होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अछाममा कर्णाली नदीको गहिराई नाप्ने टोली चढेको ढुङ्गा दुर्घटनामा परेको छ। जिल्लाको ढकारी गाउँपालिकामा बेतान कर्णाली हाइड्रोपावरका लागि नदीको गहिराइ नाप्न गएको टोली दुर्घटनामा परेको प्रहरीले जनाएको छ। तर मानवीय क्षती भने भएको छैन्। डुंगा र मोटरमा क्षती भएको अछाम प्रहरीले जनाएको छ। ढुङ्गा डुब्दा मोटर झण्र्डै १५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ। […]
काठमाडौं । निजामती कर्मचारीको अनिवार्य अवकाशका लागि उमेरहद बढाइएको छ । यसअघि ५८ वर्ष उमेर पुगेपछि अनिवार्य अवकाशको व्यवस्था थियो । अनिवार्य अवकाशको उमेर हद दुई वर्ष बढाउँदै ६० वर्ष पु-याइएको हो । बिहीबार सिंहदरवारमा बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हदबारे सहमति जुटेको हो । संघीय निजामती सेवा […]
■ डिल्लीराम अम्माई फिजी भन्ने देश कसरी बन्यो र बेलायतबाट भारत स्वतन्त्र भइसकेपछि शासकहरूले फिजीको मौलिक पहिचानको विरुद्ध कसरी धावा बोले ? ४० प्रतिशत भारतीयले फिजीका आदिवासीहरूको मूल थलो कसरी कब्जा गरे ? त्योबारे यहाँ बहस गर्न खोजिएको होइन । यहाँ भारतीय ब्रिटिस कम्पनीले सन् १८७९ को मे महिनामा झुक्याएर उखुखेतीमा काम गर्नको लागि फिजी […]
सरल र सर्बसुलभ रुपमा जहाँ पनि पाईने तरकारीको रुपमा हामी रायोलाई लिन्छौँ । हामीले आफ्नो खेतबारीमा थोरै मिहेनतले पनि फलाउन सक्ने तरकारी पनि हो रायो । तर रायोका फाईदा बारे हामीलाई केही थाहा हुदैन र हामीले खालिरहेको जमिनमा के काम चलाउ हिसावले रायो फालएको धेरै ठाउमा पाईन्छ । रायोको सागले हामीलाई स्वस्थ रहन विभिन्न रोगबाट […]
२४ कात्तिक, डोटी । आमरण अनसनरत डा.गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आइतबार सरकारी सवारी साधन चलाउन रोक लगाइएको छ । डा. केसी अनसन बसेको सातदिन बितिसक्दासमेत सरकारले कुनै सुनुवाई नगरेको भन्दै समर्थकले सरकारी नम्बर प्लेटका सवारीसाधन सञ्चालनमा रोक लगाएका हुन् । आइतबार कुनै पनि सरकारी गाडी चल्न नदिइने डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टले जानकारी […]
काठमाडौँ २४ कार्तिक । अन्तर्राष्ट्रिय सङ्गठित अपराध तथा आपराधिक समूहमाथि निगरानी र नियन्त्रण गर्न नेपाल सक्षम र सफल देखिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् । नेपालको सुरक्षा संवेदनशीलता तथा सतर्कताको अवस्थालाई लिएर आएका कतिपय बाह्य प्रतिवेदनमा सत्यता नभएको दाबी सुरक्षा अधिकारीको छ । अन्तर्राष्ट्रिय आपराधिक समूहसम्बन्धी सूचना आदानप्रदान, समन्वय तथा निगरानी गर्न […]
नेपालगञ्ज । पछिल्लो समय भारतले नेपाली भूमि मिचेर नयाँ नक्सा जारी गरेसँगै देशभर भारतको व्यापक विरोध भईरहेका बेला भारतले नेपालगञ्ज नाका बन्द गरेको छ । भारतले नक्सा विवादमा नाका बन्द गरेको नभई आज (शनिबार) भारतको सर्वोच्च अदालतले अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले आज बिहानैबाट नाका बन्द गरिएको भारतीय पक्षले जनाएको छ […]
डडेल्धुरा, कात्तिक २२ । डडेल्धुरामा सोमबारदेखि अनशन सुरु गरेका चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा. गोविन्द केसीलाई अनशनस्थलबाट डडेल्धुरा अस्पताल सारिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि केसीलाई अनशन बसेको निजी घरबाट डडेल्धुरा अस्पताल सारिएको हो । सदरमुकामस्थित अस्पताल निजिकै रहेको निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा कोठामा केसी अनशन बसिरहेका थिए । डा. केसीको स्वास्थ्यमा […]
५७ नम्बर पिलर र सगरमाथाको उचाईमा विवाद काठमाडौं : चीनसँगको सीमाबारे विवाद भएको खासै बाहिर आउँदैन। पहाडी र विकट हिमाली क्षेत्र भएकाले चीनसितको सीमा–विवाद बाहिर नआएको मात्रै हो। नापी विभाग महानिर्देशक प्रकाश जोशीले दुई ठाउँमा सीमा विवाद रहेको बताए। उनले सगरमाथाको उचाई, दोलखाका पर्ने ५७ नम्बर पिलरमा समस्या रहेको स्वीकार गरको छन्। नेपाल र चीनको सगरमाथाको […]
नागरिक रैबार /बाजुरा २२ कार्तिक । बाजुराको गौमुल गाउँपालिका ३ माझपालीबाट शुक्रबार दिउसो नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सहित १६ जना कार्यकर्ता पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय घटमुनाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिं भाटले बताउनुभएको छ । गाउँमा चन्दा संकलन गरिरहेको बेला गोप्य सुचनाका […]
काठमाडौं २२ कात्तिक । नेपाली सीमामा भारतीय पक्षले गरेको अतिक्रमण र उपनिर्वाचनका लागि बिहीबार गरिएको मनोनयन दर्ता आजका दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ । यसबाहेक अपराध र अनियमिततासँग सम्बन्धित विषय पनि आजका पत्रिकाहरूले उठाएका छन् । ‘भारतले कालापानीवरै पनि मन्दिर बनाउन दिएन’ शीर्षकमा कान्तिपुरले सीमा अतिक्रमणबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार भारतीय पक्षले […]
काठमाडौँ — नेपाल–भारतको सीमा कति लामो होला ? यसबारे दुवै मुलुकका दाबी छुट्टाछुट्टै छन् । केही ठाउँमा सीमा विवाद कायमै रहेका कारण हालसम्म यसको लम्बाइबारे साझा बुझाइ बन्न सकेको छैन । मुख्यतः दार्चुलास्थित लिम्पियाधुरा, लिपुलेक र कालापानी तथा नवलपरासीको सुस्ता क्षेत्र भारतीय अतिक्रमणमा परेका कारण यस्तो हुन गएको हो । नेपालको उत्तरी छिमेकी चीनसँगको एक हजार चार सय १४ […]
बैतडी २२ कार्तिक । बैतडीको पुर्चौडीमा प्रसिद्ध गिरेगाणा जात्रा लाग्ने भएकोले पुर्चौडी नगरपालिकाले आज सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार बसेको नगरकार्यपालिकाको बैठकले आज एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । विदामा सेवाक्षेत्र भित्रका सबै सरकारी कार्यालयहरु बन्द रहने नगरपालिकाले जनाएको छ ।
काठमाडौँ । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग अतिक्रमण गरिएको विरोधमा देशभर आन्दोलन जारी रहेको छ । यसैक्रममा शुक्रबार राजधानीस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्दै विद्यार्थीहरुले भारतको नक्सा जलाएका छन् । संयुक्त विद्यार्थी आन्दोलनको ब्यानरमा गरिएको प्रदर्शनमा उनीहरुले अतिक्रमित सम्पूर्ण नेपाली भूमि फिर्ता गर्नुपर्ने मागसहित नारा लगाएका थिए । हेर्नुहोस् तस्विर
(नयाँदिल्ली) — आफूले जारी गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालमा विरोध भइरहेको सन्दर्भमा भारतले पहिलोपटक औपचारिक प्रतिक्रिया दिएको छ । उक्त नक्साले ‘भारतको सार्वभौम भूभागलाई सही ढंगले चित्रण गरेको’ र ‘नेपालसँगको सीमामा कुनै फेरबदल नगरिएको’ उसको दाबी छ । भारतीय विदेश मन्त्रालयद्वारा बिहीबार नयाँदिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा कान्तिपुरले राखेको जिज्ञासामा मन्त्रालयका प्रवक्ता रविशकुमारले यस्तो धारणा राखेका […]
काठमाडौं २२ कात्तिक । विद्युतको उपलब्धता बढेसँगै उपभोग बढाउनुपर्ने चुनौतीमा रहेको नेपाल विद्युत् प्राधिकरणले महसुल समायोजन गर्ने तयारी गरेको छ । उपभोक्तालाई बढीभन्दा बढी विद्युत् खपत गर्न प्रोत्साहन गर्नेगरी रणनीतिक तवरबाट महसुल बढाउन लागिएको हो । तीन वर्ष अगाडिसम्म नेपाल विद्युत् प्राधिकरण जनतालाई बिजुली कसरी फारु गर्ने भनेर सिकाउन अभ्यस्त थियो । अहिले ठीक उल्टो प्राधिकरण […]
२२ कात्तिक, काठमाडौं । प्रतिबन्धित विप्लव समूहका भक्तपुर र ललितपुरका पूर्वइञ्चार्ज टेकबहादुर केसी पक्राउ परेका छन् । केसीलाई भक्तपुरबाट खटिएको प्रहरी टोलीले गएराति निकोसेराबाट नियन्त्रणमा लिएको हो । भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले केसी पक्राउ परेको पुष्टि गर्दै उनको साथबाट चन्दा उठाएको रसिद, मोबाइल फोनलगायत सामग्री बरामद भएको अनलाइनखबरलाई जानकारी दिए । केसीलाई अहिले जिल्ला प्रहरी कार्यालय, […]
ठगी र किर्ते मुद्दामा फरार रहेका सुदूरपश्चिम प्रदेशका एक मन्त्रीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन अघि बढाएको छ । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले आपराधिक गतिविधिबाट समेत सम्पत्ति आर्जन गरेको सूचनाका आधारमा विभागले विस्तृत छानबिन अघि बढाएको हो। रावलमाथि छानबिनका लागि विभागले नेपाल प्रहरीका एसपीको नेतृत्वमा विशेष छानबिन टोली गठन गरेको […]
काठमाडौं– भारतले आफ्नो नयाँ नक्सामा नेपाली सीमाबारे कुनै परिवर्तन नभएको दाबी गरेको छ। बिहीबार भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी नयाँ नक्सामा नेपाल र भारतको सीमानाबारे कुनै परिमार्जन नगरेको बताएको हो। भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक पनि समावेश गरेर औपचारिक रुपमै नेपाली भूमि हडप्न खोजेको भन्दै विरोध प्रदर्शन भइरहेका बेला भारतीय […]
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले झुलाघाटमा पक्की पुल निर्माण हुने आश्वासन दिएका छन्। भ्रमण बर्षलाई लक्षित गर्दै बैतडीमा आयोजित राष्ट्र निर्माण महामहोत्सवको उद्वघाटन गर्दै मन्त्री ज्ञवालीले यस्तो आश्वासन दिएका हुन्। झुलाघाट नाकामा पक्की पुल निर्माणको लागी भारत सरकार सहमती नजिक रहेको बताउँदै उनले सहमती भएपछि पुल निर्माण हुने बताए। बैतडीमा पुल निर्माणको माग गर्दै ३७ दिनसम्म रिले […]