होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जीवन कैला, १५ पुष बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका वडा नं दुई कोल्टीमा एच आर सि बाजुराको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । एच आर सि बाजुराले हिजो एक कार्यक्रमको आयोजना गरी वार्षिक प्रगति विवरण सम्वन्धि जानकारी प्रदान गर्दै सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न गरेको हो । निर्वाचन क्षेत्र नं कका तिन वटा […]
जाजरकोट : कुशे–८ पैककी शर्मिला रोकाय त्रिभुवन मावि खलंगामा कक्षा १० मा पढ्छिन्। एसईईको तयारीमा धेरै समय दिनुपर्ने बेला उनी हातमा पत्रिका बोकेर सदरमुकामस्थित विभिन्न व्यक्तिका घर र अफिस पुग्छिन्। पत्रिका पुर्याउँदा पुर्याउँदै उनको बिहानको ३ घण्टा त्यत्तिकै बित्छ। जसले गर्दा अरू विद्यार्थीजस्तै सहज रूपमा उनले पढ्न पाएकी छैनन्। उनको यो रहर नभई बाध्यता हो। कसैले सहयोग नगरेपछि […]
जीवन कैला/बाजुरा १३ पुस- बाजुराका विभिन्न स्थानीय बजारमा बिक्री वितरण भइरहेका दैनिक उपभोग्य वस्तुको भाउ छोई नसक्नु भएको छ । बाजुराका व्यापारिक केन्द्र कोल्टी, पीलुचौर, धुलाचौर र भारतीकौषाडी हाटबजारलगायत स्थानीय बजारमा खाद्यान्नभन्दा तरकारीको मूल्यमा वृद्धि भएको हो । दैनिक उपभोग्य वस्तु र तरकारीको मूल्यमा एकरूपता नहुँदा उपभोक्ताको भान्सा महँगिएको हो । स्थानीय स्तरमा उत्पादित तरकारीको मूल्य […]
नागरिक रैबार/बाजुरा १२ पुस। उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशकाे कार्यकारिणी सदस्यमा बाजुराका गाेपाल कार्की निर्विरोध चयन भएका छन् । शनिबार दिपायलमा भएको उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेश साधारण सभाबाट बाजुराका कार्की सदस्यमा निर्विरोध चयन भएका हुन् । बाजुरा वाणिज्य संघका सचिव समेत रहेका कार्की उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशकाे कार्यकारिणी सदस्यमा बाजुराबाट निर्विरोध चयन भएको […]
मदन वि.क./बाजुरा १२ पुस। बुवाको मृत्युपछि अलपत्र परेका बडीमालिका नगरपालिका वडा नं. ९ का अन्दाजि १० बर्षिया सम्राट विकलाई आजबाट विद्यालयमा भर्ना गरिएको छ । अलपत्र परेका सम्राटलाई आज सदरमुकाम मार्तडीको क्रेटर जोन एकेडेमी बोडिङ्ग स्कुलमा भर्ना गरिएको हो ।बुवाको मृत्युपछि अलपत्र परेको खबर पत्रकार जीवन कैलाले पालिका खबरमा प्रकाशन गरेपछि काठमाण्डौंमा रहेका सामाजिक अभियान्ता […]
आगामी वैशाख १७ र २७ मा दुई चरणमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आठ अर्बभन्दा बढी रुपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्वाचनको घोषणा गरेसँगै निर्वाचन आयोगका विभिन्न महाशाखा र शाखाहरू निर्वाचनको तयारीमा जुट्ने क्रममा निर्वाचनका लागि चाहिने बजेटको आकलन गरिएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले २०७४ सालमा भएको प्रतिनिधि सभा र […]
बर्सेनि खाद्यान्न आयात गर्ने जजारकोटबाट अब खाद्यान्न निर्यात हुन थालेको छ । जिल्लाका विभिन्न ठाउँमा यातायातको सहज पहुँच भएसँगै स्थानीय बासिन्दाले उत्पादन गरेका खाद्यान्न बाहिर जिल्लामा निर्यात गर्न थालिएको हो । अहिले जाजरकोटको भेरी नगरपालिकाबाट मात्र वार्षिकरूपमा ३०० क्विन्टलभन्दा बढी देउती जातको मकै देशका ठूला शहरमा बिक्री भइरहेको भेरी नगरपालिका कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले […]
काठमाडौं । सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा स्थानीय तहसमेत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्बन्धी भ्रष्टाचारसम्बन्धी उजुरी ३०.०७ प्रतिशत परेको उल्लेख छ। आयोगले उक्त प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ। अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले मन्त्रालयगत रूपमा स्थानीय तहका कारणले सामान्य प्रशासनर्फत सबैभन्दा धेरै उजुरी परेको पाइएको […]
बीमा समितिले कोरोना बीमा गरेकामध्ये बिहीबारसम्म १५ हजार ३८१ जनालाई बीमा दाबी भुक्तानी गरिसकेको जनाएको छ । बीमा समितिले सार्वजनिक गरेको विवरणअनुसार हालसम्म कुल एक अर्ब ५० करोड ११ लाख ७५ हजार रुपियाँ कोरना बीमा दाबी रकम भुक्तानी भइसकेको छ। बीमा दाबी गर्नेमध्ये दुई हजार ६८६ जनाको फाइल स्वीकृति हुने प्रक्रियामा रहेको जनाइएको छ। आवश्यक […]
नागरिक रैबार/बाजुरा ९ पुस। बडीमालिका नगरपालिका वडा नं. ९ बृद्धवृद्धालाई चिसो छल्न कम्बल वितरण गरिएको छ । बाजुरा ईसाइ समाजको सहयोग तथा बडीमालिका ९ को समन्वयमा वडाका ६० जना वृद्धवृद्धालाई कम्बल वितरण गरिएको हो । जाडो याम सुरु भएसंगै वृद्धवृद्धालाई चिसोबाट बचाउँन न्यानो लुगा स्वरुप कम्बल वितरण गरिएको बाजुरा इसाई समाजका प्रविन कुमारले बताएका छन् […]
नागरिक रैबार/बाजुरा ८ पुस। बाजुराका महिलाहरुलाई आयआर्जन तथा व्यवसायमा आकर्षित गराउने उद्देश्यले सदरमुकाम मार्तडीमा संचालन भएको ७ दिने अचार बनाउने तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय र आईएन एफ नेपालको सहयोग र आयोजनामा संचालन भएको उक्त तालिम आज सम्पन्न भएको हो ।। १५ जना सहभागि महिलाहरुलाई ७ दिनसम्म स्थानीय स्तरमा पाईने […]
धनगढीः प्रतिनिधिसभा विघटन गर्दै बैशाखका लागि घोषणा गरिएको मध्यावधि चुनावले सुदूरपश्चिमका ठूला पूर्वाधारका योजना पनि प्रभावित हुनसक्ने चिन्ता व्यक्त गरिएको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै घोषणा गरिएको मध्यावधि चुनाव हुने÷नहुने अन्योल कायमै रहेका बेला ठूला पूर्वाधारका योजना प्रभावित हुने चिन्ता उत्पन्न भएको छ। सुदूरपश्चिमको आर्थिक विकासमा महत्वपूर्ण मानिएको निर्माणाधिन चार लेनको महाकाली पुलको काम झण्डै […]
सुर्खेत — कर्णाली प्रदेश सरकारले राउटे समुदायलाई प्रतिव्यक्ति मासिक २ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ । संघीय सरकारले दिने ३ हजारसमेत गरेर अब उनीहरूले प्रतिव्यक्ति ५ हजार रुपैयाँ भत्ता पाउनेछन् । प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत दैलेखको गुराँस गाउँपालिकालाई दिने निर्णय गरेको हो । घुमन्ते जीवन बिताउने राउटेलाई गुराँस गाउँपालिकाले परिचपयपत्र […]
सिरहा– लहान नगरपालिकाले पालिकाभित्रका सडक कालोपत्र र ढलान गर्न थालेपछि स्थानीयवासी हर्षित भएका छन् ।वर्षौदेखि सडक जीर्ण हुँदा हिलो र धुलोका कारण समस्या भोग्दै आएका स्थानीयवासी सडक पक्की भएसँगै हर्षित भएका हुन् । नगरपालिका वडा नं १३ र १४ लाई जोड्ने सडकलाई केही दिनअघि नगरपालिकाले कालोपत्रे गरिदिएपछि स्थानीयवासीलाई लहान बजारसम्म पुग्न सहज मात्रै होइन, अब […]
प्रतिनिधिसभा विघटन र चुनावको नयाँ मिति घोषणा भएसँगै चुनावी खर्च कसरी जुट्छ भन्ने चासो बढ्न थालेको छ । यसपटक कोरोना प्रभावका कारण थलिएको अर्थतन्त्र र सरकारलाई आफ्नो दैनिक खर्चमै समस्या पर्ने अवस्थामा चुनावका लागि अतिरिक्त खर्च जुटाउँनै सकस हुने देखिन्छ । कतिपयले चुनावी खर्च जुटाउने एउटा स्रोत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट पनि हुनसक्ने […]
नागरिक रैबार/बाजुरा ६ पुस। जिल्लाको सदरमुकाम मार्तडीमा रहेको सेन्चुरी बैकका एक जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि बैक नै शिल गरिएको छ । बैँकका कर्मचारीलाई शुक्रबार कोरोना पोजेटिभ देखिएपछि शाखा नै बन्द गरिएको बैकले जनाएको छ । १ जनालाइ काेराेना देखीए संगै अन्यको श्वाव संकलन बाजुरामा नभएपछि बैकका सबै कर्मचारीहरु सबै स्वाव परिक्षण गराउन सुदुर पश्चिम […]
काठमाडौं ६ पुस। सरकारले २ वर्षभन्दा बढी कार्यकाल बाँकी रहँदै संसदलाई भंग गरेर आगामी वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि चुनाव गराउने निर्णय गरेको छ । २०७४ सालमा भएको संघीय संसद, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा राज्यको ढुकुटीबाट करिब २६ अर्ब खर्च भएको थियो । संघीय संसद र प्रदेशसभाको चुनावमा मात्रै करिब २० […]
नागरिक रैबार/बाजुरा ५ पुस। बाजुराका महिलाहरुलाई आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले सदरमुकाम मार्तडीमा ७ दिने अचार बनाउने सम्वन्धि तालिम सुरु गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय र आईएन एफ नेपालको सहयोग तथा आयोजनामा यहाँका १५ जना महिलाहरुलाई ७ दिने अचार बनाउने तालिमको सूरु गरिएको हो । तालिम गत पुस २ गतेबाट संचालन गरिएको थियो […]
काठमाण्डौको चाबहिलमा रहेको गोपिकृष्ण हल भत्काउन सुरु गरिएको छ । दर्शकको बाक्लो भीड लाग्ने यो हल अब पुरानो स्वरुपमा रहने छैन । यसका संचालकले ३ दिनदेखि हल भत्काउन सुरु गरेका छन् । गोपिकृष्णमा ७ वटा पर्दा रहेका छन् । जसमध्ये, गोपि, कृष्ण, राधा र मिरा हल भत्काइनेछ । अब, दर्शकले चलचित्र हेर्नका लागि ओम, नम […]
काठमाडौं, २ पुष । काठमाडौं उपत्यकामा लागू भएको जोर विजोर प्रणाली शुक्रबारबाट हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवालाहरुको छलफलले भोलीबाट जोरविजोर प्रणाली हटाउने निर्णय गरेको हो । यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधि समेतको छलफल पछि उपत्यकाभित्रको जोरविजोर प्रणाली हटाउने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताउनुभयो । […]