होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बाजुरा एमाले जिल्ला प्रतिनिधी आएका २६ जनाले गरे समाजवादीमा प्रवेश
राजनीति

बाजुरा एमाले जिल्ला प्रतिनिधी आएका २६ जनाले गरे समाजवादीमा प्रवेश

  • नागरिक रैबार
बाजुरा एमाले जिल्ला प्रतिनिधी आएका २६ जनाले गरे समाजवादीमा प्रवेश

 नागरिक रैबार बाजुरा २८ पुस । नेकपा एमाले बाजुराको सातौं जिल्ला अधिवेशनमा प्रतिनिधी आएका २६ जनाले असन्तुष्टी जनाउदै नेकपा समाजवादीमा प्रवेश गरेका छन् । एमालेको सातौं जिल्ला अधिवेशनमा हिमाली गाउँपालिकालाई उपेक्षा गरेको र व्यक्तिगत स्वार्थमा हिमालीमा नेतृत्व विहिन गरेको असन्तुष्टी जनाउदै समाजवादीमा प्रवेश गरेको बताएका हुन ।

मंगलबार एक विज्ञप्ती जारी गर्दै पार्टीमा इमान्दारिता काम गर्दै आएको र नेकपा एमालेमा व्यक्तिवादी सोच,गुटगत स्वार्थ तथा अवसरवादी चिन्तन र व्यक्तिको चाकडी तथा गैर कम्युनिष्ट चरित्रको विकास हुदै गएकाले देशको विकास,समृद्धी र जनताको जीवीकोपार्जन भन्दा पनि व्यक्तिगत स्वार्थ अगाडी बढेकाले मंगलबार देखि पार्टी परित्याग गरेको उल्लेख गरिएको छ ।

पार्टी परित्याग गर्नेमा हिमाली गाउँपालिका–३ र ५ वडाका एमालेका नेताहरु रहेका छन् । एमाले परित्याग गरी नेकपा समाजवादीमा प्रवेश गर्नेमा हिमाली गाउँपालिका– ५ का अर्जुन बुढथापा,पदमलाल बुढथापा,नवराज बुढथापा,पृथीमल बुढथापा,अज मलाल विमला मलाल,कल्पना भण्डारी रहेका छन् भने वडा नं ३ का रत्नलाल रोकाया,दिलबहादुर रोकाया,बीरबहादुर थापाले पनि एमाले परित्याग गरेका हुन् ।उनीहरुले एमालेको साधारण सदस्य नरहने गरी पार्टी परित्याग गर्दै समाजवादीमा प्रवेश विज्ञप्तीमा भनिएको छ ।

विज्ञापन

एमाले जिल्ला प्रतिनिधी आएका २६ जनाले असन्तुष्टी जनाउदै गरे समाजवादीमा प्रवेश

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार