होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • फ्राइडे रिलिज : एकसाथ आए ‘आकाशे खेती’ र ‘राधे श्याम’
समाचार

फ्राइडे रिलिज : एकसाथ आए ‘आकाशे खेती’ र ‘राधे श्याम’

  • नागरिक रैबार
फ्राइडे रिलिज : एकसाथ आए ‘आकाशे खेती’ र ‘राधे श्याम’

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट नेपाली चलचित्र घरमा एक साउथ (दक्षिण भारतीय) सहित दुई फिल्म रिलिज भएको छ । फिल्म हुन् ‘आकाशे खेती’ र ‘राधे श्याम’ । ‘आकाशे’ नेपाली फिल्म हो, भने ‘राधे श्याम’ साउथ । यी दुबै फिल्मले राम्रो दर्शक पाउने अपेक्षा गरिएको छ ।

‘आकाशे खेती’ :
पुराना निर्देशक उदय सुब्बाको निर्देशन रहेको फिल्म हो ‘आकासे खेती’ । पुराना धारका फिल्म निर्देशनमा सफल मानिएका सुब्बाले पछिल्लो समयका कलाकार लिएर यो फिल्म निर्माण गरेका हुन् । सुब्बाकै लेखन, निर्देशन र निर्माण समेत रहेको फिल्ममा गौरव पहारी, विल्सन बिक्रम राई, बुद्धि तामाङ, नीता ढुंगाना, मरिश्का पोखरेल, रविन्द्र झा, रमा लिम्बु, जयनन्द लामा र शिशिर बाङ्देल लगायतको अभिनय छ ।

युवाहरुको विना मिहिनेत पैसा कमाउने सपना र तिब्बतियन शरणार्थीको विषयलाई फिल्मले उठाएको निर्देशक सुब्बाले बताए । फिल्म बालबालिका, युवादेखि सबै बर्गका दर्शकले रुचाउने सुब्बाको भनाई रहेको छ ।

विज्ञापन

‘राधे श्याम’ :
साउथ सुपरस्टार प्रभास अभिनित फिल्म हो ‘राधे श्याम’ । फिल्ममा प्रभास र अभिनेत्री पूजा हेगडेको मुख्य भुमिका छ । फिल्म हिन्दी, तेलुगु र तमिल भाषामा रिलिज भएको फिल्मको निर्माण भुषण कुमार, भाम्सी र प्रमोदले निर्माण गरेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार