होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काडमाडौं,२९ असार । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट आज देशवासीको नाममा सम्बोधन गरेका छन् । सर्वोच्च अदालतको परमादेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् । आज साँझ ६ बजे देउवाले प्रधानमन्त्रीको सपथ खाने कार्यक्रम तय भएको छ । ओलीले सरकारबाट विदा लिनुभन्दा अघि आज देशवासीको नाममा सम्बोधन गरेका हुन् […]
काठमाडौं, २९ असार । निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारबाट बाहिरिनु परेकोमा कुनै चिन्ता नभएको बताएका छन् । अहिले सिंहदरबारबाट देशवासीको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘सरकारबाट बाहिरिनुपरेकोमा मलाई रत्तिभर पनि चिनता छैन् । मैले जनताको पक्षमा काम गरेको हुँ । विकास, सुशासन र समृद्धिलाई […]
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वमै पहिलो पटक अदालतले बहालवाला प्रधानमन्त्रीलाई अदालतले हटाउँदै नयाँ नियुक्ति गरेको बताएका छन् । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले विश्वको इतिहासमा पहिलो पटक सम्मानित अदालतले प्रधानमन्त्रीलाई हटाएर नयाँ नियुक्त गर्ने आदेश दिएको बताएका हुन् । ‘जनताको बीचमा जान आँट नगर्ने । अदालत गएर मुद्दा लडेर करेसाबारीको झगडा […]
२९ असार, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पालना गर्ने बताएका छन् । सिंहदरबार छाड्नुअघि मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उनले फैसला पालना गर्ने कुरामा पार्टी स्पष्ट रहेको बताएका छन् । सर्वोच्च अदालतको फैसलाले के कस्तो असर पार्छ त्यो समयको कसीमा परीक्षण हुने भन्दै उनले फैसला पालना […]
२९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । उनीहरुबीच सिंहदरबारमा भेटवार्ता भएको हो । देउवासँग छलफल गरेर प्रचण्ड सिंहदरबारबाट बाहिरिसकेका छन् । भेटमा सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल भएको स्रोतले बतायो । सोमबार बिहान बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कांग्रेस […]
२९ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सोही अनुसार राष्ट्रपतिले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।शपथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको छ ।
धनगढी: नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले सञ्चारकर्मी रवि लामिछानेलाई ठेगान लगाइदिने चेतावनी दिएका छन्। मंगलबार सञ्चारकर्मी लामिछानेले अदालतको आदेश नमान्नेको आचोलना गर्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेपछि ऐनले यस्तो धम्की दिएका हुन्। लामिछानेले ‘‘केरे.. .केरे ..केरे.., अदालतको आदेश मान्दिन रे !! तिम्रो ‘बा’ को शासन हो र ?? ’’ भन्दै स्टाटस […]
धनगढी: सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा रहेका सुदूरपश्चिमका सांसदले साथ छोडेको चर्चा चल्न थालेको छ। विगतमा ओली पक्षमा रहेका सुदूरपश्चिमका १४ प्रतिनिधिसभा सदस्यमध्ये १० जनाले साथ छोडेको चर्चा हुन लागेको हो। बैतडीका दामोदर भण्डारी, बझाङकी आशा बिक, कैलालीका नारदमुनी राना […]
२९ असार, काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलका सदस्यले मंगलबार वरिष्ठ नेता माधवकुमार नेपाललाई कार्यदलस्तरमा भएको १० बुँदे सहमति बुझाएको छ । कार्यदलका सदस्यहरु भीम रावल, सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेलले वरिष्ठ नेता नेपाललाई सहमतिपत्र बुझाएका हुन् । कार्यदलले आइतबार राति पार्टीभित्रको विवाद समाधानका लागि १० बुँदे सहमति गरेको थियो । कार्यदलमा […]
काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन लागेका छन् । उनले आज अपरान्ह २ बजे देशवासीका नाममा सम्बोधन गर्दै राजीनामा दिन लागेका हुन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्दै बहुमतको दाबी प्रस्तुत गरेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई आज साँझ ५ बजेसम्म प्रधानमन्त्री बनाउन आदेश दिएपछि ओलीले राजीनामा दिन लागेका हुन् […]
२९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर मात्रै सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेको छ । त्यसका लागि देउवासँग अध्यक्ष प्रचण्डले छलफल गर्ने छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बिहान बसेको स्थायी कमिटी बैठकपछि माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘पहिला त अध्यक्ष कमरेडले शेरबहादुर देउवा जीसँग […]
नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । मंगलबार एक बजेका लागि तय भएको बैठक स्थगित गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दिउँसो २ बजे प्रधानमन्त्री ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्न कार्यक्रम तय भएको छ ।
२९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए । सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चले मंगलबार पाँच बजेभित्र देउवालाई […]
२९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।मंगलबार दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए । सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।
सर्वोच्च अदालतले प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको केही घण्टापछि नै काँग्रेस सभापति शेरबहादुर देउवाले सत्ता समीकरणको प्रयास थालेका छन् । देउवाले आफ्नो नेतृत्वको मन्त्रिपरिषदमा सहभागी हुन नेकपा माओवादी केन्द्र, एमाले (माधव नेपाल समूह), जसपा (उपेन्द्र यादव समूह) र राष्ट्रिय जनमोर्चाका नेताहरुलाई आग्रह गरेका छन् । सोमबार अपरान्ह कोटेश्वरमा माधव नेपालको घर नजिकै बसेको विपक्षी गठबन्धनको […]
नागरिक रैबार/बाजुरा २८ असार । सर्वोच्चको फैसला प्रति युवा सँघ बाजुराले सडक प्रदर्शन गरेको छ । नेकपा एमाले ओली समुह निकट युवा सघं नेपाल र अनेरास्वबियु बाजुराले सोमबार सर्वोच्च अदालतले गरेको फैसला प्रति सडक प्रर्दशन गरेर बिरोध गरेको हाे। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेकाे भन्दै युवा सँघले […]
काठमाडौँ: नेपालको संसदीय इतिहासमा हालसम्म छ पटक प्रतिनिधिसभा विघटन भएका छन् । तीमध्ये चार पटकका विघटन बदर र दुई पटकका सदर भएका छन् ।विघटित प्रतिनिधिसभा तीनपटक सर्वाेच्च अदालतमार्फत र एकपटक जनआन्दोलनमार्फत पुनःस्थापित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ। पहिलोपटक विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए। विसं २०५१ असार २७ […]
नागरिक रैबार/बाजुरा २८ असार। नेपाली काँग्रेस बाजुराले सर्वोच्च अदालतले सोमबार एतिहासिक फैसला गरेको भन्दै स्वागत गरेको छ । नेपाली काँग्रेस बाजुराले सोमबार एक पत्र सार्वजनिक गर्दै सम्मानित अदालतले नेपाली काँग्रेस लगायत ५ दलले दर्ता गरेको रिट निवेदन उपर गरेको फैसलाको हार्दिक स्वागत गरेको हो । नेपाली काँग्रेस बाजुराका सभापति कविराज पंडितद्धारा हस्ताक्षरित पत्रमा यो फैसलाले […]
काठमाडौं, २८ असार । सर्वोच्च अदालतको ऐतिहासिक फैसला आएपछि केपी शर्मा ओलीविरोधी गठबन्धनको बैठक बसिरहेको छ । बैठकले अदालतको फैसलापछि कसरी बढ्ने भन्नेबारे छलफल गरिररहेको छ । कोटेश्वरस्थित एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा बसेको बैठकमा नेपाली काँग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक बालकृष्ण खाँड […]
काठमाडौं, २८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनविद्हरुसँग परामर्श लिएर मात्र सर्वोच्चको आदेशबारे निर्णय लिने भएकी छिन् । उनले राष्ट्रपति कार्यालयमा सर्वोच्च अदालतको आदेशको पत्र दर्ता भएपछि चासो राखिसकेको बुझिएको छ । राष्ट्रपति भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले कानुनविद्हरुसँग परामर्श लिएर अगाडि बढ्ने तय भएको बताए । संविधानमा प्रधानमन्त्री कुनै व्यक्ति विशेषलाई नियुक्त गर्न राष्ट्रपतिलाई […]