होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१४ माघ, काठमाडौं । आगामी निर्वाचनका विषयमा सत्ता गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । आजको छलफलमा सत्ता गठबन्धनका पाँचवटै दलका शीर्ष नेताहरुको बैठक भोलि बोलाउने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब एक […]
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न सरकारलाई सुझाव दिएकी छिन्। बिहीबार शीतलनिवासमा भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधानअनुसार समयमै निर्वाचन गर्न सुझाव दिएकी हुन्। प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न साँझ शीतलनिवास पुगेका थिए। सो क्रममा निर्वाचनका विषयमा चासो राख्दै भण्डारीले संविधानको मर्मअनुसार समयमै तीनै तहका निर्वाचन गर्नुपर्ने बताएको राष्ट्रपतिका […]
नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बैठक बस्न लागेको हो । आजको बैठकको कार्यसम्पादन समिति गठनको एक मात्र एजेण्डा छ । सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री, ३१ जना सदस्य, प्रवक्ता, संसदीय दलको नेता कार्यसम्पादन समितिको पदेन सदस्य हुनेछन् । […]
धनगढी — राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिमबाट नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृत माओवादी केन्द्रको संयुक्त गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महिलातर्फ नेकपा (एकीकृत समाजवादी) मदन कुमारी शाह (गरिमा), दलिततर्फ एकीकृत माओवादी केन्द्रका जगत पार्की र अन्य समूहबाट नेपाली कांग्रेसका उम्मेदवार नारायणदत्त मिश्र विजयी भएका हुन् । प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार स्थानीय तहमा […]
काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनमा २०७९ साल असोजपछि मात्रै स्थानीय निर्वाचन गर्ने सहमति जुटेको छ । बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले संविधानसँग बाझिएका कानून संशोधन गरी असोज उप्रान्त स्थानीय निर्वाचन गर्ने सहमति गरेको हो । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले २०७४ सालमा तीनै चरणको निर्वाचनबाट निर्वाचित स्थानीय […]
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । दिउँसो ३ बजे उनले राष्ट्रका नाममा सम्वोधन गर्न लागेका हुन् । सम्वोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कोरोना महामारी र सरकारको ६ महिने काम कारबाहीबारे देउवाले सम्बोधनमार्फत जानकारी दिने बुझिएको छ । गत २९ असारमा देउवा प्रधानमन्त्री भएका थिए । […]
नागरिक रैबार बाजुरा ६ माघ नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति बाजुराकाे नवौं जिल्ला अधिवेशन बुधबार सम्पन्न भएकाे छ । नवाैं जिल्ला अधिवेशनले बुढीगंगा नगरपालिकाका लेखापाल पुर्णचन्द्र जैशीकाे नेत्तृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरि सम्पन्न भएकाे हाे । जसमा उपाध्यक्ष उपेन्द्र बहादुर साउँद (खुला) उपाध्यक्ष पश्सिमा रावल (महिला), सचिव दिपेन्द्र पाण्डे,सह-सचिव धुर्वराज थपा र […]
नागरिक रैबार बाजुरा ५ माघ मार्तडीमा विद्युत आपुर्तिकाे माग गर्दै आजपनि बाजुराका नागरिक समाजले आन्दोलन गरेकाे छ । देश लाेडसेडिङ मुक्त भएर उज्यालाे अभियानमा लम्किरहेका बेला बाजुरा सदरमुकाम मार्तडीबासी दैनिक ८ देखि १० घण्टा लाेडसेडिङकाे मार खेप्न बाध्य भएकाे भन्दै बाजुराकाे नागरिक समाज हिजाेबाट चरणबद्व आन्दोलनमा उत्रेकाे छ । आज नागरिक समाज बाजुराले अखिल क्रान्तिकारीका […]
काठमाडौं, २ माघ : नेपालमा पनि कोरोनाभाइरस संक्रमणको तेस्रो लहर सुरु भइसकेको छ । कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएसँगै नेपालमा पनि तेस्रो लहर सुरु भएको हो । तर, यसपटक राजनीतिक दलका नेता संक्रमित भइरहेका छन् । पहिलो र दोस्रो लहरमा जोगिएका नेताहरू तेस्रो लहरमा धमाधम संक्रमित हुँदै आइसोलेसमा बसेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, […]
काठमाडौं । राष्ट्रियसभाको यही माघ ३ गते दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश स्थगन भएको छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ बमोजिम अर्को सूचना नभएसम्मका लागि उक्त बैठक स्थगन भएको सङ्घीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए ।
नागरिक रैबार/बाजुरा ३० पुस। नेकपा एमाले बाजुराको जिल्ला कमिटिमा देशकै कान्छी समि विष्ट सदस्यमा निर्वाचित भएकि छन् । चार वर्ष पहिले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को क्याम्पस कमिटी सदस्यबाट औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेकी विष्टले अनेरास्ववियु जिल्ला कमिटी सदय र पार्टीको जनवर्गिय संगठनमा रहेर भूमिका खलेकी थिइन् । ‘कक्षा–८ देखि राजनीतिमा चासो […]
नागरिक रैबार/बाजुरा ३० पुस। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियुु) बाजुरा जिल्ला कमिटीको अध्यक्षमा दिलबहादुर थापा चयन भएका छन् । अनेरास्ववियु बाजुराकाे १० औं जिल्ला सम्मेलनबाट अध्यक्षमा थापा रहनेगरी ४५ सदस्यीय जिल्ला कमिटी गठन गरेकाे हाे ।जसमा उपाध्यक्ष बलराज उपाध्याय, सचिव हिक्मत रोकाया, सहसचिव शुशिला कुमारी मिजार, प्रेम नेपाली र नन्दबहादुर खत्री, काेषाध्यक्षमा किसन […]
नागरिक रैबार बाजुरा २८ पुस नेकपा एमाले परित्याग गरेर समाजवादी पार्टीमा प्रवेश गरेका हिमाली गाउँपालिकाका अर्जुन बुढ्थापासहितका २६ जना नेता कार्यकर्ता पुनः एमालेमै फर्किएका छन् । हिजाे पुस २७ गते एमाले पार्टी परित्याग गरि समाजवादी पार्टीमा प्रवेश गरेका एमाले हिमालीका २६ जना नेता कार्यकर्ताहरूले पार्टी प्रवेश गरेकाे २४ घण्टापछि एमालेमै रहेकाे विज्ञप्तिमार्फत बताएका छन् । […]
नागरिक रैबार बाजुरा २८ पुस । नेकपा एमाले बाजुराको सातौं जिल्ला अधिवेशनमा प्रतिनिधी आएका २६ जनाले असन्तुष्टी जनाउदै नेकपा समाजवादीमा प्रवेश गरेका छन् । एमालेको सातौं जिल्ला अधिवेशनमा हिमाली गाउँपालिकालाई उपेक्षा गरेको र व्यक्तिगत स्वार्थमा हिमालीमा नेतृत्व विहिन गरेको असन्तुष्टी जनाउदै समाजवादीमा प्रवेश गरेको बताएका हुन । मंगलबार एक विज्ञप्ती जारी गर्दै पार्टीमा इमान्दारिता काम […]
नागरिक रैबार बाजुरा २७ पुस । नेकपा एमाले बाजुराको जिल्ला कमिटीको उप–सचिवमा कासी विक अटाएका छैन् । नेकपा एमालेको सातौ जिल्ला अधिवेशनमा उप–सचिवको उम्मेद्धवारी तथा दावी गरेका विक जिल्ला कमिटीको उप–सचिवमा नअटाएका हुन । नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य तथा बाजुरा इन्चार्ज लाल बहादुर थापा, केन्द्रीय सदस्य प्रकाश शाह लगायत शिर्ष […]
नागरिक रैबार बाजुरा २७ पुस ।नेकपा एमाले बाजुराको सातौं जिल्ला अधिवेशनमा दुई जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कमिटीले जनाएको छ । एमालेको सातौं जिल्ला अधिवेशनमा बन्द सत्रबाट बनाइएको अध्यक्ष मण्डले घोषणा गरेको जिल्ला कमिटीको नेतृत्व र सल्लाकार समिति प्रस्ताव गरेपछि अध्यक्ष पदमा दुई जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत दिलिप शाहीले जानकारी दिएका छन् […]
नागरिक रैबार बाजुरा २७ पुस । नेकपा एमाले बाजुराको सातौँ जिल्ला महाधिवेशनकाे मनोनयन दर्ता सुरु भएको छ । नेकपा एमाले जिल्ला कमिटि बाजुराको जिल्ला अधिबेशन पार्टीको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरू भएको हाे। नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य तथा बाजुरा इन्चार्ज लाल बहादुर थापा, केन्द्रीय सदस्य प्रकाश शाह लगायत […]
कमला चदारा पौष २६ बाजुरा । नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौँँ जिल्ला अधिवेशनको बन्दसत्र मार्तडीमा चलिरहेका बेला निर्वाचन कमिटीले जारी गरेको सूचना पत्रानुसार दलित महिलाका लागि ठाउँ नै साँगुरो भएको पाईएको छ । एमाले जिल्ला कमिटी बाजुराको जम्मा ९० जनाको निर्वाचन हुने पद, निर्वाचन क्षेत्र र पद संख्या सम्बन्धी सार्वजनिक भएको पत्रको आधारमा साँगठानिक […]
नागरिक रैबार बाजुरा २६ पुस । नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौं जिल्ला अधिवेशनको बन्दशत्र १ आज १ बजेबाट सूरू गर्ने भनिएकाे भएपनि साढे ३ बज्न लाग्दा समेत सुरू हुन सकेकाे छैन् । २३ पुसमा उद्घाटन भएको एमाले बाजुराको सातौं जिल्ला अधिवेशनको बन्द शत्र हिजाे ३ दिनदिनपछि मार्तडीमा सूरू भएकाे थियाे । यस अघि प्रतिकुल मौषमका […]
धनगढी: नेकपा (एमाले) कैलालीको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढेको छ। अध्यक्ष लगायत पदाधिकारीमा सहमति नभएपछि निर्वाचन भइरहेको हो। वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित चुनावी मैदानमा छन्। उनीहरु दुवै केपी शर्मा ओलीनिकट हुन्। जिल्ला अध्यक्षमा विगतदेखि नै एमाले पृष्ठभुमी भएका दुई नेताबीच प्रतिस्पर्धा भइरहे पनि चुनावमा पूर्वमाओवादीविरुद्ध एमाले एक ठाउँमा […]