँउपालिका ४ बतरा गाँउमा रहेको जोगा मुखिया बिनको घरभित्र बनाइएको भूमिगत ट्याङकीभित्र मुखियासहित पाँचजनाको मृत्यु भएको हो। मृत्यु हुनेहरुमा ४० वर्षीय मुखिया बिन, उनकी श्रीमति ३७ वर्षीया वर्षीया लालमुनि देवी, छोरी १० वर्षीया सुमनी कुमारी, […]
काठमाडौं : प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका छन् । मंगलबार उपसभामुख समक्ष राजीनामा दिएका हुन् । आफ्नो चरित्रमा प्रश्न उठाई लगाइएका आरोपबारे सत्यतथ्य छानबिन गर्न सहयोग पुगोस भनी राजीनामा दिएको महराले राजीनामा पत्रमा भनेका छन् । संसदकै एक महिला कर्मचारीले यौनदुर्व्यवहारको आरोप लगाएपछि मंगलबार बिहा बसेको नेकपाको सचिवालय बैठकले महरालाई सांसद […]
नागरिक रैबार/बाजुरा १३असोज। भदौ १६ गते देखि बेपत्ता भएका जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ मार्तडी गैरीबजारका २४ वर्षिया लालबहादुर विक एक महिना पछि शकुसल फेला पारेका छन् । भारतको पन्जबमा विकलाई शकुसल फेला पारेको आभाश बडुवालले बताएका छन् । नेपाल तरुण दल भारत गजियाबद सक्रिय सदस्य टेक बडुवाल र आभाश बडुवालकाे पहँलमा बिकलाइ फेला पारेकाे […]
रोल्पा, १३ असोज । रोल्पामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सुनिल स्मृति गाउँपालिका–३ रुइनिबाङमा सोमबार भएको बस दुर्घटनामा परि दुईजनाको मृत्यु भएको हो । दुर्घटनामा परि लुङ्ग्री गाउँपालिका–३ का २२ वर्षीय चालक यामलाल घर्ती र लुङ्ग्री गाउँपालिका–२ का १८ वर्षीय यात्रु सूर्यलाल जीएमको घटनास्थलमै मृत्यु भएको सुनिल स्मृति गाउँपालिका–३ का वडा सदस्य सुरेन्द्र […]
१३ असोज, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ बाँदरेमोडमा स्वराज गाडी (ट्रक)ले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार सिन्धुपाल्चोकका २९ वर्षीय राजीव गुरुङ रहेका छन् । चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८३१९ नम्बरको स्वराज गाडीले बिपरित दिशातर्फ जाँदै गरेको बा ९५ प […]
नागरिक रैबार/बाजुरा १३असोज। बाजुरा जिल्लाभित्रका हिंसा पीडित महिलाहरुका लागि सदरमुकाम मार्तडीमा निर्माण भएको आवासगृह यतिबेला दोहोरा हिंसाको मार खेपिरहेको छ । जिल्लाभित्रका विभिन्न प्रकृतिका घटनाबाट पीडित भएका महिला तथा बालबालिकाहरुको न्यायमा पहँुचका लागि सहज वातावरण सृजना गर्न आवासगृहको निर्माण भएको हो । २०७३ साल जेठबाट संचालनमा आएको उक्त आवासगृह तत्कालिन जिल्ला विकास समिति बाजुराको महिला […]
कैलाली – जिल्लाको मोहन्याल गाउँपालिका ५ को झल्कीपानी स्थित खोलामा मृत अवस्थामा एक बालकको सव फेला परेको छ । मोहन्याल गाउँपालिका ८ का सुर्यबहादुर रानामगरका १२ वर्षीय छोरा शिशिर राना खोलामा मृत भेटिएका हुन । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मोहन्याल गाउँपालिकाको तालबन्द घुम्न गएका शिशिर आईतबार साँझ बाजपानी खोला तर्ने क्रममा बगेर वेपत्ता भएका थिए […]
नागरिक रैबार/बाजुरा १३असोज। सदरमुकाम मार्तडीमा रहेको रोयल होटलबाट प्रहरीले नगद सहित ६ जना जुवाडे पक्राउ गरेकाे छ । नगदसहित जुवा खेलिरहेकाे बेला प्रहरीले जुवाडेलाई रङगे हात पक्राउ गरेकाे छ। प्रहरीले साेमबार बिहान ११ बजे जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको हाे । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले राेयल हाेटल संचालक अन्तिम जगं […]
ललितपुर । वरिष्ठ संचारकर्मी मण्टेश्वरी राजभण्डारीसहित नौं जना महिला सम्मानित भएका छन् । नवनारी मिडियाको १२ औँ बार्षिक उत्सवका अवसरमा काठमाडौंमा आयोजित एक समारोहमा हरेक पेशा र व्यवसायका अनुभवी एवम् दक्ष महिलाहरुलाई सम्मानित गरिएको हो । कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले प्रतिनिधिसभा सांसद तथा सामाजिक अभियन्ता शान्ता चौधरी, वरिष्ठ संचारकर्मी मण्टेश्वरी […]