बिहिबार, माघ १५, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बुवाको मृत्युपछि अलपत्र परेका सम्राटलाई विद्यालय भर्ना गरियो
समाज

बुवाको मृत्युपछि अलपत्र परेका सम्राटलाई विद्यालय भर्ना गरियो

  • नागरिक रैबार
बुवाको मृत्युपछि अलपत्र परेका सम्राटलाई विद्यालय भर्ना गरियो

मदन वि.क./बाजुरा १२ पुस। बुवाको मृत्युपछि अलपत्र परेका बडीमालिका नगरपालिका वडा नं. ९ का अन्दाजि १० बर्षिया सम्राट विकलाई आजबाट विद्यालयमा भर्ना गरिएको छ ।

No description available.

अलपत्र परेका सम्राटलाई आज सदरमुकाम मार्तडीको क्रेटर जोन एकेडेमी बोडिङ्ग स्कुलमा भर्ना गरिएको हो ।बुवाको मृत्युपछि अलपत्र परेको खबर पत्रकार जीवन कैलाले पालिका खबरमा प्रकाशन गरेपछि काठमाण्डौंमा रहेका सामाजिक अभियान्ता प्रतापराज जोशीले सम्राटलाई निजि विद्यालयमा पढाउन लाग्ने सम्पूर्ण खर्च व्यहोरीदिने बताएका थिए ।

विज्ञापन

चितामा जलिरहेका बुवालाइ एकोहोरो हेरिरहेका सम्राट। तस्विर पत्रकार महासंघ बाजुराका सचिव प्रेम विक ।

पालिका खबरको समन्वय र सामाजिक अभियान्ता प्रतापराज जोशीको आर्थिक सहयोगमा सम्राटलाई क्रेटर जोन एकेडेमीमा कक्षा १ देखि निरन्तर अध्ययन अध्यापन गराउने गरी भर्ना गरिएको पत्रकार जीवन कैलाले बताएका छन् । कोल्टीमा रहेको सामुदायिक रेडियो बुढीनन्दामा समचार प्रमुख समेत रहेका पत्रकार कैलाले अलपत्र परेका सम्राटलाई क्रेटर जोन एकेडेमीमा छात्रबासमा रहने गरि भर्ना गरिएको बताएका छन् । यस अघि सम्राट मालिका माविमा कक्षा २ मा अध्ययनरत थिए ।

No description available.

अलपत्र परेका सम्राटलाई विद्यालयमा भर्ना गरिएपछि विद्यालयका प्रिन्सिपल मिनबहादुर कार्कीले भने अव सम्राटको अभिभावकीय जिम्मेवारी आफ्नो काँधमा आएको बताएका छन् । उनले सम्राटका लागि विद्यालयको तर्फबाट हुने सम्पूणर् सहयोग गर्ने बताए । सम्राटका बुवा गत पुस ५ गते शुक्रबार विहान आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए । सम्राटकी आमाले उनलाई ३ वर्ष अघि छोडेर अकैसंग विवाह गरेकि थिईन् ।

No description available.

बुवासंगै बसीरहेका सम्राट अहिले बुवाको मृत्यु पछि अलपत्र अवस्थामा थिए । घरमा ७० वर्षिया बाजेसंगै रहेका उनी बुवाको मृत्यु पछि भने सहारा विहिन बनेका थिए । सम्राटकी आमा बडीमालिका नगरपालिकाकै वडा नं. ६ कोर्धका एकजना युवासँग ३ वर्षअघि भारतको राजधानी दिल्लीबाट बिहे गरेर भागेकी हुन् ।

No description available.

अहिले सम्म सम्राटकी आमा आफ्नो सम्पर्कमा नआएको सम्राटका बाजे काल्चे लवारले बताएका छन् । छोरा लालबहादुर विकको एक्कासी मृत्यु भयो अहिले सम्राट अलपत्र अवस्थामा थियो उनका बाजे लवारले भने म पनि डाँडा माथि अस्ताउन लागेको सुर्यजस्तै भएको थिएँ आज सम्राटलाई विद्यालय भर्ना गर्नका लागि सहयोग गर्ने निकायप्रति खुसी हुँदै धन्यवाद दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार