होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष
समाचार

निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष

  • नागरिक रैबार
निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष

काठमाडौं । निजामती कर्मचारीको अनिवार्य अवकाशका लागि उमेरहद बढाइएको छ । यसअघि ५८ वर्ष उमेर पुगेपछि अनिवार्य अवकाशको व्यवस्था थियो । अनिवार्य अवकाशको उमेर हद दुई वर्ष बढाउँदै ६० वर्ष पु-याइएको हो ।

बिहीबार सिंहदरवारमा बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हदबारे सहमति जुटेको हो । संघीय निजामती सेवा विधेयकमाथिको दफावार छलफलमा कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष राख्न सदस्यहरु सहमत भएका हुन् ।

२०२१ सालपछि जन्म भएका सबै कर्मचारीको हकमा अनिवार्य अवकाशको उमेर हद ६० वर्ष राख्नेमा सहमति भएको हो ।बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६५ वर्ष राख्न प्रस्ताव गरेका थिए । न्यायाधीश, प्राध्यापक, संवैधानिक निकायका अधिकारीहरुको अवकाश ६५ वर्षमा हुने, कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष राख्नु उचित नहुने उनको भनाइ थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार