होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भारतद्धारा नेपालगञ्ज र कपिल्बस्तु नाका बन्द
समाचार

भारतद्धारा नेपालगञ्ज र कपिल्बस्तु नाका बन्द

  • नागरिक रैबार
भारतद्धारा नेपालगञ्ज र कपिल्बस्तु नाका बन्द

नेपालगञ्ज । पछिल्लो समय भारतले नेपाली भूमि मिचेर नयाँ नक्सा जारी गरेसँगै देशभर भारतको व्यापक विरोध भईरहेका बेला भारतले नेपालगञ्ज नाका बन्द गरेको छ । भारतले नक्सा विवादमा नाका बन्द गरेको नभई आज (शनिबार) भारतको सर्वोच्च अदालतले अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले आज बिहानैबाट नाका बन्द गरिएको भारतीय पक्षले जनाएको छ ।

पूर्व सूचना दिँदा घुसपैट हुन सक्ने भन्दै एक्कासी आज बिहानबाट नाका बन्द गरिएको भारतीय सुरक्षाकर्मीले जनाएका छन् । एक्कासी नाका बन्द हुँदा भारततर्फ जान लागेका नेपाली अलपत्र परका छन् । भारतीय पक्षले नेपालगञ्जबाट बिरामी बोकेका एम्बुलेन्स बाहेक कसैलाई प्रवेश गर्न दिएको छैन ।

त्यस्तै राम जन्मभूमि–बाबरी मस्जिद भूमि विवाद मुद्दामा सर्वोच्च अदालतको फैसला आउनुपूर्व भारतीय केन्द्र सरकारले सबै राज्यसँग अलर्ट रहन र संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरेको छ । भारतको सबैभन्दा संवेदनशील, धार्मिक र राजनीतिक मुद्दामध्ये एक मानिएको राम जन्मभूमि–बाबरी मस्जिद विवादमाथि भारतका मुख्य न्यायाधीश रंजन गोगोईको नेतृत्वमा सर्वोच्च अदालतले आज फैसला सुनाउने छ । अयोध्यामा मन्दिर–मस्जिद विवादलाई लिएर भारतीय सर्वोच्च अदालतले गर्ने फैसलालाई लिएर अयोध्या लगायत उत्तर प्रदेशमा कडा सुरक्षा व्यवस्था लागू गरिएको छ । आज बिहान साढे १०ः०० बजे अयोध्या विवादको फैसला आई सक्ने बताइएको छ ।

विज्ञापन

भारतीय सरकारले अर्दसैनिक बलका करिब ४० हजार सुरक्षाकर्मीले भारतमा गस्ती गरिरहेका छन् । स्कुल, कलेज बन्द छन् भारतका विभिन्न ठाउँहरुमा उच्च सुरक्षा व्यवस्था गरिएको छ । अयोध्यामा धारा १४४ लागू गर्दै उच्च सुरक्षा व्यवस्था लागू गरिएको छ । फैसलाको सूचनासँगै भारत सरकारले २५ गतेसम्म सम्पूर्ण स्कुल, कलेज बन्द गर्ने निर्देशन दिएको बि.वि.सी.ले जनाएको छ ।

भारतले यसै विषयलाई लिएर नेपाल सरकारसँग सुरक्षा व्यवस्था गर्न र नाकामा हुनसक्ने सुरक्षा संवेदनशीलताप्रति सजग गराएको छ । नेपालसँग सीमाना जोडिएका भारतका विभिन्न जिल्लाहरूमा सीमा नाकाहरू बन्द गरिने भएको छ । भारतको सर्वोच्च अदालतले गर्ने फैसालका कारण भारतीय सीमा नाका बन्द गरिएको र भारत सरकारको अनुरोधमा कपिलवस्तुका सीमा नाका बन्द गर्ने निर्णय गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताउनुभयो ।

सोही अनुरूप भारतकोे सीमाना जोडिएको कपिलवस्तुमा शनिबार बिहानदेखि बन्द भएको छ । अवस्था हेरिकन सीमा नाका खोलिने जिल्ला प्रशासन कपिलवस्तुले जनाएको छ । एक्कासी भारतको सर्वोच्च अदालतले आज फैसला गर्ने बताएपछि सर्वसाधारणले यसलाई महत्वका साथ लिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार