होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अहिले एकछिन बादल लागेको हो, फेरि सूर्य बादल हटाएर उदाउँछ : प्रधानमन्त्री ओली
समाचार

अहिले एकछिन बादल लागेको हो, फेरि सूर्य बादल हटाएर उदाउँछ : प्रधानमन्त्री ओली

  • नागरिक रैबार
अहिले एकछिन बादल लागेको हो, फेरि सूर्य बादल हटाएर उदाउँछ : प्रधानमन्त्री ओली

काडमाडौं,२९ असार । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट आज देशवासीको नाममा सम्बोधन गरेका छन् । सर्वोच्च अदालतको परमादेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् । आज साँझ ६ बजे देउवाले प्रधानमन्त्रीको सपथ खाने कार्यक्रम तय भएको छ । ओलीले सरकारबाट विदा लिनुभन्दा अघि आज देशवासीको नाममा सम्बोधन गरेका हुन् ।

उनले आफ्नो नेतृत्वको सरकारले थालेको अग्रगमनको यात्रा कसैलेपनि विथोल्न नसक्ने दाबी गरे । उनले भने,‘अग्रगमनको यात्रा कसैले पनि विथोल्न सक्दैन् ।। सूर्यको प्रकाशलाई कसैले पनि छेक्न सक्दैन् । नेपाल र नेपाली जनतालाई समृद्ध बनाउने अभियानमा म र मेरो पार्टी एकढिक्क भएर अघि बढ्छ । अहिले एकछिन बादल लागेको हो, फेरि सूर्य बादल हटाएर उदाउँछ ।’

सम्बोधनको क्रममा उनले अब बन्ने सरकार र संसद सही सलामत चल्नेमा आफूलाई पर्याप्त शंका र आशंका लागेको पनि टिप्पणी गरे । उनले आफूलाई जनादेश हुँदाहुँदैपनि अदालतको परमादेशबाट बाहिरिनुपरेको पनि स्पष्ट पारे । आफ्नो सरकारले ऐतिहासिक काम गरेको पनि उनको दाबी छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार