होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कार्यदलले माधव नेपाललाई बुझायो १० बुँदे सहमति
समाचार

कार्यदलले माधव नेपाललाई बुझायो १० बुँदे सहमति

  • नागरिक रैबार
कार्यदलले माधव नेपाललाई बुझायो १० बुँदे सहमति

२९ असार, काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलका सदस्यले मंगलबार वरिष्ठ नेता माधवकुमार नेपाललाई कार्यदलस्तरमा भएको १० बुँदे सहमति बुझाएको छ । कार्यदलका सदस्यहरु भीम रावल, सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेलले वरिष्ठ नेता नेपाललाई सहमतिपत्र बुझाएका हुन् ।

कार्यदलले आइतबार राति पार्टीभित्रको विवाद समाधानका लागि १० बुँदे सहमति गरेको थियो । कार्यदलमा जुटेको सहमतिपत्र सोमबार अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइएको थियो ।

 

विज्ञापन

सहमति पत्र बुझाउन सोमबार भीम रावल बालुवाटार पुगेका थिए । अध्यक्ष ओली समूहको स्थायी कमिटी बैठक चलिरहेका बेला रावल सहित कार्यदलका सदस्यहरुले सहमतिपत्र बुझाएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार