होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका संघीय सांसद को-कसको पक्षमा ?
समाचार

सुदूरपश्चिमका संघीय सांसद को-कसको पक्षमा ?

  • नागरिक रैबार
सुदूरपश्चिमका संघीय सांसद को-कसको पक्षमा ?

धनगढी: सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा रहेका सुदूरपश्चिमका सांसदले साथ छोडेको चर्चा चल्न थालेको छ। विगतमा ओली पक्षमा रहेका सुदूरपश्चिमका १४ प्रतिनिधिसभा सदस्यमध्ये १० जनाले साथ छोडेको चर्चा हुन लागेको हो।

बैतडीका दामोदर भण्डारी, बझाङकी आशा बिक, कैलालीका नारदमुनी राना र कञ्चनपुरकी निरुदेवी पालमात्र ओली पक्षमा रहेको र अन्यले माधव नेपाल समूहलाई साथ दिएको चर्चा छ। तर सांसदहरुले ओलीको साथ छोडेको भन्ने कुरा अफवाह मात्रै भएको प्रतिक्रिया दिएका छ्न।

कञ्चनपुरका सांसद नरबहादुर धामीले दिनेशखबरलाई भने, ‘हामीहरु सबै पहिले जस्तै पार्टी अध्यक्ष र नेकपा एमालेको पक्षमा छौँ। समूह परिवर्तन कसैले गर्नु भएको छैन, बाहिर आएका कुरा निराधार र हल्ला मात्रै हुन्।’

विज्ञापन

पूर्वमन्त्री प्रेम आलेले समेत ओलीको साथ छोडेको चर्चा चलेकोमा आले निकट एक नेताले भने आले ओलीकै साथमा रहेको बताए। नेकपा एमाले दुई समूहमा विभाजन भएसँगै सुदूरपश्चिमका ११ जना एमालेका प्रत्यक्ष निर्वाचित सांसदमध्ये भीमबहादुर रावल, झपटबहादुर रावल र दीपकप्रसाद भट्ट मात्रै माधव नेपाल समूहमा लागेका थिए।

बाँकी ११ जना संघीय सांसदको समर्थन भने ओलीलाई रहदै आएको थियो। ओली समूहमा रहेका दार्चुलाका गणेश ठगुन्ना, कैलालीका नारदमुनि राना, डोटीका प्रेमबहादुर आले मन्त्री भएका थिए भने बझाङकी आशाकुमारी विक राज्यमन्त्री नियुक्त भएकी थिइन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार