होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • जाजरकोटको मकै देशका ठूला शहरमा
देश/प्रदेश

जाजरकोटको मकै देशका ठूला शहरमा

  • नागरिक रैबार
जाजरकोटको मकै देशका ठूला शहरमा

बर्सेनि खाद्यान्न आयात गर्ने जजारकोटबाट अब खाद्यान्न निर्यात हुन थालेको छ । जिल्लाका विभिन्न ठाउँमा यातायातको सहज पहुँच भएसँगै स्थानीय बासिन्दाले उत्पादन गरेका खाद्यान्न बाहिर जिल्लामा निर्यात गर्न थालिएको हो ।

अहिले जाजरकोटको भेरी नगरपालिकाबाट मात्र वार्षिकरूपमा ३०० क्विन्टलभन्दा बढी देउती जातको मकै देशका ठूला शहरमा बिक्री भइरहेको भेरी नगरपालिका कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए । गाउँबाट प्रतिपाथी रु १०० मा बिक्री भइरहेको उनको भनाइ छ ।

चार वर्षदेखि मकैको बीउ उत्पादन गरी कृषकलाई आत्मनिर्भर बनाउन लागेको कृषि शाखाले छिटो समयमै तीव्ररूपमा काम हुँदा अहिले जिल्ला बाहिर बिक्रीका लागि पठाउन शुरु गरेको हो । भेरी नगरपालिका–७ रुपाकोट, चौरटोलमा १० हेक्टर जमिनमा मकैको बीउ उत्पादन कार्य बर्सेनि हुँदै आएको छ । नगरपालिकाभित्र बाहिरबाट बीउ ल्याएर मकै लगाउनुपर्ने अवस्था अन्त्य भएको कृषकले बताएका छन् ।

विज्ञापन

मकैको बीउलाई किराबाट जोगाउनका लागि मकै उत्पादन भण्डारण केन्द्र स्थापना गरी कामसमेत भइरहेको छ । विद्युत् र सडकमा सहज पहुँच छिटो बनाउन केन्द्रका स्थानीयवासीले माग गरेका छन् । रुपाकोटमा लेभलिङ, प्याकेजिङ र ग्रेडिङको काम शुरु भएको प्रमुख अधिकारीले जानकारी दिनुभयो । त्यस्तै जिल्लाको नलगाड नगरपालिका–५ रघुनाथलाई मकैको पकेट क्षेत्रका रूपमा अगाडि बढाइएको छ । यस वर्ष नयाँ ठाउँमा विस्तार अभियानमा रहेको कृषि शाखाका बालकृष्ण आचार्यले जानकारी दिए ।

नलगाडबाट मात्र बर्सेनि ७०० क्विन्टलभन्दा बढी मकै बाहिरी जिल्लामा बिक्री हुने गरेको छ । लहँ, हल्चौर र डाँडागाउँमा बढी मकै उत्पादन गरिँदै आएको छ । उत्पादनका हिसाबले भेरी र नलगाड नगरपालिका राम्रो मानिन्छ । सडकको सहज पहुँचसमेत पुगेको क्षेत्रका रूपमा यी स्थानीय तह पर्दछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार