होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • विश्वमा पहिलो पटक अदालतबाट प्रधानमन्त्री तोकियो, हटाइयो : केपी ओली
राजनीति

विश्वमा पहिलो पटक अदालतबाट प्रधानमन्त्री तोकियो, हटाइयो : केपी ओली

  • नागरिक रैबार
विश्वमा पहिलो पटक अदालतबाट प्रधानमन्त्री तोकियो, हटाइयो : केपी ओली

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वमै पहिलो पटक अदालतले बहालवाला प्रधानमन्त्रीलाई अदालतले हटाउँदै नयाँ नियुक्ति गरेको बताएका छन् । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले विश्वको इतिहासमा पहिलो पटक सम्मानित अदालतले प्रधानमन्त्रीलाई हटाएर नयाँ नियुक्त गर्ने आदेश दिएको बताएका हुन् ।

‘जनताको बीचमा जान आँट नगर्ने । अदालत गएर मुद्दा लडेर करेसाबारीको झगडा हो यो ? गजब छ’, उनले भने, ‘विश्वमा पहिलो पटक अदालतबाट प्रधानमन्त्री तोकियो, प्रधानमन्त्री हटाइयो । यही विश्व न्यायिक प्रणालीमा अनुकरणीय भएछ भने विडम्बना भन्नुपर्ला ।’

उनले यो फैसला इतिहासको कडीमा परीक्षित हुन भने बाँकी रहेको ओलीको भनाइ छ । आफू नेतृत्वको सरकारले देश र जनताको पक्षमा काम गर्दा ढलाइएको पनि ओलीको गुनासो छ । ‘एमालेको सरकार ढलाइयो, यो सरकार किन ढलाइयो भने सरकारले सार्वभौमसत्ताको पक्षमा काम गर्‍यो । विकासको पक्षमा काम गर्‍यो । जनतालाई राहत सुविधा पुर्‍याउने, अधिकार सम्पन्न बनाउने कुरामा काम गर्‍यो । यी दिशामा धेरै काम गर्‍यो । अरू त कुनै कारण छैन। ’ उनले भने ।

विज्ञापन

उनले सरकारमा नरहे पनि आफूले निरन्तर देश र जनताको पक्षमा काम गरिरहने पनि ओलीले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार