होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • एचआरसि बाजुराको सामाजिक लेखा परीक्षण कार्यक्रम कोल्टीमा सम्पन्न
बाजुरा बिशेष

एचआरसि बाजुराको सामाजिक लेखा परीक्षण कार्यक्रम कोल्टीमा सम्पन्न

कुर्षि र स्वास्थ्य क्षेत्रमा टेवा पुग्ने खालका कार्यक्रम ल्याउन सहभागिको जोड

  • नागरिक रैबार
एचआरसि बाजुराको सामाजिक लेखा परीक्षण कार्यक्रम कोल्टीमा सम्पन्न

जीवन कैला, १५ पुष बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका वडा नं दुई कोल्टीमा एच आर सि बाजुराको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । एच आर सि बाजुराले हिजो एक कार्यक्रमको आयोजना गरी वार्षिक प्रगति विवरण सम्वन्धि जानकारी प्रदान गर्दै सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न गरेको हो । निर्वाचन क्षेत्र नं कका तिन वटा स्थानिय तहमा काम गर्दै आएको एच आर सि बाजुराले आगामी दिनमा गर्नुपर्ने कार्य र आर्थिक वर्षमा भए गरेका कार्य सम्वन्धि कार्य विवरण प्रस्तुत गरेको सामाजिक परीचालक मालति रोकायाले जनाकारी दिनुभएको छ । एच आर सि बाजुराका वाल प्रयायोजन गोकणर् शाहीले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रममा कार्यक्रम संयोजक भानशिहं ऐडीले आर्थिक वर्षमा गरेका विभिन्न कार्य र विभिन्न शिर्षकमा खर्च भएको बजेटको वारेमा जानकारी प्रदान गर्नुभएको थियो । होटेल अभिशेखको तालिम हलमा सञ्चालन भएको सामाजिक लेखा परीक्षण कार्यक्रममा वोल्दै उहाँले एच आर सि बाजुराले शिक्षा, स्वास्थ्य, कृर्षि, छाउपढि प्रथा न्युनिकरण, महिनावारी स्वच्छता र ब्यवस्थापन सम्वन्धि विभिन्न जनचेतना मुलक कार्यक्रम र कोरोना भाईरस नियन्त्रण सम्वन्धि महत्वपुणर् कार्य गरेको उल्लेख गर्नुभएको छ । बुढीनन्दा नगरपालिका, हिमाली र स्वामीकार्तिक खापर गाउँपालिकामा एच आर सि बाजुराको कार्य क्षेत्र भएको बताउदै उहाँले उक्त क्षेत्रका प्रत्यक नमुना विद्यालयमा शैक्षिक सामाग्रि प्रदान, कोरोना भाईरस रोकथामका लागि स्वास्थ्य सामाग्रि वितरण, जीविकोपार्जनमा सुधार ल्याउनका लागि कुर्षकलाई विभिन्न कृर्षि सामाग्रि वितरण र तालिम प्रदान गरीएको बताउनुभयो । कार्यक्रममका अधिकाशं सहभागिले एच आर सि बाजुरालाई धन्यवाद दिदै कृर्षी र शिक्षा क्षेत्रमा टेवा पुग्ने कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिएको बताएका छन । कोभिड १९का कारण शिक्षा क्षेत्र नराम्ररी प्रभावित भएको बताउदै पुशपति आधारभुत विद्यालयका प्रधानाध्यापक टंक प्रसाद न्यौपानेले शिक्षा क्षत्रमा टेवा पुग्ने खालका कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो । कोरोना भाईरसका वेला सञ्चालन भएको टोल शिक्षा कार्यक्रम प्रभावकारी भएको बताउदै उहाँले विद्यार्थीका लागि अव उपचार शिक्षा कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ । त्यस्तै कार्यक्रमका सहभागि कृर्षकले समयमा कृर्षि सामाग्रि नगपुगेको प्रति गुनासो गर्दै कृर्षकका लागि मांैसमि भन्दा वेमांैषमि तराकारीको विउ ब्यवस्थापन गरीदिएको खण्डमा सहज हुने बताएका छन । एच आर सि बाजुराका कार्य समिति सचिव ढक्क बहादुर शाहीको अध्यक्षतमा सञ्चालन भएको कार्यक्रममा बुढीनन्दा नगरपालिका वडा नं ६का वडाअध्यक्ष दलबहादुर भाट प्रमुख अतिथि रहनुभएको थियो । स्वामीकार्तिक खापर गाउँपालिका वडा नं पाचँका वडा अध्यक्ष विष्णु बहादुर शाही, बुढीनन्दा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर वुढा, लगायत विशिष्ट अतिथि रहनुभएको थियो । एच आर सि बाजुराका सामाजिक परीचालक कलुवा ल्वारले सञ्चालन गर्नुभएको कार्यक्रममा ५० वढिको सहभागिता रहेको बताईएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार