होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, कार्तिक ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अनशनरत डा. केसीलाई अस्पताल लगियो
समाचार

अनशनरत डा. केसीलाई अस्पताल लगियो

  • नागरिक रैबार
अनशनरत डा. केसीलाई अस्पताल लगियो

डडेल्धुरा, कात्तिक २२ । डडेल्धुरामा सोमबारदेखि अनशन सुरु गरेका चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा. गोविन्द केसीलाई अनशनस्थलबाट डडेल्धुरा अस्पताल सारिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि केसीलाई अनशन बसेको निजी घरबाट डडेल्धुरा अस्पताल सारिएको हो ।

सदरमुकामस्थित अस्पताल निजिकै रहेको निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा कोठामा केसी अनशन बसिरहेका थिए । डा. केसीको स्वास्थ्यमा प्रतिकूल समस्या देखिएपछि जनप्रतिनिधि, स्थानीय नागरिकको रोहबरमा अनशन बसेको पाँचौं दिनमा शुक्रबार राति अस्पताल सारिएको हो ।

उनलाई डडेल्धुरा अस्पतालको आकस्मिक कक्षमा राखिएको छ । उनको हाल अस्पतालको आकस्मिक कक्षको १६ नम्बर बेडमा उपचार भइरहेको अस्पतालका निमित्त मेसु डा.जितेद्र कँडेलले जानकारी दिए। उनका अनुसार केसीलाई अहिले बोल्न समेत समस्या भइरहेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार