होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रपति भण्डारीले ‘कानुनविद्सँग परामर्श गरेर निर्णय लिने’
समाचार

राष्ट्रपति भण्डारीले ‘कानुनविद्सँग परामर्श गरेर निर्णय लिने’

  • नागरिक रैबार
राष्ट्रपति भण्डारीले ‘कानुनविद्सँग परामर्श गरेर निर्णय लिने’

काठमाडौं, २८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनविद्हरुसँग परामर्श लिएर मात्र सर्वोच्चको आदेशबारे निर्णय लिने भएकी छिन् । उनले राष्ट्रपति कार्यालयमा सर्वोच्च अदालतको आदेशको पत्र दर्ता भएपछि चासो राखिसकेको बुझिएको छ ।

राष्ट्रपति भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले कानुनविद्हरुसँग परामर्श लिएर अगाडि बढ्ने तय भएको बताए । संविधानमा प्रधानमन्त्री कुनै व्यक्ति विशेषलाई नियुक्त गर्न राष्ट्रपतिलाई आदेश दिने अदालतलाई अधिकार नभएको जिकिर गर्दै त्यसबारे थप परामर्श गरिने बताए ।

सर्वोच्च अदालतले भोलिभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । उक्त आदेशप्रति नेकपा एमालेको केपी शर्मा ओली पक्षधरले असन्तुष्टि जनाउँदै आएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार