होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँः नाबालिगको बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका अभिनेता पल शाहको हिरासत अवधि १२ दिन बढेको छ। प्रहरीले अनुसन्धान नसकिएकाले म्याद थपका लागि जिल्ला अदालत तनहुँमा आइतबार पेस गरेको थियो।अनुसन्धानको प्रक्रिया अझैँ बाँकी रहेको भन्दै प्रहरीले १२ दिन म्याद पाउन आग्रह गरे अनुसार अदालतले थप १२ दिनको म्याद थपेको हो। न्यूनतम २५ दिनभित्र […]
जबरजस्ती करणीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई आइतबार म्याद थप गरिँदै छ । पल शाह (पूर्णविक्रम शाह) फागुन १५ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका थिए । अदालतले दिएको सात दिनको म्याद शनिवार सकिएसँगै थप अनुसन्धानका लागी अदालतबाट थप म्याद लिइने तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले रातोपाटीलाई बताए । १७ वर्षीया बालिकाले म्युजिक भिडियो […]
काठमाडौं । अमेरिकी गायिका रिहाना अहिले गर्भवती छिन् । उनको बेबी-बम्प संसारभर चर्चाको विषय बनेको छ । उनको गर्भवती अवस्थाको पेटलाई लिएर हलिउडदेखि युरोपेली मिडियाले स्त्रीत्वको बहस पनि थालेका छन् । रिरी नामले समेत हलिउडमा चर्चित अर्बपति रिहाना यसैसाता पेरिस फेसन विकअन्तर्गत डायोर अटम विन्टर २०२२ मा फेसन स्टेटमेन्ट बनिन् । कालो पहिरनमा पेट देखिने […]
काठमाडौं । ‘बाहुबली’ फिल्मको सफलतापछि अब निर्देशक एसएस राजामौलीले तेस्रो श्रृंखला निर्माण गर्ने तयारी थालेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो पिरियोडिक फिल्मलाई लिएर गृहकार्य पनि सुरु भएको छ । नेपाली बक्स अफिसमा समेत ‘बाहुबली’का अघिल्ला दुवै शृंखलाले सर्वाधिक कमाइको मानक बनाएका थिए । फिल्मको पहिलो भागले नेपालमा २५ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको वितरकको […]
अभिनेता सलमान खान र सोनाक्षी सिन्हाको विवाहको नक्कली फोटो सामाजिक सञ्जालमा विगत केही दिनदेखि भाइरल भइरहेको छ । यी फोटोमा यी दुईले गोप्य रुपमा बिहे गरेको दाबी गरिएको छ। यो फोटोशप गरिएको फोटो र मानिसहरुको दावीबारे सोनाक्षी सिन्हाले समेत प्रतिक्रिया जनाएकी छन् । सोनाक्षीले मानिसहरू यति मूर्ख छन् कि फोटोशप गरिएका र वास्तविक फोटोहरूबीचको भिन्नता […]
नेपालकै सबैभन्दा ठूलो डान्स रियालिटि सो डान्स च्याम्पियनमा सुदूरपश्चिमकी सुनिता पोख्रेल फाइनलमा प्रवेश गरेकी छन् ।कैलालीको बर्दगोरिया गाउँपालिका ६ बिशालनगरकि सुनिता पोख्रेल डान्स च्याम्पियनको फाइनलमा पुगेकी हुन् । डान्स च्याम्पियनमा सुदूरपश्चिमबाट एक मात्र प्रतिस्पर्धी रहेकी सुनिता सुबर्शिकाको ग्रुपबाट फाइनलमा डान्सको उपाधीका लागि प्रतिस्पर्धा गर्दै छन् । उनको ग्रुपमा वर्षा फुयाल र रोशीका रावतले साथ दिदै […]
ऋतिक रोशन र उनकी श्रीमती सुजेन खान छुट्टिएको धेरै समय भइसकेको छ । यसैबीच, ऋतिक रोशन र साबा आजाद एकसाथ देखिए र त्यसपछि दुईको सम्बन्धको निकै खबर छ । खाना खानेदेखि किनमेलसम्ममा पपाराज्जीले दुई जनालाई एकैसाथ आफ्नो क्यामरामा कैद गरेका छन् । भनिन्छ, तीन महिनाअघि ऋतिक रोशन र साबा आजादबीच भेट भएको थियो र बिस्तारै […]
काठमाडौं । बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ स्टारर फिल्म ‘टाइगर ३’को रिलिज मिति तय भएको छ । यो फिल्म आगामी वर्षको इद अर्थात् अप्रिल २१ मा रिलिज हुनेछ । सलमानले शुक्रबार ‘टाइगर ३’को टिजर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । यो फिल्मलाई लिएर प्रशंसकहरु निकै उत्साहित देखिएका छन् भने […]
काठमाडौं । अभिनेत्री रेखा थापालाई गालीगलौज गरेको भन्दै नेपाल प्रहरीको साइबर व्यूरोमा जाहेरी परेको छ । थापाको तर्फबाट उनकी दिदी तारा थापाले ए वान मिडियाविरुद्ध जाहेरी दर्ता गराएकी हुन् । पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा बोलेको भन्दै अभिनेत्री थापालाई गालीगालैज गरिएको उजुरीमा उल्लेख छ । व्यूरोका प्रहरी बरिष्ठ उपरीक्षक नवीन्द अर्यालका अनुसार […]
‘सर्टिफिकेट छ डिग्री पासको न त गासको न टुङ्गो बासको मैले के गरेर खाम देशमै भोकै बसम् की खाडीतिर पसम् की सरकार ! लौन निधो पाम…’ (पुरुष) शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण झिक्न गएका युवा र बैंकका कर्मचारीबीचको संवादबाट उठान भएको गीत ‘सरकार ! के गरेर खाम’ को पहिलो तुक्का हो, यो । बैंकले ऋण […]
२० फागुन, काठमाडौं । शुक्रबारदेखि दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । नेपालको ग्याङस्टर ड्रामा ‘लप्पनछप्पन २’ र हलिउडको प्रतीक्षित सुपरहिरो फिल्म ‘द ब्याटम्यान’ प्रदर्शनमा आएका हुन् । मुकुन्द भट्ट निर्देशित मल्टिस्टारर ‘लप्पनछप्पन २’मा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शिव श्रेष्ठ, शक्ति श्रेष्ठ लगायतको मुख्य भूमिका छ । पैसा, शक्ति र राजनीतिबीचको सम्बन्धलाई चित्रण […]
काठमाडौं । अभिनेत्री पूजा शर्माले नेपालमा कलाकारको सम्मान नै भएको बताएकी छन् । नाबालिकालाई करणी गरेको अभियोगमा अभिनेता पल शाहा (पूर्णविक्रम शाहा)बारे बोल्दै अभिनेत्री शर्माले नेपालमा कलाकारको भ्यालु नबुझेको बताएकी हुन् । दोषी नठहरी कलाकारलाई हतकडी लगानु पनि आपत्तिजन भएको उनको भनाइ छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनले भनेकी छन्- ‘कलाकारको भ्यालु किन […]
काठमाडौँ — कलाकार पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेकै दिन मोरङ लेटाङकी १२ वर्षीया किशोरीलाई सोही ठाउँका ६४ वर्षीय दीपक गिरीले बलात्कारपछि हत्या गरेको खबर सार्वजनिक भयो । प्रहरीका अनुसार ६ कक्षामा पढ्ने बालिका विद्यालयबाट फर्किंदै गर्दा जबर्जस्ती करणी गरेर घाँटी थिची हत्या गरी गिरीले शव जंगलभित्र लुकाएका थिए । एकैदिन भएका यी दुई घटनामध्ये […]
काठमाडौं । मोडल तथा अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँले जबरजस्ती करणीको अभियोग लागेका अभिनेता शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो । गत बुधबार मात्रै १७ वर्षीया एक बाल गायिकाले अभिनेता शाहविरुद्ध जबरजस्ती करणीको उजुरी दर्ता गराएकी थिइन् । त्यसपछि […]
काठमाडौं, १५ फागुन । बलात्कारको आरोप लागेका अभिनेता पल शाहले प्रहरीलाई सघाउने बताएका छन् । आफ्नै युटुयुब च्यानलमार्फत २ मिनेट ४१ मिनेटको भिडियो शेयर गर्दै शाहले न्यायको आस्था अदालतले जे निर्णय गरेपनि आफुलाई खुशी हुने बताएका हुन् । उनले आफ्नो नयाँ फिल्म सबै दर्शक र टिमसँगै बसेर हेर्न इच्छा भएको पनि सुनाएका छन् । बलात्कारको […]
अभिनेता पल शाह पक्राउ परेका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ। यसअघि शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका थिए । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । त्यसयता […]
धनगढीः प्रहरीको खोजीमा रहेका नायक पल शाहको तस्बिर अंकित टिशर्ट लगाएर नायिका पुजा शर्मा सिनेमा हलहरूमा पुगेकी छन्। आफूले निर्माण तथा अभिनय गरेको ‘म यस्तो गीत गाउँछु २’ को रिलिजका क्रममा आज उनी दर्शकको फ्लो हेर्न विभिन्न हलमा गएकी हुन्। सञ्चारकर्मीहरूसँगको कुराकानीमा पुजाले फेरि एकपटक पललाई सम्झेर भावुक बनिन्। ‘सत्यको जित हुने’ भन्दै उनले पललाई […]
काठमाडौं । शुक्रबार रिलिज भएको बलिउड चलचित्र ‘गंगुबाई काठियावाडी’बाट अभिनेत्री आलिया भट्टको प्रशंसा भइरहेको छ । आलियाको काम र चलचित्रको समेत सुखद् समीक्षा छ । सञ्जय लीला भन्सालीले निर्देशन गरेको यो चलचित्रका लागि आलियाले मोटो पारिश्रमिक बुझेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो चलचित्रका लागि आलियाले २० करोड भारु पारिश्रमिक लिएकी छन् । चलचित्रमा अजय […]
काठमाडौं, १३ फागुन । अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रहरी युनिटलाई आन्तरिक सर्कुलर गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको आरोपमा जाहेरी परेसँगै अभिनेता शाहलाई पक्राउ गर्न प्रधान कार्यालयले सर्कुलर जारी गरेको हो । जाहेरी परेको दिनदेखि सबै प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको तनहुँ प्रहरीले बताउँदै आएको छ । गायिका समिक्षा […]
काठमाडौंः बुधबार जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि अभिनेता पल शाहलाई प्रहरीले पक्राउ गर्न खोजी गरिरहेको छ। पलबिरुद्ध एक गायिकाले जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएकी थिइन्। उक्त उजुरीपरेपछि जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ पूर्जी जारी गरेर देशभरका प्रहरीलाई सर्कुलर गरेएको छ। यद्यपि पल पक्राउ पर्न सकिरहेका छैनन्। विशेषगरी उनको खोजीमा […]